Tuesday, June 11, 2013

पैसा धेर छैन तर मोवाइल चाहियो हो ? यी फोन आउँछन् १५ सयमा


ग्याजेटस्, मोबाइल

मोबाइल, यो उपकरण र शब्द हाम्रो दैनिकीमा यति भिजिसकेको छ कि तपाइँ हामी मध्ये बहुसंख्यकलाई यो उपकरणको नेपाली नाम पनि थाहा छैन। विहानको कुखुराको डाँकोलाई यही उपकरणको अलार्मले बिदा गरिदिइसकेको छ। गाउँ गाउँ र बस्ती बस्तीमा मोबाइल मानिस मानिसलाई जोड्ने माध्यम बनेको छ। खेत जोत्नका लागि हलि बोलाउन

Saturday, June 8, 2013

वेबसाइटबाट मोबाइल रिचार्ज

उपभोक्तालाई सहज रुपमा मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने सुविधा दिनका लागि नेपाल टेलिकमले वेबसाइटबाटै मोबाइल रिचार्ज गर्न सकिने सेवा सुरु गरेको छ। यसरी वेबसाइटबाट मोबाइल फोन रिचार्ज गर्दा आफ्नो मात्र नभएर आफन्तको मोबाइलमा समेत ब्यालेन्स रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। यहाँबाट   जानुहोस्।
त्यसका लागि टेलिकमले आफ्नो वेबसाइटमा मोबाइल रिचार्जको नयाँ सेक्सन पनि बनाएको छ। तत्कालका लागि टेलिकमको सीडीएमए तथा आइपीसीडीएमए प्रिपेड मोबाइल र फिक्स लाइनहरुमा अनलाइन रिचार्ज गर्न सकिन्छ। टेलिकमले मोबाइल रिचार्जका लागि तयार पारेको यो वेबसाइटमा गएपछि त्यहाँ मोबाइल र रिचार्ज कार्डको पीन नम्बर टाइपस्थान देखिन्छ। जहाँ मोबाइल नम्बर र त्यो भन्दा तल रहेको रिचार्ज पीन नम्बर टाइप गरि क्याप्चा हालेर रिचार्ज बटनमा क्लिक गरेपछि मोबाइलमा नयाँ ब्यालेन्स थपिन्छ। नेपाल टेलिकम आफ्नो ‘ड्रिम प्रोजेक्ट’ ‘कन्भर्जेन्ट रियल टाइम बिलिङ’ र ‘कस्टोमर सपोर्ट सिस्टम’ अर्न्तगत बिलिङलाई सजिलो बनाउने र उपभोक्तासँग असल सम्बन्ध विकासमा केन्द्रीत भएको छ। यसखालको अनलाइन रिचार्ज सुविधा विस्तारै टेलिकमका सबै सेवामा लागु हुने टेलिकमले जनाएको छ। टेलिकमले मोबाइल फोन रिचार्जका लागि तयार पारेको वेबसाइटमा 

Friday, April 26, 2013

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार ! गाडीको भाडा तिरेर केवुलकारको यात्रा






१३ बैशाख, काठमाडौं । काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै

Monday, April 22, 2013

पानीले पखाल्न मिल्ने स्मार्टफोन नेपाली बजारमा



९ बैशाख, काठमाडौं । जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले उत्पादन गरेको पानीले पखाल्न मिल्ने (वाटर प्रुफ) स्मार्ट फोन ‘एक्स्पेरिया जेट’ नेपाली बजारमा भित्रिएको छ । एक्स्पेरिया जेट मोबाइल इतिहासकै पहिलो वाटर प्रुफ स्मार्ट फोन हो । नेपाली बजारमा यसको मूल्य ६७ मूल्य हजार रुपैयाँ कायम गरिएको छ ।



Wednesday, April 3, 2013

PC मा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?



हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ ।
त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :
  • पिसीको गति निकै धिमा हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै धिमा हुन थाल्छ ।
  • इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।
  • कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ ।
  • इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।
  • अनावश्यक वा चिन्दै नचिनेका वा अप्रासंगिक इमेल आउनु, फेसबुक वालमा आफुले पोष्ट गर्दै नगरेका कुराहरु पोष्ट हुनु ।
कसरी जोगिने ?
  • पेनड्राइभ ल्यापटपमा घुसाउँदा सुरुमा भाइरस स्क्यान गरिसकेपछि मात्र खोल्नुहोस् ।
  • तपाइँको इमेलमा आएको वा अरु कुनै साइट खोल्दा ध्यान दिनुहोस् । यदि उक्त वेबसाइट आधिकारिक वा सुरक्षित हो भन्नेमा तपाइँ ढुक्क हुनुहुन्न भने त्यसमा क्लिक नगर्नुहोस् ।
  • इमेल तथा सोसल नेटवर्कमा पठाइएका विभिन्न खाले बधाइ तथा शुभकामना लगायतका शंकास्पद इमेल खोल्ने तथा त्यसमा दिइएका लिंक ओपन गर्ने गर्नुहुँदैन । त्यस्ता शंकास्पद इमेललाई सोझै डिलिट गर्नुहोस् ।
लिंक सुरक्षित हो वा भाइरस जन्य हो भन्ने कुरा कसरी थाहा पाउने ?
  • तपाइँलाई पठाइएको वा लगअन गर्न खोजेको साइटको लिंक युआरएल निम्न लिंक safeweb.norton.com र siteadvisor.com मा गएर टाइप गर्नुहोस त्यसपछि त्यो साइट सुरक्षित हो की भाइरसजन्य हो थाहा हुन्छ ।  
  •   copied  from  .....onlinekhaber

Friday, March 22, 2013

एक सेकेण्डमै ध्वस्त भयो ७७ वर्षको पुल (भिडियोसहित)

 ७७ वर्षअघि बनेको मजबुत पुल १ सेकेण्ड भन्दा पनि कम समयमै ध्वस्त भयो । सुन्दै अनौठो लाग्छ भने देख्दा छन् कस्तो विचित्र लाग्ला ? हो अमेरिकाको टेक्सास स्थित मार्बल फल्स बि्रज ध्वस्त हुन एक सेकेण्ड पनि लागेन । ९५० फिट लामो यो स्टिलको पुल बिहान ८ बजेर ७ मिनेटको समयमा ध्वस्त बनाइएको हो । पुलमा शक्तिशाली विस्फोटन गराइएपछि त्यो ध्वस्त हुन एक सेकेण्ड पनि लागेन । पुल ध्वस्त भएर पानीमा डुबेसँगै तालबाट कालो मुस्लो निस्किएको थियो ।

  त्यो पुरानो पुल भत्काएर नयाँ दुइ लेनको पुल बनाउने परियोजना अन्तरगत पुरानो पुल विस्फोट गराएर भत्काइएको हो । शक्तिशाली विस्फोटबाट क्षति नपुगोस् भनेर सावधानी अपनाइएको भएपनि केही विद्युतिय लाइन तथा फोन लाइनमा असर पुगेको थियो । पुल ध्वस्त बनाउने भनेपछि त्यो दृश्य हेर्न हजारौँ मानिस त्यहाँ भेला भएका थिए ।  video

Thursday, March 21, 2013

फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटर


 सहरमा गाडिको संख्या बढेसँगै पार्किङ गर्ने ठाउँको पनि अभाव हुँदैछ । जथाभावी पार्किङले सहर पनि कुरुप बनाउँदैछ । सायद यहीँ विश्वव्यापी समस्याको हल खोज्ने क्रममा हंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ ।
मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँदाउन सकिन्छ ।
जम्माजम्मी तौल २५ किलो रहेकेा यो स्कुटरको ब्याट्री एकपटक पूरा चार्ज गरेपछि २२ माइलसम्म गुृड्छ । जबकी ब्याट्री फूल चार्ज हुन जम्मा एक घण्टा मात्र लाग्छ । यो स्कुटर बिच भागबाट पट्याएर ठ्याक्टै शुटकेस जस्तो बनाउन सकिन्छ अनी मज्जाले घर वा अफिस भित्र लग्न सकिन्छ ।
पट्याउँदा धूलोमैलो लाग्ने पांग्रा लगायतका भागहरु पूरै बाहिरी खोलभित्र पर्ने भएकाले यसको बाहिरी सुनौलो रङ मात्र देखिन्छ र झ्वाट्ट हेर्दा त्यो स्कुटर हो भन्न पनि गाह्रो पर्छ ।अर्को वर्षको सुरुबाट यो मोड्न मिल्ने स्कुटर बजारमा पठाउने लक्ष्य कम्पनीको रहेको छ । यसको मुल्य युरोपेली बजारमा २ हजार पाउण्ड तोकिएको छ ।

