सिन्धुलीमाढी, साउन १४- हाडनाता करणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२ नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति ८ बजे यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा मृतक गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा आपतिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन्। आमाबाट यो खबर फैलिन भयले सीताले विष ल्याइ दिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।स्रोत नागरिक Click Here
|
Saturday, July 30, 2011
करणी गरी दिदीको हत्या
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
तारादेवी बस्नेत दोलखा, जेठ १३ – भूकम्पपीडितका आवास निर्माणको लागि सहयोग गर्न खटिएका इन्जिनियरहरु २०७२ बैशाख २८ गतेदेखि गाउँमा छन् । दोलखा...
-
दोलखाको सेरोफेरो, चैत्र ७, दोलखा । गत फागुन २७ गते शुक्रबारदेखि लागू गरिएको नयाँ स्थानीय तहको कार्यान्वयनले दोलखाको क्षेत्रफल पनि वृद्धि...
-
अति प्रभावित वर्ग 'क' को फारम प्रभावित बर्ग 'ख' को फारम न्यून प्रभावित बर्ग 'ग' को फारम उक्त आआफ्नो वर...
-
भुकम्पले चुडेर लगेको इन्दिराको एसएलसीमा डिस्टिङसन; परिवार झन पीडामा गोरखा। शुक्रवार प्रकासित प्रवेशिका परिक्षा अर्थात एसएलसीको परिक्ष...
-
चरिकोट- भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सेनाको एक टोली दोलखा आउने भएको छ । नेपाली सेनाको रणभीम गण चरिकोटका अनुसार सुन्...



No comments:
Post a Comment