Wednesday, July 27, 2011

श्रीमती मारेर घरमा अगो लगाउने बृद्द पक्राउ


सोलुखुम्बु, साउन १२ (नागरिक)- सोलुखुम्बु, केरुङ-९ का दानुरी भुजेलले पत्नीको हत्या गरेर घरमा आगो लगाइदिएका छन्। ६० वर्षे भुजेलले ५६ वर्षे रिन्जी भुजेललाई दाउराले कुटेर मारेपछि भित्र राखेर घरमा आगो लगाएको प्रहरीले जनाएको छ।
३ दिनअघिको घटनापछि फरार रहेका भुजेललाई प्रहरीले मंगलबार अबेर जंगलबाट पक्राउ गरेको छ।



उनलाई म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक गोपाल गिरीले जानकारी दिए। पतिपत्नी मात्र बस्दै आएको घरमा झगडा भएको र पत्नीले दाउराले हानेपछि त्यसैले आक्रमण गरेको उनले स्वीकार गरेका छन्।

भुजेल दम्पतीका ७ छोरा भए पनि सबै जिल्ला बाहिर छन्।

तुइन चुडिदा बेपत्ता

चरिकोट (दोलखा), श्रावण ११ - दोलखाको उत्तरी गाविस लामावगर र गौरीशंकर सीमाना आवतजावत गर्न बनाइएको रोलवालिङ खोलाको तुइन चुडिँदा आमा-छोरी वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा गौरीशंकर ४ की अन्दाजी २५ वर्षीय बन्दना खड्कार उनकी डेढ वर्षीय छोरी गोमा खड्काछन् । गौरीशंकरबाट लामाबगरमा रहेको माइतीघर जाने क्रममा रोल्वालिङ खोलाको तुइन चढेर तर्दा चुँडिएर बेपत्ता भएको स्थानिय तिलक लामाले टेलिफोन मार्फत जानकारी दिए ।
उनीहरुको स्थानीय र जगतवाट पुगेको प्रहरीको टोलीले खोजी गरिरहेको छ ।


प्रकाशित मिति: २०६८ श्रावण ११ ०३:०१कान्तिपुर

कास्की जिल्ला अदालतबाट मात्र एक वर्षमै ३ सय ७५ सम्बन्ध विच्छेद.....'महिलाले सम्बन्ध विच्छेद् गर्नुका भित्री कारण अर्कै

व्यवसायीका अनुसार पतिले सम्बन्ध विच्छेद् गर्न चाहे गाउँ/नगरदेखि सिफारिस लिएर आउनुपर्छ भने अदालतमा पत्नीले मन्जुरी दिनुपर्छ। भित्री कारण अर्कै भए पनि धेरैजसो महिला सजिलोका लागि घरेलु हिंसाको बहाना लिएर सम्बन्धविच्छेदका लागि अदालत पुग्छन्।

मनोज अधिकारी, पोखरा, साउन ११- कास्की जिल्ला अदालतबाट एक वर्षमै ३ सय ७५ सम्बन्ध विच्छेद भएका छन्। आर्थिक वर्ष २०६७/०६८ मा कुल ४ सय २४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३ सय ७५ मुद्दा फर्छ्योट भएको जिल्ला अदालतले जनाएको छ। यो अघिल्लो वर्षभन्दा झण्डै ८० प्रतिशत बढी हो।

अघिल्लो आव २०६६/०६७ मा कास्कीमा २ सय ९८ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्योट भएको थियो।
आपसी बेमेल, शंकालु व्यवहार, घरेलु हिंसा, देश-विदेशको अलग बसाइलगायत कारणले सम्बन्ध विच्छेदका मुद्दामा वर्षेनी वृद्धि भइरहेको जिल्ला अदालतका स्रेस्तेदार सूर्यबहादुर थापाले जानकारी दिए। यीमध्ये कुनै पनि कारणसहित निवेदन लिएर पत्नी आए सजिलै सम्बन्ध विच्छेद हुने कानुनी व्यवस्था छ। यस्ता मुद्दा लिएर आउने अधिकांश महिला पढेलेखेका र प्रेम विवाह गरेका छन् ।

थापाका अनुसार सम्बन्ध विच्छेद जिल्ला अदालतमा दायर हुने मुद्दामध्ये सबैभन्दा बढी हो। गत वर्ष दर्ता भएका सम्बन्ध विच्छेदका ४९ मुद्दा फर्छ्योट हुन बाँकी छ। अघिल्लो वर्ष यसैगरी ६५ वटा मुद्दा फर्छ्यौट नभई सरेर आएका थिए। दुई वर्षअघि आव २०६५/०६६ मा ३ सय १६ निवेदनमध्ये २ सय ८९ वटा सम्बन्ध विच्छेद भएको थियो।

