Monday, February 27, 2023

पासपोर्टको अनलाईं फारम यहॉवाट भर्नुहोस

ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा 

गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ ।

कतार स्थित नेपाली दुताबासबाट समेत ई-पासपोर्ट वितरण गर्न थालिएको छ । ई-पासपोर्ट वितरण शुरू भएसँगै एमआरपी पासपोर्ट वितरण बन्द भइसकेको छ ।

ई-पासपोर्टका लागि सेवाग्राहीले अनलाइनबाटै आवेदन दिन सक्छन् । ई-पासपोर्टसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू बेला बेला मानिसहरूले सोधिरहेका हुन्छन् । त्यसकारण राहदानी विभागले ई-पासपोर्ट बारे तयार पारेको बारम्बार सोधिने प्रश्नहरू र त्यसको उत्तर आज हामी यहाँ प्रस्तुत गर्दैछौं । 

विद्युतीय राहदानी के हो ?

हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (ई-पासपोर्ट) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् ।

यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।

ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

हाल कुनकुन जिल्लामा विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट गर्न सकिन्छ ?

झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर,काभ्रे, रामेछाप, सिराहा, ईलाका प्रशासन कार्यालय गौशाला, ईलाका प्रशासन कार्यालय हरिवन । अन्य जिल्लाहरूमा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै छन् ।

विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?

सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ तर अनलाइनबाट समय बुक गरेकै हुनु पर्दछ ।

हाल विभागमा अत्यधिक चाप हुनाले र कोभिडको कारणले समेत पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने छैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इनरोलमेन्टका लागि समय बुक गर्नु होला ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला ।

संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?

विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै द्रुत सेवा कायम गरिएको छ ।

दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ ।

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।  जिल्लाहरूमा लाइभ इनरोलमेन्ट गरेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि  लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।

के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?

१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन ।

भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ ।

रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?

विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा सम्पर्क गर्नु होला । रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इनरोलमेन्ट गर्नु पर्ने हुनसक्छ ।

सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन  सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।

दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?

केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले  जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ ।

राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।

म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?

हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।

म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन ?

राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ ।

यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।

विद्युतीय राहदानी लिन समय नपाएमा मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि ?

नेपालबाट निवेदन दिनेहरूको हकमा मेशिन रिडेबल राहदानी लिन सकिदैन ।

राहदानीको लागि आवेदन कसरी दिने ?

यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ ।

पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।

नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।

 

विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक

यहाँ क्लिक गरेर फारम भर्नुहोस 





(https://ictsamachar.com/author/3)

आईसिटी समचार वाट 



Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।