दोलखा, श्रावण १३ - लगातारको वर्षाले क्षति बढ्दै गएपछि जिल्लाको उत्तरी क्षेत्रमा जनजीवन संकटग्रस्त बन्दै गएको छ । बाढीपहिरो र बढ्दो खहरे वारपार गर्ने समस्याले तिब्बती सीमावर्ती क्षेत्रका बासिन्दा संकटमा परेका छन् ।
वर्षाले पहिरो गई सडक अवरुद्ध भएपछि खाद्यान्न अभाव हुँदै गएको छ भने लामाबगर र खारेका १८ परिवार घर छाडेर ओडार र पालमुनि बसेका छन् । उत्तरको मुख्य बजार सिंगटीउताका करिब १० गाविस अधिक वर्षाका कारण विपतको उच्च जोखिममा छन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि बनेको सिंगटीउताको सडक दर्जनौं ठाउँमा अवरुद्ध छ । यातायात सञ्चालन हुन नसकेपछि दस गाविसका झन्डै ५० हजार बासिन्दा खाद्यान्न अभाव र प्रकोपको जोखिममा छन् । अभाव हुँदै गएपछि चामल, नुन, तेल, दाललगायत सबै वस्तुमा ३० प्रतिशतसम्म मूल्य वृद्धिले दैनिकी कष्टकर बनेको लामाबगर जगतका यादव आचार्यले बताए । सडकमाथिबाट पहिरो खसिरहेकाले भरिया र खच्चड हिँडडुल गर्न समस्या भएको उनले बताए । उच्च पहाडी र हिमाली इलाकामा उत्पादन कम हुनाले बाहिरकै खाद्यान्नमा भर पर्नुपर्छ ।
पहिरो र बाढीले आवातजावतमा कठिन परेको छ । यसले गौरीशंकर उच्चमाविमा विद्यार्थी संख्या पनि कम भएको छ । विद्यालय आउने क्रममा बुधबार यहीँकी छात्रा बन्दना खड्का तुइन चुँडिएर बेपत्ता भएपछि पठनपाठन ठप्प भएको आचार्यले बताए । दिनहुँ सयभन्दा बढी विद्यार्थी आउने बाटो सिस्नेरी भिरमा पहिरो चलिरहेकाले वारपार गर्न नसक्दा उताका विद्यार्थी पनि नआएको प्राचार्य कृष्णबहादुर खड्काले बताए । करिब १५ दिनअघि तिब्बती सीमावर्ती नेपाली गाउँ लामाबगरबाट खच्चडमा ढुवानी व्यवसाय गर्ने दुईलाई ह्वाङखोलाले बगाएर बेपत्ता पारेको थियो । आचार्यका अनुसार यस क्षेत्रमा यो पटक धेरै पानी परेकाले क्षति पनि बढेको हो ।
तिब्बत जोड्ने सिंगटी-लामाबगर सडकका ग्याबिन बग्दै बस्ती छोप्ने डरले लामाबगर छेछ्योतका १३ परिवार गौरीशंकर ४ स्थित किन्जुङ ओडारमा आश्रय लिइरहेका छन् । उनीहरूलाई खानेपानी र खानाको समस्या पर्दै गएको लादुकका नवराज केसीले जनाए । यी परिवारलाई माथिल्लो तामाकोसीले सुरक्षित ठाउँ नयाँ घर बनाइदिने योजना ढिलासुस्तीले उनीहरूले संकटग्रस्त दैनिकी गुजार्नुपरेको केसीले बताए । तामाकोसी आयोजना प्रमुख मिग्रेन्द्रबहादुर श्रेष्ठले उनीहरूबीच नै उपभोक्ता समिति बनाएर करिब ६५ लाखको घर निर्माण परियोजना दिएको र विस्थापितलाई प्रतिमहिना क्षतिपूर्ति रकमसमेत दिइरहेको बताए ।
लामाबगरसम्म बन्दै गरेको सडक सञ्चालनका लागि कामको जिम्मेवारी लिने चाइनिज कम्पनी सिनो हाइड्रोलाई बारम्बार निर्देशन जारी गरेको पनि उनले जनाए । करिब महिना दिनदेखि सिंगटीउता यातायात चल्न सकेको छैन । मानिसलाई हिँड्नै जोखिम छ । सिनोले सडक खुला गरी नियमित यातायात सञ्चालन गर्न तामाकोसी आयोजनासँग रकम असुले पनि सम्झौताअनुसार प्रगति हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
उत्तरकै खारे ४ का पाँच परिवार घर पहिरोले तान्न थालेपछि छिमेकीको बारीमा अस्थायी गोठ बनाएर बसेका छन् । स्थानीय गोकर्ण जोशीका अनुसार पहिरोले कुनै पनि बेला घर बग्न सक्ने हुँदा ज्यान जोगाउन घर छाडेका हुन् । प्राकृतिक विपतमा नेपालकै उच्च जोखिम मानिएकाले यस क्षेत्रमा संयुक्त राष्ट्रसंघ (यूएनडीपी) ले विपत न्यूनीकरण कार्यक्रम पनि लागू गरेको थियो ।स्रोत कान्तिपुरClick Here