Friday, March 15, 2013

यस्तो छ सामसुङको ग्यालेक्सी एस ४ (साथमा तस्बिर र भिडियो)

F
Print
न्युयोर्क, चैत २ (एजेन्सी) - प्रविधि क्षेत्रमा लामो समयदेखि प्रतीक्षामा रहेको सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ४

Sunday, March 10, 2013

तीव्र गतिको इन्टरनेट , कुनाकन्दरा र भिरपाखामा समेत


विष्णु पोखरेल, काठमाडौं, फागुन २७ - दुर्गम क्षेत्रका बासिन्दाले चालु आर्थिक वर्षभित्र तीव्र गतिको इन्टरनेट चलाउन पाउने भएका छन्। नेपाल टेलिकमले चालु वर्षभित्रै मुलुकभर तेस्रो पुस्ताको मोबाइल नेटवर्क (३जी) गतिमा चल्ने इन्टरनेट विस्तार गर्न लागेको छ। 

टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) प्रविधिमा आधारित तेस्रो पुस्ताको सेवा आगामी असारभित्र मुलुकभर पुर्‍याउने भएको हो।
टेलिकमले उपत्यकापछि लुम्बिनी र नारायणी अञ्चलबाट सेवा सुरु गरेको इन्टरनेटमा आधारित सिडिएमए (आइपी सिडिएमए) सेवा आगामी असारसम्म मुलुकभर पुर्‍याउँदै छ। यस्तो सेवा सुरु भएका ठाउँमा उपभोक्ताले ३.१ मेगाबिट

