काठमाडौ, अषाढ १ - विराटनगरका पत्रकार खिलानाथ ढकाल लगायत मुलुकका विभिन्न स्थानमा पत्रकारमाथि भएको आक्रमणको बिरोध र दोषीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार देशभर धर्ना तथा प्रदर्शन गरिएको छ । महासंघले तय गरेको पहिलो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय अगाडि संचार सामग्री राखेर प्रदर्शन गरिदैंछ । पत्रकार ढकालमाथि आक्रमणका मुख्य योजनाकार पर्शुराम वस्नेतलाई पक्राउ गरी कारवाहीको माग महासंघले राखेको छ ।
राजधानी काठमाडौंमा अपरान्ह १ बजे माइतीघरमा सयौंको संख्यामा उपस्थित पत्रकारहरुले आफूले बोकेको क्यामरा,रेकर्डर,कलम,डायरी लगायतका संचार सामग्री अगाडि राखेर एक घण्टा धर्ना दिएका थिए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष यशोधा तिम्सिनाले जनआन्दोलनका बेला आठौं दल भनिएका पत्रकारहरु असुरक्षित भइरहेको बेला राजनीतिक दलहरुको मौनताले आश्चर्यमा पारेका बताइन् । उनले बढ्दो दण्डहीनता र राज्यको निरिहताले प्रेसमाथि आक्रमण बढिरहेको भन्दै महासंघ प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि निरन्तर लडिरहने जनाइन् । महासचिव ओम शर्माले पत्रकारमाथि बढीरहेको आक्रमणका कारण जिल्ला-जिल्लामा स्वतन्त्र ढंगले समाचार लेख्ने अवस्था नरहेको बताए । प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि माहासंघले गर्ने आन्दोलनमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे । जनकपुरका पत्रकार सुरेश यादव र महेन्द्रनगरका राजेन्द्र अवस्थीमाथि भएको आक्रमणका दोषीलाई पनि कारवाही गरिनुपर्ने शर्माले माग गरे ।
महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले राज्यले नै दण्डहीनता बढाइरहेको बताए । उनले विराटनगर घटनाका दोषी परशुराम वस्नेतलाई संरक्षण गरी राज्यलाई चुनौति दिनेलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे । नागरिक दैनिकका सम्पादक नारायण वाग्लेले नेपालको लोकतन्त्रमा प्रेसको अंश रहेको भन्दै कानून मान्ने र नमान्ने विभेदकारी लोकतन्त्र मान्य नहुने बताए । उनले गुण्डातन्त्र भएको स्थानमा स्वतन्त्र पत्रकारिता हुन नसक्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल,प्रेस चौतारीका अध्यक्ष गगन विष्ट,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल लगायतले महासंघको आन्दोलनप्रति एक्यवद्धता जनाएका थिए । महासंघले असार ४ गते अपरान्ह ३ बजे राजधानीमा संविधानसभा भवन अगाडिबाट र जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।
पाँचथरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मुख्य द्वारमा एक घण्टा धर्ना दिएका छन् । पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्वमा भएको विरोध कार्यक्रम बिहान १० देखि ११ बजेसम्म चलेको थियो । 'पत्रकारलाई बाँच्न र लेख्न देऊ' भन्ने नाराका साथ पत्रकारहरु बजार परिक्रमा गर्दै प्रशासनमा पुगेर धर्ना दिएका हुन । यसैगरी, सर्लाही,तनहुँ,पोखरा लगायतका स्थानमा पनि बिरोध प्रदर्शन भएको कान्तिपुरकर्मीहरुले जनाएका छन् ।

No comments:
Post a Comment