काठमाडौ, अषाढ ३२ - झापा ज्यामिरगढी-९ सुकरसिंह बस्तीका २४ वर्षीय अशोक पौड्याल र कैलाली मसुरिया-७ शंकरपुरकी २२ वर्षीया आरती सापकोटा प्रणयसूत्रमा बाँधिएका छन् । रुद्रप्रसाद र खडिमाया पौड्यालका कान्छा छोरा अशोक र खेमराज र कुश्मा सापकोटाकी कान्छी छोरी आरतीको पहिलो भेट गएको मंसिरमा याहु म्यासेन्जरले गराएको थियो ।
अनलाइनमा भेटिहाल्छ कि भन्दै आशोक च्याटरुममा साथी खोजिरहेका थिए, आरती भेटिइन् । 'च्याटमा भेटिएकोसँग विवाह होला भन्ने लागेकै थिएन,' अशोकले भने । च्याटरुमा भेटिएपछि उनीहरूले लगत्तै लिस्टमा एकअर्कालाई गाभे । पूर्वका अशोक र सुदूरपश्चिमकी आरती दिनमा एकपटक च्याटबिना बस्नै नसक्ने भए । अनलाइनबाटै फोटो साटासाट गरे । त्यसबेलासम्म उनीहरू साथी मात्रै थिए ।
झापाको मेची क्याम्पसमा बीए दोस्रो वर्षको परीक्षा दिइबसेका अशोकले पढाइलाई काठमाडांै सारे, आरआर क्याम्पसमा भर्ना भए । संयोगले कैलाली बहुमुखी क्याम्पस धनगढीमा शिक्षा संकाय पहिलो वर्षको परीक्षा दिइबसेकी आरती फागुन अन्तिममा घुम्न काठमाडौं गइन् । 'उनलाई देख्दा तिनछक्कै परेँ,' अशोकले पहिलो भेट सम्झे, 'कम्प्युटरमा देखेको भन्दा राम्री ।' आरती पनि अशोकलाई देखेर मख्ख परिछन् । पहिलो प्रत्यक्ष भेटलाई डेटिङ मान्दै घन्टांै गफिए । अशोकले प्रेमप्रस्ताव राख्न चाहे । 'धेरै प्रयास गरे पनि गरें पनि सकिनँ,' उनले भने । आरती कैलाली फर्किएपछि भने उनले फोनमार्फत प्रस्ताव राखे । अशोकको प्रस्तावले आरतीको बोली फुटेन । 'केही बोल्नै सकिनँ,' उनले सम्भिmन्, 'केही नबोली फोन काटिदिएँ ।' १० दिनपछिको एक दिउँसो उनले अशोकलाई फोनबाटै 'आई लभ यू टु' भन्न लगाइछन् साथीमार्फत । 'बुझेर मात्रै प्रस्ताव स्वीकार गरें' उनले भनिन् । उनले साथी सिर्जना ढुंगेलको सहयोग लिएकी रहेछन् अशोकबारे बुझ्न ।
उनको पारिवारिकलगायत अरू अवस्थाबारे बुझेपछि आरतीले अशोकलाई धनगढी बोलाइन् विवाहका लागि । चार साथीसहित असार १० गते धनगढी पुगेका अशोकलाई आरतीका परिवारले टीका लगाई छोरी दिए । कैलाली बजारमा खरिद गरेको रातो साडी र चोलो, चुरा, पोते, मंगलसूत्र र कानमा झुम्कामा आरती सजिएकी थिइन् । उनका साथीहरूले हात मेहेन्दी लगाइदिएका थिए । विवाहमा दुई लाख खर्च भएको आरतीको अनुमान छ । टाढा कारण अशोकका कोही आफन्त मात्रै धनगढी पुगे । अशोकले बिहेमा करिब २ लाख खर्च भएको बताए । धनगढी-झापा दौडाहामा थकित जोडी केही समयको आरामपछि हनिमुनका लागि दार्जिलिड जाने सोचमा छ । कान्तिपुरबाट
बिहे गरेको 4 घण्टामा नै माइतिद्दारा छोरि खोसे पछि 24घण्टा भित्र केटोले अर्को बिहे गरे