Thursday, March 7, 2013

सस्तोमा तपाइको घरमा अब टिभिच्यानल र नेट सँगै जोडिने भयो


केबुल र डिटिएचभन्दा भिन्न प्रविधिबाट टिभी हेर्न सकिने

विष्णु पोखरेल, काठमाडौं, फागुन २४ - केबल सञ्जाल र स्याटेलाइट प्रसारण प्रणाली डाइरेक्ट टु होम (डिटिएच) मार्फत् टेलिभिजन हेरिरहेका नेपाली उपभोक्ताले अब नयाँ प्रविधिबाट हेर्न पाउने भएका छन्। 
उपभोक्ताले चाँडै केबुल र डिटिएचभन्दा भिन्न प्रविधि 'मल्टिपल भिडियो डिस्ट्रिब्युसन सिस्टम' (एमभिडिएस) मार्फत् टिभी हेर्न पाउने भएका हुन्। रेडियो तरंगलाई एन्टेनामार्फत् टिभीसम्म पुर्याोउन मिल्ने एमभिडिएस प्रविधि सञ्चालन गर्न एक कम्पनीलाई सरकारले अनुमति दिएपछि उपभोक्ताले यस्तो प्रविधि उपयोग गर्न पाउने भएका हुन्। यो प्रविधिमा तार र स्याटेलाइट प्रयोगबिना टिभीमा रेडियो तरंग पुर्या इन्छ।
टेरेस्ट्रियल प्रविधिको के-यु ब्यान्डमा आधारित यो प्रविधि सञ्चालन गर्न तीन साताअघि सञ्चार मन्त्रालयबाट मेघा ब्रोडकास्ट प्रालिले अनुमति पाएको हो। 'तीनसाता अघि मेघालाई 'माइ टिभी' ब्रान्डमा प्रसारण अनुमति दिएका हौं,' मन्त्रालयको अनुमति शाखाकी उपसचिव शैलजा रेग्मीले बुधबार नागरिकसँग भनिन्, 'यस्तो प्रविधि प्रयोग गर्न अनुमति पाउने यो कम्पनी पहिलो हो।'
कम्पनीले माई टिभी सञ्चालन गर्न फ्रिक्वेन्सी र च्यानल शुल्क बुझाइसकेको छ। राष्ट्रिय प्रसारण नियमावलीअनुसार यस्तो प्रसारण अनुमति लिने कम्पनीले प्रतिच्यानल २५ हजार रुपैयाँ तिर्नुपर्छ। मेघाले १ सय च्यानल चलाउने गरी अनुमति पाएको हो। कम्पनीले नेपालभर सेवा विस्तार गर्न पाउँछ।
मन्त्रालयको फ्रिक्वेन्सी महाशाखाका उपसचिव अनुप नेपालका अनुसार मेघाले के-यु ब्यान्डको १०.४ देखि १२.२ गिगाहर्जसम्म फ्रिक्वेन्सी उपयोग गर्न अनुमति पाएको हो। २ सय मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गर्न यो कम्पनीसँग मन्त्रालयले प्रसारण नियमावलीअनुसार १२ लाख शुल्क लिएको छ।
'यो प्रविधि नेपालका लागि नौलो हो,' कम्पनी स्रोतले भन्यो, 'यसमा स्याटेलाइट शुल्क तिर्नुनपर्ने भएकाले सञ्चालक र उपभोक्ता दुवैले सस्तोमा सेवा उपभोग गर्न सक्छन्।' अनुमति पाएपछि कम्पनीले अमेरिकाबाट उपकरण ल्याएर जडान गरिसकेको छ। आगामी साता कम्पनीले राजधानीबाट सेवा सुरु गरेको औपचारिक घोषणा गर्न लागेको स्रोतले बतायो।
होम टिभी ब्रान्डमा डिटिएच सेवा सुरु गर्ने तयारी गरेको समूहले नयाँ प्रविधिमा लगानी गरेको हो। होम टिभी र डिस नेपाल गाभिएपछि होम टिभीका केही लगानीकर्ता असन्तुष्ट भएका थिए। त्यही समूहले एमभिडिएसमा लगानी गरेको हो। स्रोतका अनुसार यो कम्पनीको कूल लगानी ९५ करोडको हुनेछ।
कम्पनीले सुरुमा राजधानीबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पछि सेवा विस्तार गरेर मुलुकभर विस्तार गर्ने योजना छ। एमभिडिएस प्रविधिमा सेवा सञ्चालन गर्न कम्पनीले विभिन्न स्थानमा टेलिफोन सेवा प्रदायकलेजस्तै टावर स्थापना गर्नुपर्छ। यस्ता टावरमार्फत् फालिने सिग्नल समात्न घरको छानामा एन्टेना राखिन्छ।
यस्तो एन्टेनानादेखि टिभीसम्म तार जोडेर विभिन्न च्यानल हेर्न सकिन्छ। यो प्रविधिमा टिभीसँगै इन्टरनेट पनि प्रयोग गर्न मिल्छ। कम्पनीले इन्टरनेटसमेत विस्तार योजना बनाएको छ। तर, पहिलो चरणमा भने टिभीमात्र प्रसारण हुनेछ।
डिटिएचको सेटअप बक्सजस्तै यसको एन्टेनासहितको प्याकेजको मूल्य करिब ५ हजार पर्ने अनुमान गरिएको छ। यसै गरी मासिक शुल्क डिटिएचभन्दा कम राख्ने तयारीमा कम्पनी छ। कम्पनीले यसलाई नेपालको पहिलो डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डिटिटी) का रूपमा प्रचार गर्ने तयारी गरेको छ।
केही वर्षअघिसम्म यस्तै खाले प्रसारण प्रविधि मल्टिच्यानल मल्टिप्वाइन्ट डिस्ट्रिब्युसन सर्भिस (एमएमडिएस) चलनमा थियो। यो प्रविधि भने २.५ गिगाहर्ज फ्रिक्वेन्सीमा चलाइन्थ्यो। अहिले चलनमा रहेको एमभिडिएस प्रविधि भने १०.७ देखि १३.५ र ४०.५ देखि ४३.५ गिगाहर्ज फ्रिक्वेन्सीमा चलाइन्छ।
डिटिएच सेवा सञ्चालकले स्याटेलाइट ब्यान्डविथका लागि शुल्क तिर्नुपर्छ। नेपालको आफ्नै भूउपग्रह नभएकाले यस्तो शुल्कवापत् वर्षेनि रकम बाहिरिने गरेको छ। तर, एमभिडिएस प्रविधिमा भने पूर्वाधार विकासका लागि आवश्यक उपकरण खरिद गर्न रकम विदेशिए पनि वर्षेनि विदेशिन रकम भने रोकिने कम्पनी स्रोतको दाबी छ।
सहरी क्षेत्रको तुलनामा यो प्रविधि ग्रामीणमा उपयोगी हुने देखिन्छ। यस्तो प्रविधि छिमेकी मुलुक भारतसहित श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, कम्बोडिया, अमेरिका, क्यानडा, मेक्सिकोलगायतमा चलनमा छ। दक्षिण अमेरिकी र युरोपेली मुलुकमा पनि यो प्रविधि चलनमा छ। सबैभन्दा पहिले अमेरिकाले यस्तो प्रविधि प्रयोगमा ल्याएको थियो। नागरिक 

