Wednesday, July 20, 2011

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिन चोकमा यात्रुबाहक बसजुध्दा ३४ जना घाइते

रोशन शिल्पाका, भक्तुपुर, साउन ५- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिन चोकमा यात्रुबाहक बस एकआपसमा जुध्दा ३४ जना घाइते भएका छन्। गम्भीर घाइते भएकी दुखिनी देवीको पेटमा रड गाडिएका हुनाले उनलाई बीएन्डबी अस्पताल लगिएको छ।
काठमाडौं आउँदै गरको बा ३ ख ४६११ नम्बरको बसलाई विपरीत दिशातर्फबाट आइरहेको ५७६९ नम्बरको अरनिको सुपर एक्सप्रेस गाडीले ठक्कर दिएपछि बस दुर्घटना भएको थियो।



घाइतेको उपचार भक्तपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
 घर भत्किदा दुई जनाको मुत्यु
कास्की, श्रावण ४ - पोखरा-५ पस्र्याङ स्थित रातोमाटामा पहिरोले धक्का दिई घर भत्किदा दुई जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा ३० वर्षकी संगीता परियार र उनकी १० वर्षीया छोरि रितिका परियार रहेको प्रहरीले जनाएको छ । घटनामा २० वषिर्य रञ्जन परियार घाइते भएका छन् । उनको चरक अस्पतालमा उपचार भइरहेका छन् ।
मंगलबार राति दुई बजे घर पछाडीको ढिस्को खसेर धक्का दिएपछि घर भत्किएर उनिहरु पुरिएका हुन । सामान्य ब्लकले बनेको घर भिरालो ठाउँमा रहेकोले सामान्य पहिरोको धक्काले घर भत्किएको हुने सक्ने वडा प्रहरी कार्यालय बगरका प्रमुख भुवनेश्वर तिवारीले बताए । राति नै प्रहरीले शब निकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो ।
प्रकाशित मिति: २०६८ श्रावण ४ ०८:२२ kantipur


अरनिको राजमार्ग पहिरोले दैनिक अवरोध पुर्‍याउँदा आयात व्यापार प्रभावित

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, साउन ३- चीन जोड्ने एकमात्र स्थलमार्ग अरनिको राजमार्ग पहिरोले दैनिक
अवरोध पुर्‍याउँदा आयात व्यापार प्रभावित भएको छ। वर्षासँगै जाने पहिरोले दुई सातायता राजमार्ग दिनहुँ अवरुद्ध हुँदै आएको छ।
राजमार्गको २६ किलोमिटर लामो बाह्रबीसे–तातोपानी खण्ड पहिरोको चपेटामा परेको हो।

यो खण्डको कोदारी, १० किलो, डाक्लाङ, जुरो, ड्यामसाइट लगायत १० ठाउँमा नियमित ठूल्ठूला पहिरो गइरहेको छ। दैनिक ६–आठ घण्टा राजमार्ग अवरुद्ध भइरहेको छ। डोजर र प्रहरीको सहायतामा एउटा पहिरो पन्छाइ नसकिँदै अर्को पहिरो जाने गरेको छ। 'राजमार्गका प्रहरी यतिबेला पहिरो पन्छाउनमै व्यस्त हुनुपरेको छ'- जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकनारायण कोइरालाले भने।

यात्रु, व्यापारी, व्यवसायी, पर्यटक, स्थानीय बासिन्दा पहिरोको मारमा परेका छन्। आयात व्यापारमा प्रत्यक्ष असर पुगेको व्यापारीको गुनासो छ। 'पहिरोमा लामो समय फस्नुपर्दा सामग्री समयमै राजधानी पुर्‍याउन सक्ने अवस्था छैन'- नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष अर्जुन सापकोटाले भने। दैनिक ७०–८० कन्टेनर सामग्री राजधानी भित्रने गरेको जानकारी दिँदै उनले भने- स्याउलगायत् कृषिजन्य सामग्री बाटोमै कुहिने अवस्था छ।

