काठमाडौ, भाद्र ६ - नेपाली कामदार लैजान दक्षिण कोरियाले लिएको कोरियाली भाषा परीक्षामा १५ हजार २ सय ९८ जना उर्तिर्ण भएका छन् । कोरियाले साउन ६ र ७ गते लिएको भाषा परिक्षाबाट यी व्यक्तिहरु पास भएका हुन । भाषा परीक्षामा ५० हजारले दिएका थिए ।
पास भएकामध्ये १३ हजार २ सय ९८ जना उत्पादनमुलक क्षेत्र र २ हजार जना कृषि क्षेत्रका लागि छनोट भएका श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरी पुस्कर कर्णले बताए ।
कोरियाले यी कामदारलाई सन् २०१२ मा कामदार लैजाने योजना बनाएको छ । नेपाली कामदार रोजगारदाता कम्प्नीले मनपराएको भन्दै कोरियाले नेपाली कामदारको कोटा बढाएको हो । भाषा परीक्षा लिदा उसले ७ हजार १ सय कामदार लैजाने बताएको थियो । रिजल्ट हेर्न ,,,, यहाँ क्लिक गर्नुस्। कान्तिपुरबाट
No comments:
Post a Comment