हिमाल खबर (१६......३२ असार)
बच्चा फालेपछि सञ्जीवले सँगै बस्न नसक्ने घोषणा गरे। सासूले तँ पढेलेखेकी छेस्, जति पनि केटा पाउँछेस् भन्नुभयो। गर्भपतनका कारण कमजोर भएका बेला खान दिन समेत छाडियोे, धेरैपटक खानै नपाएर तड्पेँ। सासूले मेरो कोठाको खाट हटाइदिनुभयो। एक दिन क-कसको पेट बोकेर यहाँ फालेकी र... भन्दै थुक्नुभयो। मैले पकाएको कसैले नखाने भएपछि एक्लै खाएर अफिस जान सक्दिनथेँ, भोकभोकै हिँड्थेँ।
बेलुका कोठामा एक्लै बस्थेँ। कहिलेकाहीँ सासूले अलिकति भात फाली दिँदै तेरो स्वाभिमान छैन? कुकुरलाई जस्तो गर्दा पनि बसिराख्छेस् भन्नुहुन्थ्यो। म भने सञ्जीवलाई धेरै नै माया गर्थें।
बिष्तृत तलको रातो हेडलाइनमा क्लिक गर्नुहोस
विवाहको नाममा बर्बादी माअोबादि नेता गजुरेल परिवारको अत्याचार click here
किन हुन्छ प्रेम असफल ?
करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकाले अर्कैसँग विवाह गरेको निहुँमा प्रेमिकालाई गोली हानेर आफ्नै पनि कञ्चटमा गोली हानेर आत्महत्या गरे। मकवानपुरका सिपाही राजकुमार न्यौपानेले प्रेम अस्विकार गरेको निहुँमा एक युवतीको छुरा प्रहार गरी हत्या गरे र तिनै युवतीको कोठामा आत्महत्या गरे।
गुल्मीमा एक युवकले आफ्नी प्रेमिकालाई गोली हाने पछि आफूलाई पनि गोली हाने तर संयोगले कुनै अप्रिय दुर्घटना भएन।
यी त प्रतिनिधि घटना मात्र हुन् जसले प्रेममा पागल भएको मान्छे प्रेम असफल भएपछि कस्तो बाटोमा लाग्छ भन्ने देखाउँछ। एकतर्फी प्रेममा फसेकाहरू आफूले मनपराएको मानिसलाई आफ्नो कुरा भन्नै नपाइ उसले अर्कै बाटो लाग्दा वा अस्वीकार गर्दा अथवा कुनै कारणले दुईतर्फी प्रेममा समेत खटपट आउँदा प्राणत्यागसम्मको बाटो रोज्छन्। प्रेममा असन्तुष्ट भएर वा प्रेमी प्रेमीकाबीच मनमुटाव वा अपरिपक्कताका कारणसमेत सम्बन्ध टुट्ने गरेको छ। प्रेमको असफलता कहिलेकाहीँ सामान्य रूपमा साम्य हुन्छ भने कहिलेकाहीँ त्यसले निकै भयानक परिणाम ल्याउँछ।
प्रेम किन असफल हुन्छ ?
महात्मा गान्धीले भनेका छन्, मूर्खको औषधी प्रेम हो। प्रेममा परिवर्तनको क्षमता हुन्छ। भौतिक होइन आत्मिक अनुभव हो प्रेम। प्रेमको न कुनै सीमा हुन्छ न समय र भूगोल। प्रेम जुनसुकै बेला जोसँग पनि हुनसक्छ। प्रेम कसैसँग चाहना गरेर हुदैन मानिसको आनिबानी व्यक्तित्व आदिले कसैलाई मोहित गरेर वा भावनामा डुबेर प्रेम हुन्छ। मानिसलाई यो धर्तीमा शान्ति र अहम बिनानै बाँच्न र सुन्दर जीवनको कल्पना गर्न प्रेमले नै सिकाउँछ। प्रेममा त्यस्तो शक्ति हुन्छ जसले जीवन निर्वाहका लागि अमृतको काम गर्छ। एक अर्काबीचमा विश्वास अनि भावनात्मक सम्बन्ध रह्यो भने प्रेम सफल हुन्छ। कसैको बाहिरी बनावटले आकर्षण गरेर प्रेम भयो भन्नु मुर्खता सिवाए केही होइन। मस्तिष्कको अनुरोध अनि मनको चाहनाबाट उत्पन्न भावना नै प्रेम हो।
कसैको यौवन वा जवानीको मोहमा परेर उसको यौन तृष्णा मेटाउन गरिने केही दिनको काल्पनिक नाटकलाई प्रेम भन्न मिल्दैन। पछिल्लो समयमा युवा पुस्ताको प्रमुख समस्या भनेको प्रेम असफल हुनु हो। कलेज जीवनमा व्बाइफ्रेन्ड र गलफ्रेन्ड भएन भने असहज मान्नेहरूको जमात बढ्दो छ। शारीरिक आकर्षकलाई केन्द्रमा राखेर देखासिखि मानसिकताले उत्प्रेरित भएर प्रेम गर्ने हो भने त्यो प्रेम सफल हुँदैन। युवा- युवतीबीचको शारीरिक आकर्षकले केही दिन सम्बन्ध सुमधुर भए पनि बिस्तारै खटपट उत्पन्न हुन थाल्छ।