माथिबाट खसेको पहिरोले सडकै ढाक्ने गरेको छ। बल्लतल्ल एकतर्फी खुलाइएको बाटोमा कन्टेनर जस्ता ठूला सवारी साधन जोखिम मोलेर गुड्ने गरेका छन्। 'हिलोमा चिप्लिएर कन्टेनर सिधै भोटेकोसीमा खस्छ। राम–राम जप्नुको विकल्प छैन'- व्यवसायी सापकोटा सुनाउँछन्। सडक विभागले यो राजमार्गको दोलालघाट–तातोपानी खण्डमा पहिरो पन्छाउन एक डोजर र एक लोडरको व्यवस्था गरेको छ। एउटामात्र डोजर भएकाले पहिरो पन्छाउन दिनभरजसो लाग्ने गरेको छ।

नेपाल–चीन व्यापारिक कारोबार हुने राजमार्गको पहिरो पीडा नयाँ नभएर पुरानै हो। हिउँदको समयमा प्रभावकारी मर्मत, सम्भार नहुँदा राजमार्ग वर्षेनी पहिरोको चपेटामा पर्ने गरेको छ। सडकको दायाँ–वायाँ लगाइएको हिलोको हिउँदमा उचित व्यवस्थापन नगरिँदा अर्को वर्षामा त्यसैले अवरोध पुर्‍याउने गरेको छ। आठ वर्षयता राजमार्गमा माथिबाट पहिरो खस्ने समस्या बढेको हो। पहिरोले नाला पुरिएका छन्। नाला व्यवस्थित नहुँदा सडकमा खोलै बग्ने गरेको छ। सडकमा नभएर नदीमा हिँडेको भान हुने व्यापारी बताउँछन्।

वर्षामा गएको पहिरो पन्छाएर सडक ट्रायक खोल्ने बाहेक दीर्घकालीन सुधारको पहल भएको छैन। राजमार्गमा गत वर्षामा गएको पहिरो जस्ताका त्यस्तै छन्। सरकारले राजमार्ग मर्मतका नाममा झारा टराइ मात्र गर्दै आएको छ। वर्षेनि नगन्य छुट्याउने बजेटले राजमार्ग सुधारमा कुनै प्रभाव परेको छैन। 'थोरै बजेट आउँछ। राजमार्गका खाल्डा टाल्न र बर्खामा पहिरो पन्छाउ नै पुग्दैन', राजमार्गको बन्देउ–तातोपानी खण्ड हेर्ने डिभिजन सडक कार्यालय दोलखाका प्रमुख इन्जिनियर उमाकान्त झाले नागरिकसँग भने। कार्यालयले दोलखा, सिन्धुपाल्चोक र रामेछाप तीन जिल्ला हेर्दै आएको छ।

झाका अनुसार गत वर्ष तीन जिल्लाका लागि ९९ लाख रुपियाँ बजेट निकासा भएको थियो। 'यति रकमले कति काम गर्न सकिन्छ ?', उनले उल्टै प्रश्न गरे। अरनिको राजमार्ग मर्मत शीर्षकमा सरकारले छुट्टै बजेट छुट्याउँदै आएकोमा गत वर्षदेखि काटिएको पनि उनले बताए। सडक विभागले राजमार्ग सुधारमा यतिसम्मको झारा टराइको नमूना प्रस्तुत गरेको छ कि गत वर्षामा पहिरो पन्छाउन १० लाख छुट्याएकोमा ३५ लाख रुपियाँ खर्च भएको थियो। पहिरो पन्छाउँदा लागेको २५ लाख रुपैयाँ ऋण डिभिजन कार्यालयले गएको हिउँदमा मात्र तिरको छ। साउन–भदौमा यो राजमार्गमा बढी पहिरो जाने गरेको छ।

हरेक सरकार परिवर्त नै पिच्छे यस क्षेत्रका व्यापारी व्यवसायी राजमार्ग सुधारको विषयलाई लिएर प्रधान मन्त्री र अर्थ मन्त्रीकोमा डेलिगेशन जाने गरेका छन्। 'सँधै आश्वासन पाइन्छ तर काम हुँदैन'- सिन्धुपाल्चोक उद्योग उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने। 'चीनसँग व्यापार हुने परम्परागत यो रुट कुनै पनि सरकारको प्राथमिकतामा परेन,' यो मार्ग भएर हुने आयात व्यापारबाट राज्यले वार्षिक ३ अर्व राजस्व सङ्कलन गर्दै आएको जानकारी दिँदै उनले आक्रोश पोखे।
नागरिक 19 जुलाइ

हङकङ (डिएबी) ले नेपालीका लागि रोजगारी भिसा फुकुवा गर्न पहल गर्ने भएको छ Click Here

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।