Sunday, November 17, 2019

सूनखानी देखी बिगु-साङ्वा सहित दोलखाको ३ वटा मुख्य सडक काळोपत्रे गरीने

दोलखाका ३ वटा सडक स्तरोन्नतीसहित कालोपत्रे हुने भएको छ । प्रदेश–३ अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दोलखाका थप ३ सडकलाई स्तरोन्नती गरेर कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो ।
सिद्धाकोथान–जुँगू–झ्याँकू–भोर्ले सडक, सित्तली –मेलुङ–भञ्ज्याङ–भैंसे सडक र सुनखानी–साङ्बा विगू सडकलाई स्तरोन्नती गर्न लागेको हो । कार्यालयले अनुमानित बजेट स्टमेटसहित भौतिक पूर्वाधार मन्त्रालय प्रदेश मन्त्रालय पठाएपछि प्रक्रिया अघि बढेको हो ।
 पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सिनियर डिभिजन इन्जिनियर राजु श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय भएका सडकमा अर्थ मन्त्रालयबाट बजेटको अख्तियारी पाएलगत्तै काम अघि बढ्ने बताए । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षबाटै काम सुरु गर्ने गरी निर्णय भएकाले अर्थ मन्त्रालयले चाँडै स्वीकृत दिने उनले बताए ।
पूर्वाधार कार्यालयले सिद्धाकोथान जुँगू–भोर्ले सडक ४५ किलोमिटर रहेको छ । यसका लागि ९० करोड प्रस्ताव गरेको छ । सित्तली–मेलुङ–भैसें ४१ किलोमिटरलाई ६० करोड र सुनखानी–साङ्बा–विगू सडक ४५ किलोमिटरलाई ९८ करोड प्रस्ताव गरेको इञ्जिनियर श्रेष्ठले बताए । सडकको दुरी लागत डीपीआरपछि स्पष्ट हुने उनले बताए । यी सडक बहुवर्षिय ठेक्काको रुपमा लाग्नेछ । संघीय सरकार र प्रदेश सरकारको ५०÷५० प्रतिशत लगानीबाट समन्यायिक कोषबाट सडक स्तरोन्नति हुन लागेका हुन् ।
सुनखानी–साङ्वाको दम्बा खोलासम्म २९ किलोमिटर स्तरोन्नती गरी ग्राभेल सडक हो । यो विगूसम्म विस्तार गरेर कालोपत्रे हुनेछ ।
त्यस्तै सित्तली मेलुङदेखि भैंसे सडक स्थानी निकायको लगानीमा खनिएको सडक हो । सित्तलीदेखि मेलुङसम्म ८ किलोमिटर सडक विभागले नै स्तरोन्नति गरेको छ । यसको विभिन्न खण्डमा ग्राभेल र सोलिङ गरी १२ महिना चल्ने सडकको रुपमा विकास गर्ने योजना पूर्वाधार कार्यालयको छ । सबै सडक ८ मिटर चौडाइको २ लेनको निर्माण हुने उनले बताए ।
पूर्वाधार कार्यालयले नै मुडेदेखि शैलुङसम्म १६ किलोमिटर कालोपत्रे गर्ने गरी स्तरोन्नतिको काम भइरहेको छ । त्यस्तै तामाकोसी गाउँपालिका भित्रको भीरकोटदेखि हावासम्मको सडक कालोपत्रे भइरहेको छ ।
त्यसैगरी उत्तर–दक्षिण लोकमार्गको बञ्चरे–जुँगू–बुस्ती जोड्ने गरी तामाकोसी करिडोरको काम समेत सुरु भएको छ । संघीय सरकारको सडक डिभिजनले डीपीआरको काम गरिरहेको छ । चालु आर्थिक वर्षभित्रै टेण्डर गरेर काम सुरु गर्ने डिभिजन सडक चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए । त्यस्तै खावादेखि ठूलोपातल खिम्तीसम्मको २० मिलोमिटर सडक समेत डीपीआर पूरा भएको छ ।
पूर्वाधार कार्यालयअन्र्तगत नै दोलखाका ८ सडकको स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ । भोर्ले तिनेखू गाउँपालिका कार्यालयसम्म, जयन्त्रीपुर–हुलाक सडक, श्यामाको पुम्पा–ढुङ्गेसम्म सडक रहेका छन् । त्यसैगरी चरिकोट–सेराबेसी–निगाले सडक, बाघखोर–भैंसे सडक, मलेपू मिलडाँडा क्याम्पस सडक र सिंगटी–चित्रे बुलुङ सडक रहेका छन् । यी सडकमा न्यूनतम ९७ लाखदेखि अधिकतम १ करोड ९७ लाखसम्म लागत स्टमेट गरिएको छ ।
   यो खवर कारोवार दैनिकवाट साभार गरिएको हो 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।