Sunday, February 24, 2013

मान्छे मरेपनि उसको टि्वटर अकाउण्ट भने जिउँदै रहने भएको छ


आखिर मान्छे मरेपछि उसको सबै चिज गयो । मान्छे मरेपछि उसको टि्वटर अकाउण्टको के अर्थ ? अब कहिल्यैपनि अपडेट नहुने अकाउण्ट पनि मान्छे मरेसँगै मरेजस्तै नै हो ।

तर, अब मान्छे मरेपनि उसको टि्वटर अकाउण्ट भने जिउँदै रहने भएको छ । मान्छेको मृत्युपछि पनि उसको अकाउण्ट मार्फत टि्वट्सको श्रृंखला रोकिने छैन । एउटा यस्तो एप्लिकेसन तयार भएको छ जसमार्फत अब टि्वटर प्रयोगकर्ताको मृत्युपछि पनि उसको तर्फबाट निरन्तर टि्वट्स भइरहनेछ, यो एप्सले प्रयोगकर्ताको मृत्युपछि पनि अनलाइनमा उसको उपस्थिति कायम राख्नेछ ।

यो एप्लिकेसनले प्रयोगकर्ताका अनलाइन बानी व्यहोराको जाँच गर्छ । उसले जिउँदै छँदा गर्ने गरेका वा मन पराउने गरेका टि्वट्सको अनुगमन गर्छ र प्रयोगकर्ताको मृत्युपछि पनि उसले मन पार्ने लिंक छानेर उसको तर्फबाट पोष्ट गरिदिन्छ ।

यसबाट मान्छेको जैविक इहलिला समाप्त भएपनि उसको डिजिटल जिन्दगी बाँचिरहन्छ । लाइभ्स अन नामको यो एप आउँदो मार्चमा लञ्च हुनेछ । यो एप्सको मुख्य नारा नै तपाइँको मुटु धडि्कन छाडोस् त के भो तपाइँको टि्वट्स जारी रहन्छ, भन्ने छ ।  online   khaber

Wednesday, January 30, 2013

सावधान! नेट चलाउदा एकै क्लिकले तपाईँको पैसा लुटिएला


के तपाईँ नेपाली बैँकहरुको इ बैँकिङ सेवा चलाउनु हुन्छ? त्यसो भए सावधान है। आजभोलि साइबर अपराधीहरुले तपाईँको इमेलमा बैँकको नाममा छद्म इमेलहरु पठाई तपाईँबाट पासवर्ड थुत्ने प्रयास गरिरहेका छन्। यो हप्तामात्रै मलाई इन्भेस्टमेन्ट बैँक र नबिल बैँकको नामबाट त्यस्ता इमेल आएका छन्। इमेलमा तपाईँको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो लिङ्कमा गएर आफ्नो युजरनेम र पासपवर्ड हान्नुस् भनिएको हुन्छ। त्यो लिङ्कमा गएर आफ्नो विवरण हाल्नुभयो भने तपाईँ डुब्नुभयो।
किनभने त्यो लिङ्क बैँकको हैन, तिनै साइबर अपराधीहरुको हुन्छ। हेर्दा दुरुस्तै बैँककै साइट जस्तै बनाएका हुन्छन् उनीहरुले साइट। बैँककै लोगो राखेका हुन्छन्, उस्तै डिजाइन हुन्छ। प्राविधिक भाषामा यसलाई स्पूफ वा फिसिङ वेबसाइट भनिन्छ। यो गैरकानुनी हो।
तर जब तपाईँले त्यसमा आफ्ना पासवर्डसहितका विवरणहरु भर्नुहुन्छ, त्यो उनै लुटेराहरुकहाँ पुग्छ। त्यसपछि तपाईँको पासवर्ड लिएर उनीहरुले तपाईँको खाताको रकम एकै सेकेन्डमा उनीहरुकोमा ट्रान्सफर गर्न सक्छन्।
यो साइट हेर्नुस्, ठ्याक्कै नबिल बैँकको जस्तो देखिन्छ। तर ध्यान दिएर एड्रेस बार हेर्नुस् त, यो नबिल बैँकको हैन त्यसमा http://nabil-web-css.com/active/nabil.htm पो लेखिएको छ।

