हङकङ, श्रावण ३ - सत्तारुढ दल डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डिएबी) ले नेपालीका लागि रोजगारी भिसा फुकुवा गर्न पहल गर्ने भएको छ ।
डिएबी याउ ची मोङ जिल्ला कमिटी द्वारा आइतबार आयोजित चियापन तथा छलफल समारोहमा दलका नेताहरुले नेपाली समुदायका प्रतिनिधिहरु समक्ष उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । डिएबी हङकङ विधान परिषद्मा बेइजिङ समर्थक सबैभन्दा ठूलो दल हो । विधान परिषद्का अध्यक्ष तथा सभामुख स्याङ याक सिङको समेत सहभागिता रहेको कार्यक्रममा डिष्ट्रिक काउन्सुलर लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
नेपाली नागरिकहरुलाई रोजगारी भिसा फुकुवा गर्न राखिएको अनुरोध उपर परिषद्का अध्यक्ष सिङले केही दिनभित्रै अध्यागमनका उच्च अधिकारी, डिएबी पार्टी र नेपाली प्रतिनिधि समेतको सहभागितामा त्रिपक्षिय वार्ता गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालीका मुख्य समस्याहरुबारे स्थानीय सरकारलाई लिखित जानकारी गराउन समेत उनले सुझाएका छन् । प्रतिनिधिहरुले सभामुख समक्ष हङकङमा नेपालीको योगदानलाई अन्य मुलुक सँग नदाँज्न समेत अनुरोध गरेका थिए ।
ज्याला, सुविधा र सुरक्षाका दृष्टिकोणले हङकङ महिला घरेलु कामदारका लागि आकर्षक गन्तव्य मानिन्छ । तर बिग्रंदो राजनीतिक परिस्थिति र अवैध बसोबासको कारण देखाउँदै २०६२ जेठ देखि हङकङ अध्यागमन विभागले व्यापार, अध्ययन लगायत रोजगारी भिसामा एकैपटक रोक लगाएको हो ।
सरकार र स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले बारम्बार भिसा खुलाउने पहल गरेका भएपनि सुनवाई भएको छैन् । झन्डै तीन लाख घरेलु कामदार रहेको हङकङमा करिब छ सय नेपाली छन् । यहाँ घरेलु कामदारको न्यूनतम पारिश्रमिक प्रतिमहिना ३७ सय ४० हङकङ डलर (करिब ३७ हजार रुपैयाँ) तोकिएको छ ।
'भिसा बन्दसँगै कामदारहरुमा आर्थिक शोषण, दवाब र रोजगारी असुरक्षा बढेको छ,' नेपाललाई अन्य मुलुक सँग दाज्न नमिल्ने बताउदै सूदुर पूर्वी प्रवासी नेपाली संघ हङकङका प्रवक्ता ईन्द्र वनेमले भने, 'सत्तारुढ दलका जिम्मेवार नेताहरुका प्रतिबद्धताले सकारात्मक सन्देश दिएको छ ।'
लाखौंले रोजगारी पाउँदा पुर्खाले रगत पसिना बगाएको मुलुकमा स्वयं कामबाट वञ्चित हुनु विडम्बना भएको गैर आवासीय नेपाली संघका अध्यक्ष दुर्गा गुरुङले बताए । 'हाम्रा पुर्खाको योगदानको कदरस्वरुप पनि नेपालीलाई भिसा खोलिनुपर्छ,' उनले भने ।
पछिल्लोपटक भिसा खुलाउने पहल गर्न नेपालबाट पुगेका सरकारी प्रतिनिधिहरु सँगको कुराकानीमा हङकङ अध्यागमनले अबैधानिक बसोबासहरुको संख्या घटे सो बारे पुर्नविचार गर्न सकिने बताएको थियो । करिब दुई वर्षअघि श्रम तथा यातायात व्यबस्था मन्त्रालयका सह-सचिव पूर्णचन्द्र अधिकारीको नेतृत्वमा छ सदस्यीय टोली यहाँ आएको थियो ।
त्यसपछि भने सरकारका तर्फबाट यससम्बन्धी कुनै पहल भएको छैन् । आइतबार आयोजित छलफल कार्यक्रममा समेत नेपाल सरकारका तर्फबाट कोहीपनि सहभागी थिएनन् । सत्तारुढ दल डिएबीले नेपाली समुदायकै अगुवाईमा भिसा सम्बन्धी मुद्दालाई अगाडि बढाउन गरेको पहललाई अत्यन्तै सकारात्मक बताइएको छ ।
प्रकाशित मिति: २०६८ श्रावण ३ .१२:०० कन्तिपुर
तस्बिर अफै बोल्छ
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवेश मार्ग भत्किन थाले पछि हालसम्मठेकेदार कम्पनीले आयोजनाबाट सडक बुझ्न मानेको छैन्। Click Here
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
तारादेवी बस्नेत दोलखा, जेठ १३ – भूकम्पपीडितका आवास निर्माणको लागि सहयोग गर्न खटिएका इन्जिनियरहरु २०७२ बैशाख २८ गतेदेखि गाउँमा छन् । दोलखा...
-
दोलखाको सेरोफेरो, चैत्र ७, दोलखा । गत फागुन २७ गते शुक्रबारदेखि लागू गरिएको नयाँ स्थानीय तहको कार्यान्वयनले दोलखाको क्षेत्रफल पनि वृद्धि...
-
अति प्रभावित वर्ग 'क' को फारम प्रभावित बर्ग 'ख' को फारम न्यून प्रभावित बर्ग 'ग' को फारम उक्त आआफ्नो वर...
-
भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा गोरखा। शुक्रवार प्रकासित प्रवेशिका परिक्षा अर्थात एसएलसीको परिक्ष...
-
चरिकोट- भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सेनाको एक टोली दोलखा आउने भएको छ । नेपाली सेनाको रणभीम गण चरिकोटका अनुसार सुन्...



No comments:
Post a Comment