गोरखा, असार १७- गोरखा नगरपालिका वडा नं. ११ घर भएका नेकपा एमाले वडा अध्यक्ष एवम् नगरसंयन्त्र सदस्य रेशमबहादुर बानियाँलाई बहुविवाह गरेको अभियोगमा स्थानीय महिला समूहले गाउँ निकाला गरेपछि अहिले उनी प्रहरी हिरासतमा छन्।
घरमा एउटी श्रीमती हुँदाहुँदै अर्कैकी श्रीमतीलाई विवाह गरेका बानियाँले घरमा भएका छोराछोरी र श्रीमतीलाई घर निकाला गरी कान्छीलाई राख्ने तरखर गरेपनि स्थानीय आमा समूहको अगुवाईमा बानियाँलाई प्रहरी हिरासतमा राखिएको हो।
बानियाँसँगै कान्छी श्रीमती सुशीला पाण्डेसमेत प्रहरी हिरासतमा रहेको प्रहरी नायव उपरीक्षक बहादुर मल्लले बताउनुभयो।
घरमा छोरा र श्रीमतीसँग झगडा गर्ने र अर्काकी श्रीमतीसँग सुत्ने गरेका कारण गाउँहरुले उनीहरुलाई ओछ्यानै फेला पारी ध्वाँसोमोसो दलेर गाउँ निकाला गरेका थिए।
नेता खड्गप्रसाद ओली पक्षधरका जिल्लाका वरिष्ठ नेता रहेका बानियाँ लामो समयदेखि काठ तस्करमा समेत सहभागी हुँदै आएको स्थानीयवासीले बताएका छन्। उता कान्छी बनाइएकी श्रीमती पाण्डेको अर्का पट्टीको एक छोरा समेत रहेको छ। रासस
प्रमुख समचारहरू
पहिरोले मोटर साइकल किच्दा म्रृत्यु
पहिरोले च्यापिएर दुई किशोरीको मृत्यु
पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडकखण्ड अवरुद्ध
हनुमान ढोकामा फेलापरेको गरगहना ९०सालको भूकम्पमा पुरियको
सरकारि कर्मचारि पियन देखि हाकिम सम्मको अब एकै पोसाक

No comments:
Post a Comment