Saturday, August 6, 2011

प्रेम सफल नभयपछि प्रेम जोडी विद्यार्थीद्वारा कक्षा कोठामै आत्महत्या


प्रेम सफल नभयपछि एक प्रेम जोडी विद्यार्थीद्वारा प्रेम सफल नभयपछिको कक्षा कोठामै आत्महत्या –



काभ्रेको पनौतीस्थित काभ्रे उच्च माविका दुइ विद्यार्थीले कक्षा कोठा मै विष सेवन गरी आत्महत्या गरेका छन् । मृत्यु हुनेहरूमा सोही क्याम्पसमा कक्षा ११ मा पढ्ने आस्था गुल्लु तथा पनौती-४ का सरोज थापा रहेका छन् ।
विष सेवनपछि बेहोस भएका दुवैलाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याएपनि चिकित्सकले दुवैको मृत्यु भइसकेको जानकारी दिएका थिए । अस्पतालले विष सेवनका कारण उनीहरूको मृत्यु भएको बताएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


 दाजुको हत्या गर्ने भाइको पनि मृत्यु

खगेन्द्र अधिकारी, ताप्लेजुङ, साउन २१- साना नानीका निहुँमा सुरु भएको विवादले उग्र रुप लिँदा दाजुको हत्या गर्ने भाइको पनि मृत्यु भएको छ। उनलाई प्रहरीले घाइते अवस्थामै पक्राउ गरेको थियो। केटाकेटीको पिङ खेल्ने निहुँमा झगडा सुरु भएको थियो।
ताप्लेजुङको साँवा-९ बस्ने बस्ने ५६ वर्षका चन्द्रमहावीर साँवा ( लिम्बू )लाई बञ्चरो प्रहार गर्ने काकाका छोरा ४७ वर्षीय भाइ मनकुमार साँवाको पनि उपचार गर्न जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो। जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डाक्टर रेमकुमार राईले अस्पताल ल्याई पुर्‍याउनुअघि नै उनको मृत्यु भएको हुन सक्ने बताए।
उनले उपचारका लागि एम्बुलेन्सबाट झारी सक्दा नै उनको मृत्यु भइसकेको बताए। हत्या भएका चन्द्रमहावीरको शव जिल्ला अस्पतालको शव गृहमा छ भने उपचारका क्रममा मृतक घोषित गरिएका मनकुमारको शव भने प्रहरी माताहतमा रहेको पनि डाक्टर राईले जानकारी दिए। केटाकेटीको पिङ खेल्ने निहुँमा भएको झगडापछि बिहीबार राति भाइ मनकुमारले दाजु चन्द्रमहावीरलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।oनागरिकबाट Click Here


7अगस्ट2011बाट नेपालमा सार्बजनिक ठाउमा चुरोट खान प्रतिबन्ध खाएमा 100 जरिवाना

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।