सन्तोष पोखरेल, पोखरा, असार १६ - सिमसिम परेको पानी, अनि असारे गीतको रमझम। पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकको भिडभाड पनि उस्तै। लामाचौर फाँटमा बुधबार खचाखच भिडमा असारे रोपाई महोत्सव चलिरहँदा सहभागी विदेशी पर्यटक दंग देखिन्थे।
रोपाइँमा सहभागी पर्यटकसहित गाउँलेले हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरेर असारे महोत्सव मनाए। धान रोप्न तयार पारिएको खेतमा खेताला र बाउसेको रुपमा पोखराका पर्यटन व्यवसायी तथा पोखरा घुम्न आएका पर्यटकसहित गाउँले थिए।
पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्ले हरेक वर्ष असार १५ मा असारे रोपाइँ महोत्सव गर्दै आएको छ। बुधबार लामाचौरको उक्त खेतमा आठौं असारे रोपाइँ महोत्सव हुँदै थियो। महोत्सवमा किसासहित सर्वसधारणको बाक्लो उपस्थिति थियो।
करिब २ सय पर्यटकसमेत महोत्सवमा हिलो खेल्न पुगेका थिए। स्थानीय सुरेन्द्र भण्डारीको करिब ६ रोपनी खेतमा महोत्सव गरिँदै धान रोपिएको थियो। महोत्सवका लागि ४ हल गोरुले खेत जोतेका थिए। हलो जोत्न विदेशी महिला पर्यटक पनि पुगेका थिए।
पञ्चेबाजाको तालमा हिलोमा नाँचगान गर्दै असारे गीत गाएर गरिएको महोत्सवमा भाग लिन आएका पर्यटकहरु हिलोमा रमाउन पाउँदा खुसीले हौसिएका देखिन्थे। शरीरभरि हिलोले छ्यापेर स्वदेशी तथा विदेशी पर्यटक छुट्याउनसमेत मुश्किल थियो।
'पहिलोपटक यस्तो महोत्सवमा सहभागी हुन पाएकोमा खुसी लागेको छ,' अमेरिकी पर्यटक डेभिडले भने, 'साच्चै रमाइलो हुने रहेछ। स्थानीयवासीसँग रमेर नाचगान गर्दै हिलोमा खेल्न पाएकोमा मलाई थप खुसी लाग्यो,' उनले भने।
असारे महोत्सवले पोखरालाई पर्यटकीय दृष्टिले मात्र नभई कृषि पर्यटनको रुपमा पनि परिचित गराउन खोजेको पर्यटन व्यवसायीले बताए। 'पर्यटन क्षेत्र होटल र रेस्टुरेन्ट मात्र होइन,' परिषद्का अध्यक्ष टीकाराम सापकोटाले भने, 'कृषि पर्यटनको पनि उत्तिकै महŒव छ, हामीले पोखरालाई कृषि पर्यटनको रुपमा पनि चिनाउन खोजेका छौं।' पोखरा जुनसुकै मौसमका लागि पनि घुम्न जानु उपयुक्त छ भन्ने सन्देश असारे महोत्सवले दिने सापकोटाले बताए।
महोत्सवमा हिलोमा पर्यटक दौड, माछा समाउने, असारे गीत, रस्साकसी, आमा समूहको हिलो दौडलगायत रोमाञ्चक प्रतियोगिता गरिएको थियो। हिलोमा पर्यटक दौड प्रतियोगितामा बेलायतका एलेक्स प्रथम भए। त्यसैगरि अमेरिकाका एन्ड्रिउ दोस्रो र बेलायतकै नाथम तृतीय भए। हिलोमा पर्यटक दौड प्रतियोगितामा करिब ३ दर्जन पर्यटक सहभागी भएका थिए ।
पर्यटकहरु हिलोमा रमाउन पाउँदा निकै खुसी भएका थिए। उनीहरुले एक आपसमा हिलो छ्यापाछ्याप गर्दै लडिबुडी गरेका थिए। कतिपय विदेशी महिला पर्यटकले नेपाली महिलासँगै धान रोप्ने र बीउ काट्ने काम गर्दै असारे गीतमा नाचगान गरेका थिए। हिलो छ्यापाछ्याप गर्दा भागाभागसमेत भएको थियो।
कृषि पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले परिषद्ले विगत ८ वर्षदेखी पोखरा र आसपासका फाँटमा धान रोपेर यो महोत्सव मनाउँदै आएको छ। यसअघि बिरुवाफाँट, पामे, बेगनाश, हेम्जा, चिसापानीलगायत क्षेत्रमा महोत्सव गरिएको थियो। सरकारले हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा समेत मनाउँदै आएको छ।

No comments:
Post a Comment