Tuesday, August 9, 2011

बहुबिबाहको आरोपमा थुनामा रहेका पूर्व पाइलटले अदालतमा पुगेकी श्रीमतीलाई धम्की


बहुबिबाहको आरोपमा थुनामा रहेका पूर्व पाइलटले थुनछेक बहसका लागि अदालतमा पुगेकी श्रीमतीलाई धम्की दिएका छन् । गत असार ४ मा पक्राउ परेका पूर्व पाइलट रजनिश राजा मानन्धरले बहुबिबाहको मुद्दा दायर गर्ने जेठी श्रीमती कल्पना कार्की मानन्धरलाइ अदालत परिसर भित्रै धम्क्याएका हुन् ।



जिल्ला अदालत काठमाडौंमा मंगलबार थुनछेक बहसका लागि पुगेकी कल्पनालाई मानन्धरले बोलाएर हिरासतबाट छुटेपछि ज्यान लिने धम्कीसहित झम्टिएका थिए । ‘उनकै आफन्तले रजनिश तिमीसँग कुरा गर्न चाहन्छन् भनी उनको छेउमा लगे’ उनले भनिन् ‘हत्कडी लगाएकै अवस्थामा झम्टिदैं थुनाबाट निस्किएपछि ज्यान तलमाथि पारी दिनसक्ने चेतावनी दिए ।’
उनले अदालत परिसरभित्रै ज्यान मार्ने धम्की आएपछि जिउ ज्यानको सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छन् । उनले अदालत परिसरमै धम्की दिने व्यक्तिले आफुमाथि जुनसुकै बेला हमला गर्न सक्ने भन्दै सुरक्षाको माग गरेकी छन् । मानन्धर र कार्कीको मुद्दा हेरेका न्यायाधिस महेन्द्रप्रसाद पुडासैनीका नातेदार मानन्धरका पक्षबाट लड्ने वकिल भएकाले मंगलबारको बहस सरेको हो ।
मानन्धरलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले कल्पनाको उजुरीका आधारमा पक्राउ गरेको थियो । १२ वर्षअघि कल्पनासँग प्रेम बिबाह गरेका रजनिशले दश महिना अघि अर्कै श्रीमती ल्याएको पुष्टि भएपछि जेठीले उजुरी दिएकी थिइन् । अग्नी एयरलाइन्सका पूर्व पाइलट मानन्धरले सृष्टिना जोशीसँग १० महिनाअघि बिहे गरेर ढाकछोप गर्दै आएका थिए ।
एयरहोस्टेज सृष्टिना र रजनिशको गत असार १ मा पाटन अस्पतालमा छोरी जन्मिएकी छिन् । लागु औषध प्रयोग गर्ने रजनिशसँग त्यही विषयमा बिबाद हुने गरेको श्रीमतीले बताइन् । २०५७ मा बैबाहिक जीवनमा बाँधिएका मानन्धर र कल्पनाबीच बिहेको २ बर्षपछि मनमुटाब शुरु भएको थियो । दुबै जना साथै बस्न नसक्ने भएपछि कल्पना माइतमा बस्दै आएकी थिइन् ।
कल्पनाले २०६६ फागुन १७ मा जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् । १७ महिनादेखि मुद्दा अदालतमा अल्झिरहेको छ । कल्पनाका अनुसार, त्यही बिचमा मानन्धरले अंशका नाममा बाबुको भागबाट ५ लाख रुपैयाँ मात्र लिएको नक्कली कागजात बनाएका छन् । तर डिल्लीबजार मालपोत कार्यालयले दिएको तथ्याङ्क अनुसार रजनिश राजाका बाबु प्रकाश राजा मानन्धरको नाममा ७ रोपनी ११ आना जग्गा र ४ वटा घर छ ।
आफुले समयमा न्याय नपाएको भन्दै कल्पनाले दुखेसो गरेकी छन् । ‘अन्याय परेपछि अदालत गएको १७ महिना बित्दा पनि मैले न्याय पाइन’ उनले भनिन् ‘महिलाको हक हितमा काम गर्ने संस्था कहाँ गए ?’ उनी श्रीमानसँग मनमुटाब भएपछि रातदिन तनाब झेल्नु परेको बताउँछिन् ।
प्रकाशित मिति: २०६८ श्रावण २५ १२:१८कान्तिपुरबाटClick Here

पत्नी वियोगमा घर छोड्दै हरिवंश

नेपालीलाई पेट मिचिमिचि हँसाउने नेपाली हास्य जगतका चर्चित कलाकार हुन् हरिवंश आचार्य । उनी हास्य अभिनयमा मात्रै सफल छैनन्, ‘बलिदान’ र ‘तँ त साहै्र बिगि्रस नि बद्री’ जस्ता चलचित्रमा पनि सफल अभिनय गरेका छन् । अनेक विधाका विभिन्न भूमिका गीत गाउनसक्ने उनले नेपाली र नेवारी गीत पनि गाएका छन् । केही महिनाअघि जीवनसंगिनीको मृत्युले उनलाई साहै्र दुखित बनायो । उनकी श्रीमती तथा सञ्चारकर्मी मीरा आचार्यको असामयिक देहावसानबाट भावुक बनेर निकै रोए उनी । भनिन्छ, पुरूषको सफलतामा महिलाको पनि उत्तिकै हात हुन्छ । उनको सफलतामा श्रीमतीको ठूलो भूमिका रहेकोले पनि मीराको मृत्युले उनलाई मर्माहत बनाएको हुनुपर्छ ।
सायद त्यही चोट बिर्साउन पनि हुनसक्छ । उनी अब पुरानो घर छोडेर नयाँ घरमा बस्ने भएका छन् । वियोगको त्यही घाउ बिर्साउनका लागि पनि हुनसक्छ, उनले बालकोटको रोज भिलेजमा नयाँ घर किनेका छन् । अब हरिवंश र उनका छोराहरु किनिएको त्यही नयाँ घरमा बस्ने तयारीमा छन् ।
टेलिभिजनका पर्दाबाट दर्शकलाई पेट मिचिमिची हसाँउने एक अभिनेताले आफ्नो मुटुको घाउमा मलम लगाउन त्यसो गरेको धेरै दर्शकको अनुमान छ । आफूलाई हास्य अभिनेता बनाउन अतुलनीय सहयोग गरेकी श्रीमतीलाई अचानक गुमाएका हरिवंशका अबका अभिनय खल्लो र पीडादायी हुनसक्ने धेरै दर्शकको आशंका पनि छ । आशा गरौं, दर्शकको न्यानो माया पाएका हरिवंशले आफ्नो घाउमा मलम लगाउनेछन् र चेतना अनि सन्दशले भरिपूर्ण अभिनयमा आफूलाई क्रियाशील गराउनेछन् ।EVEREST NEWS .....clcik Here

तस्विर अफै बोल्छ


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।