प्रेम असफल हुनुको अर्को कारण एक अर्कामा वैचारिक मतभेद हुनु हो। घरपरिवार आफन्त र समाजको रितिरिवाज मर्यादा एवं संस्कारको ख्याल नगरी गरिएको प्रेम असफल हुन्छ। कुनै समयमा प्रेम सार्वजनिक भएपछि समाजले स्वीकार नगर्ने अवस्थामा प्रेमबाट अलग हुन सक्ने गरी सम्बन्ध बढाउनुनै उचित हुन्छ। प्रेमी-प्रेमिकाले एक अर्कालाई गुमाउँदा कुनै अप्रिय दुर्घटना नहुने गरी प्रेम गर्नुपर्छ। प्रेम दुवै जनाको मनैदे खि उत्पन्न हुनुपर्छ तब मात्र प्रेमी र प्रेमीकाको सम्बन्ध सुमधुर हुन्छ।
एकतर्फी प्रेमले दुवै जनाको सम्बन्ध सुमधुर हुन्छ भन्न सकिँदैन। आत्मादेखि नै गरिएको चाहना नै प्रेम हो। मनदेखि नै गरिएको आत्मिक अनुभव बिनाको प्रेमले जटिल समस्या निम्ताउन सक्छ। एक अर्काबीचको दूरी बढेर बिछोड हुँदा उत्पन्न हुने आवेगलाई कावुमा राख्न नसकी आत्महत्या, लागू पदार्थ दुव्र्यसनतर्फ धकेल्ने युवा पुस्ताको प्रमुख समस्या बन्दै गएको छ।
आफूले रोजेको मानिससँग सम्बन्ध बिग्रिए पछि, मनको कुरा खोल्न नपाई अर्कोबाटो रोजेका कारण वा प्रेममा असन्तुष्ट भएर प्रेमी वा प्रेमीकाले आत्महत्या वा दुव्र्यसनको बाटो समात्छन्। प्रेमका कारण बीचैमा पढाइ छाड्नेहरू पनि उत्तिकै छन्। भनिन्छ- प्रेम सञ्जीवनी बुटी हो जसलाई चिन्न र ग्रहण गर्नसके यसले जीवनलाई सुन्दर बनाउनुका साथै जीवन-निर्वाहमा अमृतको काम गर्छ, तसर्थ प्रेमी-प्रेमीकाले प्रेमबाट धेरै अपेक्षा नराखी सम्बन्ध बढाउनु नै उपयुक्त हुन्छ।
कान्तिपुर साप्ताहिकबाट
हनुमानढोकामा गरगहनाले भरिएको बक्सा भेटियो
काठमाडौ, अषाढ १३ - हनुमानढोका स्थित गद्दी बैठक कक्षको जिर्णोद्वार गर्ने क्रममा त्यहा गरगहना र अन्य सामग्री भरिएको तीन वटा पूरानो बक्सा भेटिएको छ । सोमबार अपरान्ह उक्त पूरानो बक्साहरु भेटिएको हो ।
बक्सामा सुन र चाँदीका गरगहना,मल्लकालिन भगवानका मूर्तीहरु तथा अन्य प्राचिन सामग्रहीहरु रहेको छ । भेटिएका गरगहना तीन किलो सुन र ८० किलो चाँदी रहेको अनुमान गरिएको छ । तीन तल्लामाथिको कोठामा ती बक्साहरु भेटिएको थियो । उक्त क्षेत्रको सुरक्षा व्यवस्था नेपाली सेनाले हेर्दै आएको छ । नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले भेटिएका सामग्रीहरु सुरक्षाको दृष्टिकोणले तत्काललाई सेनाको जिम्मा राखिएको बताएका छन् । हनुमान ढोका क्षेत्रको सुरक्षा सेनाले र अन्य कामहरु पुरातत्व विभाग,गुठि संस्थान लगायतले हेर्ने गरेको छ ।
प्रकाशित मिति: २०६८ अषाढ १३ ०७:४१ कान्तितपुर
भोटोजात्राका अवसरमा मंगलबार उपत्यकामा सार्वजनिक बिदा
काठमाडौ, अषाढ १३ - सरकारले भोटोजात्राका अवसरमा मंगलबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपत्यकाको महत्वपूर्ण चाडको रुपमा रहेको रातो मच्छिन्द्रनाथको भोटोजात्राका अवसरमा ललितपुरको जावलाखेलमा भोटो देखाउने चलन छ । उक्त अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री लगायतको उपस्थिति रहने गर्छ ।
बृद्धको गोली हानी हत्या
पर्सा (वीरगन्ज), अषाढ १३ - पर्सामा आइतबार राति एक बृद्धको गोली हानी हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार जिल्लाको गम्हरिया गाविस–३ का स्थानीय ६० वर्षीय बृद्धा सहिद देवानको गोली हानी हत्या गरिएको हो ।
राति घर नजिकैको गोठमा सुतिरहेका बेला अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सन्तु जैसवालले जानकारी दिए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि वीरगन्ज ल्याइएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका स्थानीय राजेन्द्र साहलाई नियन्त्रणमा लिएको छ । उनको व्यक्तिगत रिसइवीका कारण हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रकाशित मिति: २०६८ अषाढ १३ ०१:५५
No comments:
Post a Comment