रमेश खतिवडा, दोलखा, साउन २- करोडौँ खर्चेर बनाइएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवेश मार्ग भत्किन थालेको छ। स्वदेशी ठेकेदारमार्फत् निर्माण गरिएको आयोजनाको प्रवेश मार्ग भत्किएपछि पुनर्निर्माणमा खर्च बढ्ने देखेर मुख्य ठेकेदार कम्पनीले आयोजनाबाट सडक बुझ्न आनाकानी गरेको हो।
दोलखा सदरमुकाम चरिकोटदेखि आयोजनास्थल लामाबगरसम्म ६८ किलोमिटर प्रवेश मार्गको सिङ्गटी–लामाबगर खण्ड यसअघि नै मुख्य ठेकेदार कम्पनीलाई बुझाइसकेको आयोजनाले दोलखा–सिङ्गटी खण्ड ४ दिनअघि गत असार ३० गते नै बुझाउन खोजे पनि कम्पनीले हालसम्म बुझ्न मानेको छैन्।
करिब ९५ करोड खर्च गरेर निर्माण गरिएको प्रवेश मार्गका दर्जनौं ठाउँमा पहिरो जानुका साथै सडकका अन्य संरचना भत्किएपछि मुख्य ठेकेदार चिनिया कम्पनी सिनो हाइड्रोले सडक बुझ्न आनाकानी गरिरहेको आयोजनाका एक अधिकारीले जानकारी दिए। ठेकेदार कम्पनीसगँको सम्झौतामा सिभिल संरचनाको काम सुरु गर्नुअघि स्वदेशी ठेकेदारले बनाएको सडक आयोजनाबाट बुझेर स्तरोन्नति र ढुवानी गर्न अनुकूल हुनेगरी सुधार गर्नुपर्ने उल्लेख छ।
स्वदेशी ठेकेदारमार्फत् ३ खण्डमा विभाजन गरेर निर्माण गरिएको प्रवेश मार्गको दोलखा–सिङ्गटी खण्डको धेरैजसो स्थानमा भत्किएको, पहिरो आएको र ग्राभेल भासिएर सडक बिग्रिएको भन्दै ठेकेदार कम्पनीले सम्झौताअनुसारकै मर्मत खर्चमा सडक बनाउन नसक्ने बताएको ती अधिकारीले जानकारी दिए। दोलखा सिङ्गटी खण्डमा मात्र ५१ करोड रकम खर्च भइसकेको छ।
सडक मुख्य ठेकेदार कम्पनीलाई गत १४ तारेखमा बुझाउने सम्झौता भए पनि कम्पनीले सोमबारसम्म सडक बुझ्न मानेको छैन्। परामर्शदातामार्फत् ठेकेदार कम्पनीले आयोजनालाई बुझाएको रिपोर्टमा हालैको वर्षातले करिब ५० स्थानमा गरेर ६० हजार मिटर क्युब गएको पहिरोले सडकका धेरैजसो संरचना ध्वस्त पारेको उल्लेख छ। आयोजनाका अधिकारीहरुका अनुसार कम्पनीले यसअघि जिम्मा लिएको सिङ्गटी लामाबगर खण्डमा समेत पहिरोले दुःख दिएको, संरचना भत्केर खर्च बढेको बताएको थियो। उसले सडकको अवस्था खराब भएका कारण ढुवानी गर्न समस्या भएको आयोजनालाई बताउँदै आएको छ।नागरिक
अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम (डिभी) २०१२ को नतिजा प्रकाशित
काठमाडौं, साउन १ (नागरिक)- अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम (डिभी) २०१२ को नतिजा प्रकाशित भएको छ। प्राविधिक गडबडीका कारण निर्धारित समयभन्दा झन्डै एक महिना ढिलो गरी नतिजा सार्वनजिक भएको हो।
अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गइ डिभिको नतिजा हेर्न इन्टरनेट एक्स्प्लोररको ब्राउजरले सपोर्ट गर्ने जनाइएको छ। निवेदकले डिभी भर्दाका बखत दिइएको १६ डिजिटको कन्फर्मेशन नम्बर, नाम थर तथा जन्ममिति राखेर डिभीको नतिजा हेर्न सक्नेछन्।
डिभीको नतिजा हेर्न यो लिङ्कमा क्लिक गर्नोस्
अनलाइन च्याटबाट लभ अनि बिबाहClick Here


No comments:
Post a Comment