Monday, January 28, 2013

पढेको मान्छेले त यस्तो काम पो गर्नुपर्छ



१४ माघ, काठमाडौं । एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए । ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।



Tuesday, January 22, 2013

ल अ्रायो लोडसेडिङमा काम लाग्ने सामान (फोटोफिचर)

८ माघ, काठमाडौं । लोडसेडिङ दैनिक १४ घण्टा पुगेकै बेला राजधानीमा नवीकरणीय उर्जा सप्ताह शुरु भएको छ । आइतबारदेखि शुरु भएको प्रदर्शनीमा लोडसेडिङको बेला काम लाग्ने र देशमा उर्जा संकट टार्न सक्ने थरीथरीका सामान राखिएका छन् । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको आयोजनामा भएको प्रदर्शनीमा वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने संघसंस्था र कम्पनीले भाग लिएका छन् । भृकुटीमण्डपमा आइतबार र सोमबार भएको प्रदर्शनीमा अवलोकनकर्ताको थामिनसक्नुको भीड थियो ।
मंगलबारदेखि राजधानी बाहिरका मुख्य शहरहरुमा प्रदर्शनी गर्ने तयारी छ । केन्द्रका सहायक निर्देशक राजु लौडारीका अनुसार गाउँ र शहर सबैतिर काम लाग्ने थरीथरीका वैकल्पिक उर्जाका उपकरण बजारमा आइसकेका छन् । धनीका लागि हुने महंगो र गरीबले खोज्ने सस्ता खालका उपकरण पनि छन् । जसले उर्जा संकट समाधानका लागि सहयोग पुर्याउन सक्छन् ।
 कस्ता र कति दामका ?
 १. सौर्य उर्जा -
सूर्यको किरणबाट बत्ति बाल्न, तातो दिन र खानेकुरा पकाउन -कुकर) मिल्ने उपकरण बजारमा छन् । सोलार त धेरैले प्रयोग गरिरहेका छन् । विस्तारै कुकर अर्थात हिटरको प्रयोग पनि बढिरहेको छ । कुकर र हिटर उच्च पहाडी क्षेत्रमा उपयोगी मानिएको छ । यसको मूल्य तीन/चार हजारदेखि १७/१८ हजारसम्म पर्ने विक्रेताहरुको भनाइ छ ।
यस्तै ४ वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार १३/१४ हजार रुपैंयामै जडान गर्न सकिन्छ । टेलिभिजन, ल्यापटप चलाउन तथा १०/१२ वटा बत्ति बाल्न मिल्ने सोलार जडान गर्न ६०/६५ हजार रुपैंया खर्च हुन्छ । २ सय वाटको सोलार जडान गर्न डेढ लाख रुपैंयाभन्दा बढी लाग्छ ।
यस्तै पानी तान्न मिल्ने सोलार पनि बजारमा पाइन्छ । जसको मूल्य ४० हजार रुपैंया पर्छ ।
 २. बायो ग्यास 
गाउँमा मलमूत्रबाट र शहरमा फोहोरबाट ग्यास निकाल्न मिल्ने दुईथरि प्रविधि भित्रिएका छन् । शहरी क्षेत्रमा भान्साबाट निस्केको फोहोरलाई सदुपयोग गरेर ग्यास निकाल्ने प्रविधि भर्खरै भित्रिएको हो । यो प्रविधि जडान गर्न झण्डै २५ हजार रुपैंया खर्च हुने वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले जनाएको छ ।
यसमा सरकारले अनुदानको व्यवस्था समेत गरेको छ । त्यसो गर्दा १५ हजार रुपैंयामा यो बनाउन सकिन्छ । राजधानीका कतिपय घरमा अहिले यस्तै प्रविधिबाट उर्जा निकाल्ने गरिएको छ ।गाउँघरमा गोबरग्यास बनाउन पनि सरकारले अनुदान दिँदै आएको छ । ४ घनमिटरको गोबरग्यास निर्माण गर्न झण्डै ३५ हजार रुपैंया लाग्छ ।
३. सुधारिएको चुल्हो 

