Friday, May 5, 2017

दोलखामा प्रमुख सहित ४४ जनाले लिए उम्मेदवारी फिर्ता

रवीन्द्र  गौतम  दोलखा
बैशाख २१, दोलखा । स्थानीय तहको निर्वाचन २०७४ का लागि दोलखाका २ नगरपालिका र ७ गाउँपालिकामा दर्ता गरिएका उम्मेदवारहरुमध्ये ४४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
        भिमेश्वर नगरपालिकामा ८ जनाले विभिन्न पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । मेयर पदमा नेकपा माओवादी केन्द्रका मोहन थापाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यसै गरी नेपाली कांग्रेसबाट उप मेयरमा उम्मेदवारी दिनु भएकी शारदा थापाले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यसैगरी भिमेश्वर नगरपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष बन्नु भएका राजकुमार कार्की, र वडा नं ६ मा माओवादी केन्द्रकै वडा अध्यक्ष सुरज तमाङले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।
        त्यसैगरी मेलुङ गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारमा माओवादी केन्द्रकी सिता तमाङ र उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पना केसीले उम्मेदवारी फिर्ता लिनु भएको छ । मेलुङ गाउँपालिका वडा नं ४ मा राप्रपाका रामजी अधिकारी र वडा नं ७ मा माओवादी केन्द्रको वडा अध्यक्ष यज्ञ बहादुर श्रेष्ठ गरी जम्मा १० जनाले उम्मेदवारी फिर्ता लिएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गा प्रसाद भुर्तेलले जानाकारी दिनु भयो ।
       त्यसैगरी तामाकोसी गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रकी सविता घिमिरे र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदीले उम्मेदवारी फिर्ता लिनु भएको हो । तामाकोसी गाउँपालिका वडा नं ४ मा माओवादी केन्द्रका वडा अध्यक्ष ठाकुर कुमार खड्का पनि उम्मेदवारी फिर्ता लिनु भएको तामाकोसी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वराज न्यौपानेले बताउनु भयो ।
    विगु गाउँपालिका भने वडा नं ४ मा राप्रपाबाट दलित सदस्य बनेकी कल्पना नेपाली र खुल्ला सदस्य किरण खड्काले पनि उम्मेदवारी फिर्ताको लागि निवेदन दिएको विगु गाउँपालिका निर्वाचन अधिकृत विष्णु कुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार निवेदन दिनेहरुले पार्टीको आधिकारीक पत्र नल्याएको कारण निर्णय हुन सकेको छैन ।
        त्यसैगरी वैतेश्वर गाउँपालिकामा भने वडा नं ७ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिचन्द्र रिमालले उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यस्तै गौरीशंकर गाउँपालिकामा १२ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी प्राप्त भएको छ । उता जिरी नगरपालिका, शैलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा भने कुनै पनि उम्मेदवारी फिर्ता नभएको त्यहाँका निर्वाचन अधिकृतहरुले बताउनु भएको छ  ।
(Rabrindra gautam को अभयपुर blog वाट साभार )

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।