विश्वकप छनोटमा नेपालको शानदार जीत
काठमाडौं, साउन १२ (नागरिक)- नेपालले आयरल्यान्डमा बिहीबार सुरु आइसिसी यु-१९ विश्वकप छनोट शृंखलामा अफगानिस्तानलाई ४२ रनले पराजित गरेको छ। योसँगै नेपालले फेब्रुअरीमा थाइल्यान्डमा एसिसी यु-१९ इलाइट कपको फाइनलमा अफगानिस्तानसँग पाएको ६१ रनको पराजयको बदला लिएको छ।
'सुरुआत हामीले जुन हिसाबले गर्यौं, त्यो अनुसार ब्याटिङ गर्न सकेनौं। मध्यपंक्ति फेरि चल्न सकेन। तर बलिङ र फिल्डिङ हाम्रो निकै उत्कृष्ट रह्यो,' नेपालका प्रशिक्षक जगत टमाटाले टेलिफोनमा नागरिकसँग भने,'राहुल बलिङ गर्न आएपछि खेल एकाएक परिवर्तन भयो।' टमाटाले नेपाली खेलाडी आयरल्यान्डको चिसो मौसममा भिज्न अझै समय लागिरहे पनि त्यहाँ रहेका नेपाली समर्थकको न्यानो अभिवादनले खेलाडीलाई राम्रो खेल्न हौस्याएको बताए। बिहीबार डब्लिनको तापक्रम १२ डिग्री थियो। नेपालको विजयपछि त्यहाँ रहेका झन्डै २ सय समर्थक खुशी मनाउन मैदानमा प्रवेश गरेको क्रिकइन्फोले जनाएको छ।
ओपनरद्वय सुवास र फैजलुर रहमानले ९ ओभरमा ५४ रन जोड्दै सानदार सुरुवात दिलाए। फैजलुर आउट भएपछि यो साझेदारी टुटेको थियो। म्यान अफ द म्याच सुवासले ९४ बलको सामना गरी ५ चौकासहित ५४ रन बनाए। उनी २९औं ओभरमा छैटौं खेलाडीका रूपमा आउट हुँदा नेपालको खातामा १ सय ९ रन थियो। फैजलुर ३१ बल खेली ४ चौकाको मद्दतले २६ रन बनाए।
सागर पुन ३ र नरेश बुढाऐर ११ रनमात्र बनाउन सके। पृथु पहिलो बलमा आउट भए। मुख्य आशा गरिएका प्रदीप ऐरी २ रनमा रनआउट भए। राजेश पुलामीले २० र राहुलले १० रन बनाएपछि नेपालले १ सय ५० रन पार गरेको थियो। कृष्ण कार्की र अविनाश कर्ण २-२ रनमा आउट भने भुवन कार्की ७ रनमा अविजित रहे।
अविनाशले पहिलो ओभरमै जावेद अहमादीलाई आउट गरी नेपाललाई पहिलो आशा दिलाए। दोस्रो विकेट लिन नेपालले १९औं ओभर पर्खनुपर्यो। त्यतिखेर अफगानिस्तानले ५७ रन जोडिसकेको थियो। राहुलले अफगाती कप्तान शिर सिरजाईलाई २१ रनमा कट एन्ड बोल्ड गरे। देब्रेहाते स्पिनर राहुलले नाजिबुल्लाह जारदान (५) लाई आउट गरे।
६६ रन बनाउँदा अफगानिस्तानले ५ विकेट गुमाइसकेको थियो। अफ स्पिनर पृथुले एकै ओभरमा २ विकेट लिई नेपाललाई विजयको बाटो देखाए। त्यसपछि राहुलले २ विकेट थपे भने मध्यम गतिका बलर कृष्ण कार्कीले २ विकेट लिए। राहुलले ७.५ ओभरमा २३ रन खर्चे भने पृथुले १० ओभरमा २ मेडन राख्दै २२ रन खर्चे।
राउन्ड रोबिन लिगका आधारमा खेलाइने १० राष्ट्रसम्मिलित प्रतियोगितामा शीर्ष ६ टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने यु-१९ विश्वकपमा छनोट हुने प्रावधान छ। नेपालले शुक्रबार स्कटल्यान्डको सामना गर्नेछ।
अफगानी खेलाडीविरुद्ध नेपाली दर्शक नेपालको इनिङ समाप्त भएपछि अफगानिस्तानका तीब्र बलर अफताब आलम नेपाली दर्शकसँग झगडा गर्न गएका थिए। नेपाली टोलीको समर्थन गरिरहेका अवस्थामा आलम नियन्त्रण गुमाउँदै उनीहरूमाथि जाइलाग्न गएको प्रशिक्षक टमाटाले बताए। नेपाली टोली नै गएर त्यो झगडा छुटाएको टमाटाले बताए।
रोलवालिङ खोलाको तुइन चुडिँदा आमा-छोरी वेपत्ता Click Here
![]() |
| असम्भव दुनियामा केही छैन यो फूल अरबदेश (युएयी को अबुधबि)मा बालुवा माथि माटो राखेर उमारिएको हो। |
![]() |
| (Jordan witnessed the rich wedding ceremony of Prince Rashid, the only son of the former Jordanian Crown Prince Hassan bin Talal) अजा |



No comments:
Post a Comment