गुलरिया- संयुक्त परिवारमा बस्ने चलन हराउँदै गएका बेला बर्दियामा भने ४० जनाको एउटै परिवार पुस्तौदेखि सगोलमै बस्दै आएको छ ।
गुलरिया नगरपालिका ५ बेचैपुरका ७० वर्षे होलिराम थारूको परिवार चार पुस्तादेखि सँगै बस्दै आएको हो । उनीहरूको एकार्कामा मिल्न सक्ने खुबी देखेर गाउँले पनि छक्क पर्छन् । घरमा झगडा भए पनि सबै परिवार मिलेर तत्कालै समाधान गर्छन् ।
यो परिवारमा होलिरामपट्टीका चार छोरा, तीन बुहारी र पाँच नाति छन् । उनका चार छोरी भने बिहे गरेर श्रीमानको घरमा गइसकेका छन् । होलिरामकी श्रीमती तीन वर्षअघि बितिसकेकी छन् । उनका दुई भाइ कांग्रेस र जांग्रेसपट्टीका परिवार पनि सँगै बस्छन् । भाइ कांग्रेसका श्रीमतीलगायत तीन छोरा, दुई बुहारी, दुई नाति र दुई छोरी, तीन नाति र एक नातिनी छन् भने जांग्रेसका पनि श्रीमती, दुई छोरा, एक बुहारी, तीन छोरी, एक नाति र एक नातिनी छन् ।
थारूका छोरा सीतारामले परिवार ठूलो भए पनि एउटै भान्सामा साँझ र बिहान गरी दिनमा ३० किलो बढी चामल पाक्ने गरेको बताए । तर पाहुुना आउँदा सहायक भान्सा प्रयोग
गरिन्छ । उनले घरपरिवारका थुप्रै इष्टमित्र भएकाले जसका पाहुुना आउँछन्, उसकै भान्सा प्रयोग हुने बताए । पाहुुनाका लागि सहायक भान्सामा माछामासु पकाउँदा घरमा सरसल्लाह हुने गर्छ ।
खान पकाउन दुई महिनामा पालो पालो बुहारीले सघाउने गर्छन् । भाइ बुहारी सुन्दरीयाका अनुसार ठूलो परिवार भएकाले खाना पकाउन एकै पटक चार घन्टा लाग्छ । सुत्नका लागि उनीहरूका तीन घर छन् ।
घरमुली थारूका अनुसार प्रायःजसो एक/दुई जना पाहुुना नआएको दिनै हुँदैन । परिवारमा मासु खान चाड पर्व कुर्नुपर्ने हुन्छ । परिवार ठूलो भएका कारण ५/१० किलो मासुले पुग्दैन । 'करिब २५ किलो मासु एक छाकमा चाहिन्छ,' होलिरामका माइला भाइका छोरा कालीरामले भने । खसीको भन्दा बंगुर त्यसपछि कुखुराको मासु मन पराउने धेरै सदस्य छन् ।
परिवारको मुख्य आम्दानीको स्रोत भनेकै खेतीपाती हो । थारूको जम्मा ६ विघा जग्गा छ । ६ विघा जग्गाले वर्ष दिन पनि खान नपुगेकाले अरूको जग्गा बटैया गरेको उनले बताए । थारूका परिवारमा कोही पनि जागिरे छैनन् । घरमा राखेको पसलबाट केही घर खर्च टर्ने गरेको उनीहरू बताउँछन् । वर्षमा एक पटक सबैका लागि कपडा खरिद गर्छन् । त्यसरी खरिद गर्दा करिब ६० हजार रुपैयाँ खर्च हुने उनीहरूको दाबी छ । पुरानो पुस्ताले लेखपढ नगरे पनि नयाँ पुस्ताका झन्डै दुई दर्जन बालबालिका पढ्न जाने गरेका छन् । 'केटाकेटी बढी भएकाले साँझ सबैलाई एकै ठाउँमा राखेर गन्नुपर्छ', होलिरामकी आफ्नै बुहारी सुष्माले भनिन् । गत फागुनमा जिल्लाको गोला गाविसबाट विवाह गरी आएकी उनी कक्ष्ाा १२ मा पढ्छन् ।
प्रकाशित मिति: २०६८ श्रावण १५ १०:१०कान्तिपुरबाट Click Here महिलाले हलो जोतेको कारण परिवारलाइ नै समाजबाट बाहेक
१८ साउन, नुवाकोट । हलो जोत्दै आएका श्रीमान् कृष्ण कार्की खुट्टामा चोट लागेर ओछ्यान परेपछि खेतमा धान रोपाईं गर्न जोत्ने मान्छे नभएपछि आफैले हलो जोतेकी भन्दै नुवाकोटमो पिपलटारको तुलसा कार्कीको परिवारलाई पानीसमेत नचल्ने गरेर छिमेकीले बहिष्कार गरेका छन् ।
तुलसा कार्कीले आफ्नो खेतमा गएको साता हलो जोतेर रोपाई गरेकी थिइन ।
तुलसाले हलो जोतेको देखेपछि मेलामा आएका छिमेकीबाट कार्कीको परिवार बहिष्कार गरेको स्थानियले समेत स्वीकार गरेका छन ।
तुलसाले हलो जोतेको देखेपछि मेलामा आएका छिमेकीबाट कार्कीको परिवार बहिष्कार गरेको स्थानियले समेत स्वीकार गरेका छन ।
कार्कीले मैले हलो जोतेको भन्दै तेरो जात गयो भन्दै मेलामा काम गरिरहेका गाउँलेहरु पनि हिँडेको दुखेको गरेकी छिन ।
त्यसपछि गाउमा चलोको जातीय भनौदाहरुले तैले छोएको पानी समेत खान नमान्दै बहिस्कार गरेको बताइन ।
तुलसाले हलो जोतेको डेढ साता बित्दा पनि गाउँलेहरुले उनीसहित परिवारलाई सामूहिक काम र खानपानमा बहिष्कार गरेको बताएकी छिन ।
उनले आफूले गएको ६ गते हलो जोतेको र त्यस पछि विस्तार्रै गाउलेनै खनिएर आफ्ना घरमा नआएको र बाहिर तिर जादा समेत छि-छि र दुर-दुर गरेको बताएकी छिन ।
गाउलेहरुले तुलसालाई अहिले अरुको मेलामा जाँदा नछो भन्दै टाढै राखेर खाजा वानी खुवाउने गरेका छन ।
यस घटनाको बरेमा बुझ्दा स्थानीय राजनीति दलका नेता तथा प्रहरीले भने थाहा नभएको बताएका छन ।
य![]() |
| थाइलेन्डको बैङकक्मा सजावटको लागि बनाइएको बाइक |

No comments:
Post a Comment