Wednesday, September 6, 2017

सिगँटी सडक कालोपत्रे गर्ने काममा ढिलाई भएको छ !

२०७४ भदौ २१ बुधबार
श्याम खतिवडा/रेडियो नेपाल
दोलखा, २१ भाद्र ।  लगातारको बर्षातका कारण दोलखाको उत्तर जोड्ने मुख्य प्रवेश मार्ग दोलखा सिगँटी सडक कालोपत्रे गर्ने काममा ढिलाई भएको छ ।
दुई बर्ष भित्र भिमेश्वर नगरपालिका २ पाखलती बजार  देखि उत्तरको मुख्य ब्यापारीक केन्द्र सिंगटी बजार सम्म कालोपत्रे गरिसक्ने गरी काम सुरु गरिएको आयोजनामा लगातारको बर्षातले केही पर धकेल्ने आयोजनाले जनाएको छ ।
दोलखा सिंगटी सडक आयोजनाका साइड इन्चार्ज हरि प्रसाद निरौलाले निरन्तरको बर्षातले भिमेश्वर नगरपालिका २ को चार्थली बस्ती खण्ड , सुनखानीको कालिनाग मन्दिर खण्ड सुन्द्रावतीको थुम्का सोती बजार खण्ड र लामिडाँडाको गुमुखोला नजिक झमार्सीमा गएका ठुला पहिरो र त्यसबाट आयोजनामा भएको क्षेतीका कारण केही ढिलाई हुनसक्ने बताएका छन् । उनले यि ठुला बाहेक अन्य दर्जनौँ ठाउँमा गएका साना पहिरोका कारण पनि आयोजनामा क्षेती पुगेको जानकारी दिए ।
इन्चार्ज निरौलाले बर्षात कम भए लगतै कालोपत्रेको कामले गती लिने बताएका छन । उनका अनुसार बर्षात र पहिरोका कारण मात्रै आयोजनाको झण्डै १ करोड बराबरको क्षेती भएको छ । उनले आयोजनामा भएको यो क्षेतीले पनि हिम्मत नहारेको जानकारी दिए । अर्को विपत्ती नआए र सोचे अनुसारको काम भएमा ०७५ जेठ मसान्त भित्र कालोपत्रेको काम सम्पन्न गरिसक्ने इन्चार्ज निरौलाको भनाई छ ।
१५ प्रतिशत काम सम्पन्न
सडक कालोपत्रे आयोजनाको हालसम्म १५ प्रतिशत काम सम्पन्न भैसकेको छ । तर आयोजनाको लक्ष्य भने अहिले सम्म १८ प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो । साईड ईन्चार्ज सुबेदीका अनुसार ग्याबिन वालको काम पहिरोका कारण केही ठाउँमा क्षेती भएपनि ४० प्रतिशत सम्पन्न भैसकेको छ भने झण्डै ३५ प्रतिशत नाला निर्माणको काम सकिएको छ । ठुला पहिरो गएका ठाउँमा नाला र ग्याबिन वाल पुरै ध्वस्त भएका कारण पहिरो नियन्त्रण गरी काम सुचारु गर्न केही समय लाग्ने इन्चार्ज निरौलाले जानकारी दिए ।
दँसै पछिबाट कालोपत्रे सुरु हुने
गत आर्थिक वर्षको कात्र्तिक बाट काम सुरु गरिएको दोलखा सिंगटी सडकमा अहिलेसम्म कालोपत्रे बिच्छाउने काम सुरु गरिएको छैन । इन्चार्ज निरौलाका अनुसार दँसै लगत्तै कालोपत्रे बिच्छाउने काम सुरु हुने छ । ग्याबिन वाल र नाला निर्माणको काम सकिएका ठाउँबाट कालोपत्रेको काम सुरु हुने उनले बताएका छन् । भिमेश्वर नगरको पाखलती बसपार्कबाट कालोपत्रे सुरु गरी क्रमस गर्दै लगिने उनले बताए ।

सदरमुकाम चरिकोटबाट उत्तरका २२ गाविसको केन्द्र सिगँटी बजार सम्म जोड्ने उक्त सडक एसियाली विकास बैंकको अनुदान सहयोगमा कालोपत्रे हुन लागेको हो ।
चरिकोटबाट ग्राभेल गरेर यस अघि माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले बनाएको फराकिलो सडकलाई ५.५ मिटरको कालोपत्रे सहित ब्यबस्थित पारिने सडक बिभागका अधिकारीहरुले बताएका छन् । संरचना निर्माण सहित ७२ करोड लागतमा कलोपत्रे हुन लागेको सडकमा हालसम्म ८ करोड ५० लाख खर्च भैसकेको छ ।
१६ बर्ष अघि जिविसले ट्रयाक खनेर सुरु गरेको सडकलाई लामावगरमा बन्दै गरेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले ग्राभेल सहित फराकिलो र ब्यबस्थित बनाएको थियो । एक वर्ष अघि आयोजनाले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सडक बिभागले भुकम्प प्रभावित जिल्लाको सडक निर्माण परियोजना अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सडक कालोपत्रे शुरु गरेको हो ।
नालीसमेत जम्मा ८ मिटरको हुने सो सडकको कालोपत्रेको जिम्मा पाएको चाईनिज कम्पनि सि आर फाईब र नेपाली कम्पनी स्वच्छन्द निर्माण सेवाले काम गरिरहेको छ । सोसडक डिभिएस पी प्रबिधि मार्फत कालोपत्रे हुने सडक निर्माण आयोजनाका निर्देशक एंव डिभिजन सडक कार्यालय दोलखाका प्रमुख ईन्जिनियर अशोक तिवारीले बताए ।
डिभिएस पी प्रबिधि चिसो ठाँउमा पनि अलकत्रा नमक्किने प्रबिधि हो । यो प्रबिधि नेपालका धेरै सडकहरुमा प्रयोग भैसकको र दोलखाका लागि समेत उपयुक्त हुने  प्रमुख इन्जिनियर तिवारीको भनाई छ् ।
कम्पनिले रोडा ढुङ्गा लगाएत थप स्थानिय सामाग्रीका लागि भिमेश्वर नगरपालिका स्थित नागदहको  तामाकोशी नदि किनारमा क्रसर उद्योग संचालन गरेको छ । क्रसरका लागि थप प्रक्रिया समेत अगाडी बढेको ईन्चार्ज निरौलाले जानकारी दिएका छन् ।
Copied by
: श्याम खतिवडा/रेडियो नेपाल
 radionepal.gov.np

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।