Tuesday, August 2, 2011

चरिकोटमा मार्बलले च्यापिएर एक युवकको आज बिहान मृत्यु

रमेश खतिवडा, दोलखा, साउन १७- भीमेश्वर नगरपालिका १, चरिकोटमा मार्बलले च्यापिएर एक युवकको आज बिहान मृत्यु भएको छ। रामबहादुर श्रेष्ठको घरमा बा २ ख ३७९५ नम्बरको कन्टेनर भ्यानले बोकेको मार्बल ओसार्ने क्रममा चयापिएर मृत्यु भएको हो। 


प्रहरीका अनुसार मर्नेमा सप्तरी सुस्वाभेली गाविस ६ घर भएका अन्दाजी वर्ष ३० का उपेन्द्र साह रहेका छन्।
प्रहरीले भ्यानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्दैछ।
स्रोत नागरिक Click Here


कक्षा कोठामा विद्यार्थीले मोबाइल प्रयोग गरे जफत हुने

 दालमोठ, चाउचाउ, कुरकुरे खाजामा निषेध-भक्तपुर, साउन १७- शिक्षा विभागले कक्षाकोठामा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। शिक्षकहरुको गुनासोपछि अबदेखि विद्यालय र कक्षा कोठामा विद्यार्थीले मोबाइल प्रयोग गरे जफत गर्न शिक्षा विभागले निर्देशन दिएको छ। यसैगरी विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्याकिङ गरिएका जङ्क फुडहरु तथा सुख्खा केमिलकयुक्त खाद्य पदार्थहरुको प्रयोगमा समेत प्रतिबन्ध लगाइएको छ।
विद्यालयमा हुने शिक्षण सिकाइलाई प्रभावकारी एवम् गुणस्तरीय बनाउन मोबाइल प्रतिबन्ध लगाएको शिक्षा विभागका महानिर्देशक डा.लवदेव अवस्थीले बताए।

विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने किसिमका अजिनोमोतो मिसिएका दालमोट, चाउचाउ, चिजबल र कुरकुरेजस्ता प्लास्टिकमा प्याकिङ गरिएका जङ्क फुडहरु तथा सुख्खा केमिकलयुक्त खाद्य पदार्थहरु दिवाखाजाको प्रयोगमा समेत निषेध गरिएको छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने किसिमका घरमा बनाइएका खाद्य परिकार दिवाखाजाका रुपमा प्रयोगमा ल्याउन सबै विद्यालयलाई शिक्षा विभागले निर्देशन दिएको हो। रासस


सहोदर दाइले आफ्ना भाइ, बुहारी र भतिजीको सामूहिक हत्या

उपेन्द्र लामिछाने, वीरगन्ज, साउन १७- सर्लाहीमा सहोदर दाइले आफ्ना भाइ, बुहारी र भतिजीको सामूहिक हत्या गरेका छन्। अंश विवादमा झगडा हुँदा पडरिया-९ शिवनगरका राजेन्द्र साहले सोमबार राति १२ बजे ४० वर्षीय भाइ रामेश्वर, ३२ वर्षीया गर्भवती सुरकीदेवी र १० वर्षीया खुस्बुको हत्या गरेको प्रहरीले जनाएको छ।  
सुरकी देवी ६ महिनाकी गर्भवती थिइन्। घटनास्थल सदरमुकाम मलगंवाभन्दा करिब २० किलोमिटर पश्चिममा पर्छ।

एकै घरमा बस्दै आएका दुई भाइबीच अदालमा अंश मुद्दा चलेको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए। करिब ५ बिग्हा जमिनको मुद्दाको पेशी आगामी २२ गते रहेको जानकारी आफूले पाएको जोशीले बताए। भाइको परिवारको हत्याको लागि राजेन्द्रले आफ्ना दुई छोराको समेत सहयोग लिएको देखिन आएको प्रहरीले बतायो।

घटनापछि राजेन्द्रले शव घिसारेर नजिकैको लखनदेवी खोलामा फालेका थिए। उनको पूरै परिवार फरार छ। प्रहरीले लखनदेवी खोलाभन्दा १ घन्टा तल सुन्दरपुर भन्ने ठाउँमा मंगलबार बिहान सुरकी देवीको शव फेला पारेको छ। जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक मुक्ति चौधरीको नेतृत्वमा प्रहरी टोली उक्त शव भएको स्थानमा पुगेको छ। 'अन्य शव अझै भेटिएको छैन', प्रहरी उपरीक्षकले भने- 'खोलामा बाढी आएकाले फेला पार्न समस्या भएको छ।'
हत्यापछि फरार रहेका राजेन्द्र साह र उनको परीवारको खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ।

हङकङमा नेपालको लागि रोजगार भिसा खुल्ने बारे विषेस पहलClick Here
यो  मन त नेपालि हो (मकवानपुरको पालुङ )

  

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।