Sunday, January 20, 2013

फेसबुक अपडेटमात्र हैन घडिबाट केके गर्न मिल्छ ? हेर्नुहोस

प्रविधिको विकास यति तिव्र गतिमा भइरहेको छ कि हामीले त्यसको अनुमान लगाउन पनि मुस्किल हुन थालिसक्यो । त्यसको उदाहरणको हो मार्टिन घडी । यो घडीले समयबारे जानकारी दिने त भइहाल्यो, अन्य धेरै रोचक कामहरु पनि गर्छ । भोक लागेको बेला तपाई आफ्नो नाडीमा बाँधिकाएको यो घडीलाई नजिकै रेस्टुराँ कहाँ छ भनेर सोध्न सक्नु हुनेछ । यसले तपाईले नजिकै भएको रेष्टुराँको नाम बताइदिन्छ । घडीमा एलसीडी डिस्प्ले छ, जहाँ तपाई आफ्नो फेसबुक स्टाटस अपडेट गर्न सक्नु हुनेछ । यसमा तपाई एसएमएस पढ्न मात्र हैन, कसैले पठाएको सन्देश सुन्न पनि सक्न हुनेछ । कसैलाई थाहै नदिई नाडीमा बाँधेको घडीले तस्वीर पनि खिचिसकेको हुन्छ । झट्ट सुन्दा घडीले यी सबै काम गर्छ भन्ने प्रयास नलाग्न सक्छ । तर, विज्ञान प्रविधीको कमाल नै पर्‍यो । घडी यी सबै काम तपाईको खल्तीमा रहेको मोबाइलको सहयोगमा गरिसकेको हुन्छ । ब्लू टुथ प्रविधिका आधारमा नाडीमा बाँधिएको घडी र खल्तीमा रहेको मोबाइल एकआपसमा जोडिन्छन् । तपाई आफ्नो घडीसँग कुरा गरिरहँदा उसले भने मोबाइलसँग कुरा गर्छ । घडीमा माइक्रो फोन पनि लगाइएको छ, जसले तपाईको आबाजलाई मोबाइलसम्म पुर्‍याउँछ । यो घडी एन्ड्रोइड र आईओएस (एप्पल अपरेटिङ सिस्टम) दुबै प्रकारको मोबाइलमा काम गर्छ । क्यालिफोर्नियामा रहेको मार्टिन वाच वायरलेस टेक्नोलोजिमा काम गर्ने कम्पनी हो । पछिल्लोपटक ल्याएको यो घडीले अहिले बिश्वभर चर्चा कमाइरहेको छ । यस्तो घडीको अधिकतम मूल्य ३ सय अमेरिकी डलरसम्म छ । भिडियो हेर्नुहोस्

Saturday, January 12, 2013

वाटरप्रुफ मोबाइल, अब पौडी खेल्दै मोबाइलमा बोल्दै (फोटोफिचर सहित)

यो यस्तो मोबाइल फोन हो जो तपाइँले नुहाउँदा पनि निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ । पौडी खेल्न स्विमिङ पुलमा छिर्नुभएको छ भनेपनि मोबाइलमा मज्जाले कुरा गर्न तपाइँलाई बाधा पर्नेछैन । अब तपाइँले मोबाइल पानीमा खस्ला की भनेर चिन्ता लिनु पर्दैन । गोजीमा भएको मोबाइल ट्वाइलेटको कमोटमा खस्यो भने पनि त्यसलाई टिपेर धोइपखाली गरेर प्रयोग गर्न सम्भव हुन्छ ।















Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।