Wednesday, August 3, 2011

प्रेम बिबादको कारण कक्षा कोठा भित्रै प्रेमि प्रेमिका दुबैले बिष सेबन ,प्रेमिको मृत्यु प्रेमिका बेहोस

काभ्रे , श्रावण १८ - पनौतीस्थि काभ्रे उच्चमाविको कक्षा कोठाभित्र पनौती वडान ४ बस्ने सरोज थापा मृत अवस्थामा भेटिएका छन् । सोही विद्यालयमा कक्षामा ११ मा अध्ययनरत पनौती ५ की आस्था श्रेष्ठ अचेत अस्थामा भेटिएकी छिन् ।


 उपचारका क्रममा सिरमेमोरियल अस्पताल लैजाने क्रमममा थापाको बाटोमा मृत्यु भएको हो । थापा र श्रेष्ठवीच प्रेम विवाद हुंदा दुबैले विष सेवन गरेको पहरीले जनाएको छ । श्रेष्ठको अवस्था पनि चिन्ताजनक छ ।स्रोत कान्तिपुरClick Here



खुकुरी प्रहारबाट श्रीमती र काकीको हत्या

पर्वत, श्रावण १८ - पर्वतको लिमिठाना गाविसमा मंगलबार साँझ खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । वडा नम्बर ९ स्थित भक्तबहादुर भण्डारीले मदिरा सेवन गरी श्रीमति मिना र काकी हरिकला भण्डारीको हत्या गरेका हुन् ।
घट्नामा संलग्न भण्डारीलाई गाउँलेले कुर्घा गाविसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै आमा धनसरी र मृतक हरीकलाकी बुहारी पबित्रा भण्डारी घाईते भएका छन् । घाईतेको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय स्वाथ्य चौकीमा उपचार भईरहेको प्रहरी निरीक्षक ज्ञानबहादुर सेटीले बताए । घाइतेको चिउंडो, हात र मुखमा चोट लागेको छ ।
सेटिले प्रहरी निरीक्षक वीजयराज पण्डितको टोली घट्नास्थल तर्फ गएको र हत्याकोकारण खुल्न नसकेको बताए । घट्ना घट्नसाथ सयौं गाउंलेको भिड लागेको र पक्राउ परेका अभियुक्तलाई फलेवास चौकीबाट सदरमुकाम ल्याउन लागिएको प्रहरीले जनाएको छ । कान्तिपुरबाट Click Here

बुहारीले लुकाई राखेको सासुको लाश फेला पर्‍यो

सर्लाही, श्रावण १८ - बुहारीले केहीदिन अघि हत्या गरि घरपछाडी लुकाई राखेको सासुको लाश बुधबार प्रहरीले फेला पारेको छ ।
बसन्तपुर गाबिस,९ की ५५ बर्षीया फुलेश्वरीदेवी साहको उनकी बुहारी २० बर्षीया सहेलीदेवीले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा सहेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
सहेलीले केहीदिन अघि सासुको हत्या गरि घरपछाडीको मल थुपार्ने स्थानमा लुकाएको स्वीकारेकी छिन् । प्रहरी उपरीक्षक मोहनराज जोशीका मृतकका लोग्ने रामचन्द्र साह र उनको छोरा भारतमा काम गर्ने भएकाले घरमा सासु बुहारीमात्र थिए । हत्याको कारण भने खुल्न सकेको छैन् ।
प्रकाशित मिति: २०६८ श्रावण १८ ०२:०२ कान्तिपुर बाट Click Here
पालुङमा गोलभेडा टिप्दै 1 किसान


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।