![]() |
| फोटो काल्पनिक हो |
बेहुला मनोहर लागूऔषधको दुव्र्यसनी रहेको भन्दै छोरी फर्काएको माइती पक्षले बताएका छन् । उनीहरूका अनुसार मनोहर लागूऔषध दुव्र्यसनी रहेको र छोरीले दुःख पाउने अवस्था देखेर फर्काइएको हो ।बेहुली पक्षले दुव्र्यसनीलाई छोरी दिएर भविष्य बिगार्नुभन्दा अर्कोसित बिहे गर्ने सोचका साथ छोरी फर्काएको जनाएका छन् । जिशिअ वस्तीले भने आफ्नो छोरा दुव्र्यसनी नरहेको दाबी गरेका छन् । उनले भने, ‘ऊ दुव्र्यसनी होइन, कसैले भन्छ भने प्रमाणित गरेर देखाउनुपर्छ ।’ उनले बुहारी फर्काएर नलग्न पटकपटक आग्रह गर्दा पनि उनका अभिभावकले लगेकोमा आफूलाई पनि दुःख लागेको उनले बताए ।
यसैबीच जिशिअ वस्तीका छोरा मनोहरले शनिबार अर्को बिहे गरेका छन् । ‘छोरालाई अनावश्यक आरोप लगाएर बुहारी फर्काएर लगेपछि शनिबार हामीले अर्की बुहारी भित्र्याएका छौं,’ वस्तीले भने । तर छोरा मनोहरले अर्को बिहे कहाँ र कोसित गरेको भन्नेचाहिँ वस्तीले बताएनन् ।स्रोत :कान्तिपुर
युबति फकाउने तरिका
२० वर्षको उमेरसम्म पनि तपाईं कोहि युवती संग डर मान्नु हुन्छ भने तपाईं साह्रै लजालु प्रवृत्तिको युवक हुनुहुन्छ भन्ने अनुमान गर्न सकिन्छ। सर्वप्रथम त तपाईंले बुझ्नुपर्ने कुरा के हो भने प्रेम गरेर हुने होइन, आफैं हुने कुरा हो। प्रेम आफै हुन्छ भन्दैमा चुप लागेर बस्दैमा प्रेम हुँदैन। प्रेम हुनका लागि सर्वप्रथम युवा-युवतीबीच परिचय हुनुपर्छ। त्यसपछि उनीहरूबीच एक-अर्काप्रति आकर्षण हुनुपर्छ। एक-अर्काप्रतिको आकर्षणले युवा-युवतीलाई एक-अर्काको आवश्यकताको तहमा लान सघाउँछ। आवश्यकताको तहमा पुगिसकेपछि एक-अर्काको हाउभाउ एवं शरीरको भाषाले युवा-युवतीबीच प्रेम छ कि छैन ? भन्ने कुरा बताइरहनुपर्दैन। कतिपय अवस्थामा युवा-युवतीहरू आफ्नो मित्रता र प्रेमलाई फरक परिभाषा दिएर बसेका हुन्छन्। तपाईंको हकमा सबैभन्दा पहिले आफ्नो मनबाट डर निकाल्नुहोस्, त्यसपछि आफूलाई मन परेकी युवतीसँग कुनै -आफ्नो साथी वा युवतीको साथी) माध्यमबाट मित्रता गाँस्नुहोस्। मित्रताका क्रममा ती युवतीले तपाईंका कुरालाई गम्भीरतापूर्वक मनन गर्न थालिन्, तपाईंसँग बढीभन्दा बढी समय बिताउने चाहना गर्न थालिन् भने सम्झनुहोस् ती युवती तपाईंप्रति आकषिर्त छिन्। त्यस्तो आकर्षणका बेला आफ्ना मनको कुरा व्यक्त गर्नुहोस्। तपाईंको समस्या समाधान हुनसक्छ।स्रोत ,, USNEPALNEWS
साउन १ देखि काठमाडौं उपत्यकाबाहिरका ३८ जिल्ला प्रशासन कार्यालयबाट राहदानी दिने Click Here


No comments:
Post a Comment