Monday, August 8, 2011

पुरक दिँदै गरेकी एक छात्राले मंगलबार बच्चा जन्माइन


महेश्वर चामलिङ राई, उदयपुर, साउन २४ - प्रवेशिका परीक्षा (एसएलसी) पुरक दिँदै गरेकी एक छात्राले मंगलबार बच्चा जन्माएकी छिन्। सदरमुकामस्थित दिक्तेल ङङ्ग्लिस बोर्डिङ स्कुल केन्द्रबाट मंगलबारको नेपाली विषय परीक्षा दिँदैगर्दा हिरादेवी तामाङले बच्चा जन्माएकी हुन्।



खुल्ला विद्यालयतर्फ जालपा मावि सिम्बोल नम्बर ०१२१०२६ अल्फाबेट 'भी' की छात्रा तामाङले परीक्षा सुरु भएको १५ मिनेटमै छोरो जन्माएको केन्द्राध्यक्षलाई उद्धृत गर्दे जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ।
विहान आठ बजेदेखि सुरु भएको परीक्षामा सुत्केरी भएपछि तामाङको परीक्षा विथोलिएको छ। खोटाङमा पुरकमा एकहजार नौसय ६६ जना विद्यार्थीले पुरक दिइरहेको शिक्षा कार्यालयले जनाएको छ।
हेटौँडा, साउन २३- मकवानपुर जिल्लामा आर्थिक वर्ष २०६७-६८ को अवधिमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या तीव्ररूपमा वृद्धि भएको छ। श्रीमान् र श्रीमतीको नाता तोड्न चाहनेहरूमा धेरैजसो वैदेशिक रोजगारीका लागि विदेसिएका पति एवम् मदिराको लत लागेका पतिबाट आजित भएका महिला छन्।
मकवानपुर जिल्ला अदालतमा आर्थिक वर्ष २०६७-६८ मा कुल एक सय तीन थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।
यसमध्ये अदालतले ७२ थान सम्बन्ध विच्छेदको मुद्दा फर्छ्यौट गरेको थियो।
जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०६६-६७ मा जम्मा ४५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।source  NAGARIK

आफूले विदेशबाट कमाई पठाएको रूपैयाँ र सुन अन्य युवकसँग लागी दुरूपयोग गरेर धोका दिएका कारणबाट कतिपय पतिले सम्बन्ध विच्छेद गर्न चाहेका देखिएको

आफूले विदेशबाट कमाई पठाएको रूपैयाँ र सुन अन्य युवकसँग लागी दुरूपयोग गरेर धोका दिएका कारणबाट कतिपय पतिले सम्बन्ध विच्छेद गर्न चाहेका देखिएको छ।
केही मुद्दामा त्यस्ता सम्पत्ति पीडित पतिलाई केटा पक्षबाट अदालतले फिर्ता दिलाएको अदालतका श्रेस्तेदार हरिप्रसाद भट्टले बताए।
यसैगरी, जिल्ला अदालतले गत आर्थिक वर्षमा दर्ता रहेको जम्मा सात सय ९० थान मुद्दामध्ये चार सय ८४ थान मुद्दाको फर्छ्यौट गरेको छ।
सो अदालतमा दर्ता रहेका व्यक्तिको जग्गाको स्वामित्व कायम, जग्गाधनी र जग्गा कमाउने मोहीबीच जग्गाको स्वामित्व बाँडफाँट, ऐलानी जग्गा दर्ता, पारिवारिक अंशबण्डा, लेनदेन, सवारी दुर्घटना, लागुऔषध बिक्री, बलात्कार, ठगी र भ्रष्टाचारसम्बन्धी मुद्दा फर्छ्यौट गरिएको हो।
पुराना बाँकी तीन सय ६ थान मुद्दा चालु आर्थिक वर्षको भदौको तेस्रो हप्ताबाट फर्छ्यौटका लागि प्रक्रियामा लगिने जिल्ला अदालतले जनाएको छ। राससनागरिकबाटClick Here

सुनको भाउ तोलाको साढे ४७ हजार रुपैयाँ

काठमाडौं, साउन २३ (नागरिक)- एकै दिन प्रति तोला ९ सय रुपैयाँ बढेर सोमबार नेपाली बजारमा सुनको भाउ तोलाको साढे ४७ हजार रुपैयाँ पुगेको छ। अन्तराष्ट्रिय बजारमा आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतिऔंस ३६ डलर बढेपछि नेपालमा पनि भाउ अहिलेसम्मकै उच्च भएको हो।

आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ६ सय ६४ डलरको हाराहारीमा रहेको सुनको भाउ सोमबार बढेर १ हजार ७ सय १ डलर पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघले यही मूल्यलाई आधार मानेर सोमबार बिहान ११ बजे मूल्य तोकेको हो।

अन्तराष्ट्रिय सेयर बजार ओरालो लागेर लगानीकर्ता सुनमा केन्द्रित भएकाले अहिले सुनको मूल्य उच्च भइरहेको छ। सोमबार बिहानको तुलनामा दिउसो अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १ हजार ७ सय २ डलर ५० सेन्टको हाराहारीमा पुगिसकेको छ।
अमेरिकाको पछिल्लो आर्थिक समस्याले सुनको भाउ ह्वात्तै बढाएको संघका अध्यक्ष तेजरत्न शाक्यले बताए। 'क्रेडिट रेटिङमा पनि कमजोर देखिएपछि अमेरिकीसहित सबैतिरका लगानीकर्ता सुनमा केन्द्रित छन्,' उनले भने, 'यसले गर्दा नेपालमा पनि सुनको भाउ उकालो लागेको हो।' नेपाली बजारमा आइतबार भने सुनको मूल्य ४६ हजार ६ सय रुपैयाँ रहेको थियो।नागरिकबाटClick Here
तरइमा स्रावन महिनाभर मनाइने वोलवम पर्व अन्तर्गत सुन्दरिजलमा नुहाउदै नागरिबाट)
(सोमालियाको एक दुखि बालक )भोक मरिको कारण बर्सेनि हजारैा मानिस मर्ने गर्छन सोमलियामा (यसको लागि UAE  सरकारले ध्यानकर्षण गरेको छ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।