भित्री कारण अर्कै भए पनि धेरैजसो महिला सजिलोका लागि घरेलु हिंसाको बहाना लिएर सम्बन्धविच्छेदका लागि अदालत पुग्छन्। '८० प्रतिशत महिला घरेलु हिंसाका कारण देखाएर पतिसँग सम्बन्ध विच्छेद गर्न आउँछन्,' स्रेस्तेदार थापाले भने, 'बाँकीले खान-लाउन नदिएको, हेला गरेको, विदेशमा गएर नफर्किएको, अर्कै केटी लिएर हिँडेको जस्ता कारण देखाउँछन्।'

महिलाले कुनै पनि बहानामा निवदेन दिए उसको पति झिकाएर सजिलै सम्बन्ध विच्छेद हुने कानुनी व्यवस्था छ। यसले सानोतिनो कुरामै असमझदारी भए पनि पत्नीले चाहँदैमा तुरुन्तै सम्बन्ध विच्छेद भएको हो। कानुन व्यवसायीका अनुसार पतिले सम्बन्ध विच्छेद् गर्न चाहे गाउँ/नगरदेखि सिफारिस लिएर आउनुपर्छ भने अदालतमा पत्नीले मन्जुरी दिनुपर्छ।

पतिसँग छुट्टिएर अंश लिई स्वतन्त्र हुन, आफूखुसी विदेश जान, अर्कै युवकसँगै प्रेम वा घरजम बसाउन महिलाबाट सम्बन्ध विच्छेदका मुद्दा आउने गरेका छन्। 'महिलाले सम्बन्ध विच्छेद् गर्नुका भित्री कारण अर्कै भए पनि कानुनी सहजताको फाइदा उठाएर अधिकांशले कृत्रिम बहाना बनाउने गरेका छन्,' एक कानुन व्यवसायीले भने, 'यसरी सम्बन्ध विच्छेद गर्न आउन महिला अधिकांश प्रेम विवाह गरेका, छोराछोरीका आमा भइसकेका र २५ देखि ३५ वर्ष उमेर समूहका हुन्छन्।'

अदालतमा सम्बन्ध विच्छेदका कतिपय मुद्दा फर्जीसमेत आउने गरेका छन्। अंश तथा अन्य लेनदेनको व्यवहार मिलाउन र विदेश यात्रासम्मका अवसरका लागि नियोजित रुपमै यस्ता मुद्दा लिएर आउने प्रचलन पनि बढ्दो छ।

'वास्तविक कारण जेसुकै भए पनि सबै प्रक्रिया पूरा गरेर आएपछि अदालतले सम्बन्ध विच्छेद गराउनै पर्छ,' स्रेस्तेदार थापाले भने, 'पति-पत्नी यहाँ आएर सम्बन्ध विच्छेद गराउँछन् र ढोकैदेखि हात समातेर जान्छन्।'

छोरा बुहारीको निर्घात कुटाइबाट ५३ वर्षीय वृद्ध थला परेका छन्

रुकुम, साउन ११ -नागरिक)- घरपरिवारबाट अलग भएको १० वर्षपछि थप अंश माग गर्दै छोरा बुहारीको निर्घात कुटाइबाट ५३ वर्षीय वृद्ध थला परेका छन्। दक्षिणी रुकुमको मुरु-५ का वीरबहादुर खड्का उनकै जेठा छोरा नरेन्द्र र बुहारी शकुन्तलाको कुटाईबाट घाइते भएका हुन्।


घरमै वसिरहेको अवस्थामा सामान्य पारिवारिक विवादमा एक्कासी दाजुले लाठी र भाउजुले हँसियाले हानेको घाइतेका माइला छोरा बालारामले बताए। वृद्ध खड्काको टाउको र छातीमा गम्भीर चोट लागेको छ। उनको जिल्ला अस्पताल सल्लेको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ।

वृद्ध खड्का नेपाली कांग्रेस गाउँ इकाई समिति मुरुका सभापति हुन्। १० वर्ष पहिले नै सामाजिक रीतिअनुसार अंशवन्डा गरिएको बालारामले बताए।

मेरो पैारखमेरो गैारव मेरो दोलखा (केहि दोलखाका रमणिय फोटोहरू ) Click Here

रामेछापमा पजेरो पल्टदा 2 को मृत्यु click here  




 (कमाउनु छ दाम जोखिम छ काम)यू य यि को अबुधबिमा  एक सपिङमलको वालमा पेन्टिङ गर्दै मजदुर ।

  

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।