Friday, August 5, 2011

दोलखाको मालपोतमा घुस लेनदेन गर्दा गर्दै दुबै पक्राउ

रमेश खतिवडा, दोलखा, साउन २०- जग्गा नामसारी गरिदिएवापत सेवाग्राहीसँग घुस लिँदै गर्दा दोलखा मालपोत कार्यालयका खरिदार शिवप्रसाद पनेरु रङ्गेहात पक्राउ परेका छन्। उनलाई घुस खुवाउने ६० वर्षीय डबलबहादुर श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।




बाबु धनबहादुरको मृत्यु भइसकेको र भाइ तिलकबहादुर बेपत्ता भएको भन्दै डबलले २०६५ चैत १६ मा उनीहरुको नाममा भएको जमिन आफ्नो नाममा गर्न निवेदन दिएका थिए। तर जति पटक धाए पनि कारबाही अघि नबढेपछि सदरमुकाम चरिकोटमा होटल व्यवसाय गर्दै आएका मिङ्गुर शेर्पामार्फत् डबलले उनलाई यो काम गर्नका लागि घुस ख्वाएका थिए।
५ सय रुपियाँबाट बार्गेनिङ सुरु भएको र २००० रुपियाँमा कुरो मिलेपछि घुस दिएको डबलले बताए। उनीहरुले खरिदारलाई बाहिर बोलाएर पैसा दिएका थिए भने त्यतिबेलै पत्रकार र मालपोतका हाकिमलाई पनि खबर गरेका थिए।
अहिले उनीहरु दुवै जनालाई अनुसन्धानका लागि भन्दै जिल्ला प्रशासनको आदेशमा प्रहरीले नियन्त्रणमा लिएको छ। खरिदार पनेरुले भने आफूलाई फसाउने सुनियोजित षडयन्त्रअन्तर्गत जबर्जस्ती पैसा खल्तीमा हालिदिएको प्रतिक्रिया दिएका छन्।नागरिकबाट Click Here

 आइतबारदेखि सार्वजनिक स्थानमा धुम्रपान गरे सय रुपैयाँ

दीपक दाहाल, काठमाडौं, साउन २०- आजको दुई दिनपछि सार्वजनिक स्थानमा धुम्रपान गरे तपाईंलाई कानुन कार्यान्वयन गर्ने अधिकारीले तत्कालै सय रुपैयाँ जरिवाना गर्न सक्नेछन्। संसदले पास गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएको ९१ औ दिन आइतबार लागु हुने सूर्तीजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्न बनेको ऐनमा रहेको प्रावधानका आधारमा यस्तो जरिवाना तिर्नुपर्नेछ। 
यो ऐन व्यवस्थापिका संसदले गत चैत २८ गते पास गरेको थियो।
ऐनले सरकारी निकाय, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, सार्वजनिक सवारी साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय, बाल उद्यान क्लब, सार्वजनिक शौचालय, चलचित्र घर, सांस्कृतिक केन्द्र, होटल, भोजनालय, सवारी प्रतीक्षालय, रंगशाला र छात्रावासजस्ता स्थानलाई सार्वजनिक स्थल तोकेर धुम्रपान प्रतिवन्ध गरेको छ। सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने सूचना देखिने गरी नराखे सम्बन्धित निकायले समेत ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ।
ऐनले १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गैरकानुनी मानेको छ। त्यसैगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रवर्द्धन र प्रायोजन हुने सन्देश सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पाइँदैन। यसको उल्लंघन गरे कसुर हेरी एक सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ। त्यसैगरी शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम र अनाथालयको सय मिटरभित्र बिक्रीवितरण गर्न पाइँदैन। ऐनले फुटकर चुरोटबिँडी बिक्रीलाई समेत प्रतिबन्ध गरेको छ। सय मिटरवरिपरि र फुटकर बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना गर्नसक्ने प्रावधान छ।
ऐनले तोकेअनुसार कात्तिक १८ देखि उत्पादकले चुरोट, बिँडी र खैनीको प्याकेटको बाहिरी भागमध्ये कम्तीमा ७५ प्रतिशत स्थानमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ' भन्नेजस्ता व्यहोरासहित स्वास्थ्य मन्त्रालयले तोकेअनुसार सेवनले भएका घातक असरको रंगिन चित्र प्रस्ट बु‰ने र देख्नेगरी छाप्नुपर्छ। यस्तो चित्र नराखे ती कम्पनीले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ। अहिले उरुग्वेमा प्याकेटको ८० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र चित्र राख्ने प्रावधान भए पनि अन्यत्र यस्तो व्यवस्था छैन।
आइतबार ऐन कार्यान्वयन हुने भनिए पनि हालसम्म अन्तरमन्त्रालय समितिसमेत बनेको छैन। तथ्यांकअनुसार नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट मुटु, श्वासप्रश्वास, क्यान्सरजस्ता रोगले दैनिक ४४ जनाको मृत्यु हुन्छ भने यसबाट सिर्जित हुने रोगको उपचारमा १६ अर्ब रुपैयाँभन्दा बढी खर्च भइरहेको छ।
ऐनअनुसार कृषि मन्त्रालयले सूर्ती खेती गरिरहेका किसानलाई वैकल्पिक खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने, गृहले मातहतका जिल्ला प्रशासनलाई परिपत्र गर्नुपर्ने, उद्योग मन्त्रालयले उद्योगहरूलाई चित्रको स्वरूप पठाउनुपर्ने जिम्मेवारी तोके पनि अहिलेसम्म यी काम भएका छैनन्।source   Nagarik


साउन भदैा काक्राको  सिजन हो

फेसबुके फोन
स्मार्टफोनको प्रतिस्पर्धात्मक बजारमा पछि परे पनि एचटिसीले स्टायटस नामको एउटा नयाँ ब्रान्ड बजारमा ल्याएको छ, जसमा फेसबुकको लागि एउटा छुट्टै डेडिकेटेड बटन छ। फेसबुकलाई ध्यानमा राखेर बनाइएको यो पहिलो स्मार्टफोन भएकोले यसलाई फेसबुके फोन पनि भन्न थालिएको छ।
एन्ड्रोइड अपरेटिङ सिस्टम राखिएको यो मोबाइललाई युरोपमा चाचा नामबाट सबैभन्दा पहिला लन्च गरिएको थियो। अमेरिकामा एटिएन्डटीको दुई वर्षको कन्ट्रयाक्टमा यसलाई ५० डलरमा बेच्न सुरु गरिएको छ।
यो फोनको विशेषता के हो भने तपाइँले गरिरहनुभएको कुनै पनि काम जस्तै अनलाइनमा केही आर्टिकल पढिरहनुभएको छ वा फोटो खिचिरहनुभएको छ जुन फेसबुकमा सेयर गर्न लायक छ भने यो फोनको फेसबुक बटन झिपझिप बल्न थाल्छ। जब यो बटन तपाइँ थिच्नुहुन्छ, त्यो फेसबुकमा तपाइँका साथीहरुमाझ सेयर हुन्छ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।