Saturday, July 30, 2011

पहिरोका कारण अप्पर तामाकोसि लगायत७ वटा विद्युत् आयोजनाको काम प्रभावित

रमेश खतिवडा, दोलखा, साउन १४- अविरल वर्षाका कारण गएको पहिरोले सडक अवरुद्ध पारेपछि दोलखाको उत्तरी भेगमा बन्दै गरेका माथिल्लो तामाकोशीसहित ७ वटा विद्युत् आयोजनाको काम प्रभावित भएको छ। दोलखा–सिङ्गटी–लामाबगर सडकको विभिन्न भागमा गएको पहिरोका कारण ती आयोजनाका ढुवानीलगायत्का काम रोकिएका छन्।



सडक अवरुद्ध हुँदा गौरीशङ्कर गाविसमा निर्माणाधीन १० मेगावाटको सिप्रिङखोला जलविद्युत् आयोजनाका लागि सामान लिएर आएका २० वटा कन्टनेर भ्यान बीच बाटोमै अलपत्र परेका छन्।

आयोजनाको हाइड्रो मेकानिकल सामान लिएर आएका कन्टनेर एक हप्तादेखि बीच बाटोमै रोकिएका हुन्। सिनर्जी पावर कम्पनीद्वाधारा निर्माणाधीन आयोजनाका लागि सामान लिएर आएका ती कन्टेनर हिलाम्मे र अवरुद्ध भएका कारण जान नसकेपछि दोलखा बजारमा रोकिएका हुन्। यता सडक भरी पहिरो र वर्षातले सडक हिलाम्मे पारेर क्षति पुर्‍याएपछि माथिल्लो तामाकोशी आयोजनाको मुख्य ठेकेदार चिनिया कम्पनी सिनो हाइड्रोले केही दिनदेखि ढुवानी रोकेको छ। कम्पनीले केही दिनअघि २ दर्जन कन्टेनर भ्यान आयोजना स्थल पुर्‍याए पनि बिष्फोटक पदार्थसहित अन्य उपकरण र सामग्री ढुवानी केही दिनदेखि रोकेको छ।

उता वर्षातले मार्बु, चङ्खु, सुरी र खारे गाविसमा निर्माणाधीन ५ वटा विद्युत् आयोजनाका लागि निर्माण भइरहेको सडकको कामसमेत प्रभावित भएको छ। यो क्षेत्रमा मात्र ५ वटा आयोजनाबाट १५० मेगावाट बिजुली उत्पादन हुँदैछ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको दोलखा–सिङ्गटी ३५ किलोमिटर र सिङ्गटीदेखि उता लामाबगरसम्म २८ किलोमिटर सडक स्वेदेशी ठेकेदारबाट चिनियाँ ठेकेदारलाई हस्तान्तरण गरे पनि सडकमा सुधार आएका छैन्। मुख्य ठेकेदार चिनिया कम्पनीले जिम्मा लिए लगतै वर्षातले बिगारेको सडक सुधार्ने सम्झौताबमोजिम चिनियाले अहिलेसम्म काम सुरु गरेको छैन्। दोलखा–सिङ्गटी सडकको कुथली खोला, कटुवा चौर, सुनखानी, लामिडाँडालगायतका सडक खण्डमा पहिरोले अवरोध पुर्‍याएपछि केही दिनयता सो सडक खण्डमा यातायातका साधन नियमितरुपले चल्न सकेका छैनन्।

यता तामाकोशी आयोजनाका सिभिल महाशाखा प्रमुख मधुसुदनप्रताप मल्लले चिनिया कम्पनीलाई सडक बुझाइसकिएको र उसले यही हप्ताभित्र सडक सुचारु र्ग्ने बताए। “लोडर लगेर हिलो फाल्ने, गएको पहिरोलाई नचलाई सडक खोल्ने र पानी कटाउन प्रत्येक किलोमिटरमा एक जना मजदुर राखेर तत्काल सडक सुचारु र्ग्ने सहमति भएको छ”, उनले भने– सायद सोमबारबाट ठेकेदारले काम सुरु गर्नेछ। नागरिकClick Here



करणी गरी दिदीको हत्या Click Here


culture of  Dolakha
 
                                                        (from kendra jyoti  khada )

maithan  mandir ----sigati to  laduk


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।