काठमाडौँ, साउन २५ (नागरिक)- ललितपुरको लेलेस्थित जङ्गलमा २१ वर्षीया युवतीको शव भेटिएको छ। प्रहरीले कुपन्डोल निवासी रोजी महर्जनलाई उनका ब्वाइफ्रेन्ड सुवास उप्रेतीले शुक्रबार हत्या गरेको शङ्का गरेको छ। प्रारम्भिक अनुसन्धानमा जङ्गलमा बन्धक बनाउन खोज्ने सुवासको प्रयासको प्रतिकार गर्दा टाउकोमा गोली हानेको देखिएको प्रहरी स्रोतले बताएको छ।
हालै बेलायतबाट फर्किएका सुवासले फिरौतीका लागि उनको अपहरण गर्न खोजेको र प्रतिकार गर्दा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
प्रहरीले सोही दिन सुवासलाई सोधपुछका लागि हिरासतमा राखेको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। नागरिकबाटClick Here
अब उपत्यकाका सबै गाविस नगरपालिका बन्ने
प्रहरीले सोही दिन सुवासलाई सोधपुछका लागि हिरासतमा राखेको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। नागरिकबाटClick Here
अब उपत्यकाका सबै गाविस नगरपालिका बन्ने
काठमाडौं, श्रावण २५ - स्थानीय विकासमन्त्रालयले उपत्यकाभित्रका तीनवटै जिल्लाका सबै गाउँ विकास समितिलाई नगरपालिका घोषणा गर्ने तयारी गरिरहेको छ । सहरीकरण विकासका लागि मापदण्ड पुर्याएर यस्तो गर्न लागेको मन्त्रालयले जनाएको हो ।
स्थानीय स्वायत शासन ऐन २०५५ अनुसार मापदण्ड पुर्याएका सबै गाविसलाई समूहगतरूपमा नगरपालिका घोषणा गर्ने तयारी भइरहेको स्थानीय विकास मन्त्रालयका सहसचिव रश्मी पाण्डेले जानकारी दिए । तीनवटै जिल्लाका स्थानीय विकास अधिकारीको नेतृत्वमा नगरोन्मुख गाउँ विकास समितिको अध्ययन भइरहेकाले दस दिनभित्र आउने प्रतिवेदनका आधारमा काम अघि बढाइनेछ ।
'उपत्यकाभित्र पर्ने सबै गाविसलाई नगरमा समेट्ने तयारी भइरहेको छ' उनले भने, 'त्यसबारेमा सम्बन्धित जिल्ला विकास समितिले अध्ययन गरिरहेको छ ।' नगरपालिका बनाउन बीस हजार जनसंख्या, उद्यान क्षेत्र, सडक, ढल निकास, सञ्चार जस्ता मापदण्ड पुगेको हुनुपर्छ ।
केही दिनअघि मन्त्रालयले उपत्यकाका वज्रवाराही, कार्यविनायक र शंखरापुर नगरपालिका घोषण गरेको थियो । मापदण्ड पूरा गरेका आफ्ना गाविसलाई पनि नगरपालिका घोषणा गर्नुपर्ने स्थानीय स्तरबाट गुनासो आएपछि मन्त्रालयले स्थानीय विकास अधिकारीको नेतृत्वमा समिति गठन गरेको हो ।
ललितपुरका स्थानीय विकास अधिकारी विष्णुप्रसाद ढकालले उन्नाइसवटा गाविसबाहेक अन्य गाविसले मापदण्ड पुर्याउने हुँदा नगपालिका घोषणा गर्न सकिने बताए । इमाडोल, टीकाथली लगायतका पाँचवटा गाविसलाई ललितपुर उपमहानगरपालिकामा गाभिने तयारी भइरहेको उनले जानकारी दिए ।
अन्य दस गाविसलाई जोडेर करिव दुईवटा नगरपालिका बनाउने बारे सर्वदलीय संयन्त्रका प्रतिनिधिसँग छलफल भइरहेको उनले बताए । काठमाडौं महानगरपालिकाले मापदण्ड पूरा गरेका आफ्ना आसपासका गाविसलाई २०१५ सालमा आफूमा गाभे पनि ललितपुर उपमहानगरपालिकाले त्यसो नगरेको भन्दै उनले यसपालि गाभिने तयारी भइरहेको बताए ।
काठमाडांैका स्थानीय विकास अधिकारी उद्धव तिमिल्सिनाले गाविसहरूलाई विभिन्न समूहमा विभाजन गरेर नगरपालिका घोषणा गर्ने तयारी भइरहेको बताए । जोरपाटी, सुन्दरीजल, मूलपानी, बूढानीलकण्ठ, गोंगबु, सीतापाइला, दक्षिणकाली कल्सटरमा विभाजन गरेर नगपालिका गरिने उनले
बताए । 'सबै गाविसको स्थलगत अध्ययन गरेर नगरपालिका घोषणा गरिन्छ, नगरपालिका घोषणा गरिए सरकारी स्तरको र स्थानीय तहबाट उठेको राजस्वले विकास गर्न सजिलो हुन्छ,' उनले भने ।
हाल एक महानगपालिका, एक नगरपालिका र ५७ वटा गाविस रहेका छन् । केही दिन मन्त्रालयले सन्ताउन्नवटा गाविसमध्ये पूर्वी क्षेत्रका पाँचवटा गाविस मिलाएर शंखरापुर नगरपालिका घोषणा गरेको थियो । नगर विकास योजना लागू गर्नसक्ने सबै गाविसलाई नगरपालिका बनाउने तयारी गरिएको स्थानीय विकास अधिकारी तिमिल्सिनाले बताए ।
भक्तपुरका स्थानीय विकास अधिकारी राजेन्द्र केसीले सबै गाविसहरू नगरोन्मुख भइसकेकाले नगरपालिका बनाउँदा खासै समस्या नपर्ने बताए । 'तथ्यांक संकलन गर्ने काम सुरु भएको छ, सायद सवै गाविसले स्थानीय स्वायत्त शासनले तोकेको मापदण्ड पूरा गर्लान्,' उनले भने । भक्तपुरमा सोह्रवटा गाविस र दुईवटा नगरपालिका रहेका छन् । हाल उपत्यकामा १ सय १४ वटा गाविस रहेका छन् । हालै स्थानीय विकास मन्त्रालयले एकचालीसवटा नगरपालिका घोषणा गरेको थियो ।
यसरी नयाँ नगरपालिका घोषणा गरेपछि स्थानीबासीले आफ्ना गाविसलाई पनि नगरपालिका बनाउनुपर्ने माग राखेपछि साउन ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालय डा. देवेन्द्रबहादुर लामिछानेको नेतृत्वमा नगरपालिका निर्धारण छनोट समिति गठन गरेको थियो ।
प्राध्यापक सूर्यलाल अमात्यले उपत्यका वरिपरिका सबै गाविसले सबै मापदण्ड पूरा गर्न सक्ने हुँदा नगरपालिका बनाउनुपर्ने बताए । 'सबै गाविसहरू नगरोन्मुख भइसके, जहाँ सडक, बिजुली, सञ्चार आदिको विकास भइसकेको छ, त्यसकारण नगरपालिका घोषणा गर्दा खासै फरक पर्दैन,' उनले भने । सरकारले अमात्यको नेतृत्वमा २०५९ सालमा नगरपालिका निर्धारण समिति गठन गरेको थियो ।
लप्सीफेदी शंखरापुरमा
काठमाडौ- लप्सीफेदी गाविसलाई शंखरापुर नगरपालिकामा गाभिने भएको छ । पुखुलाछी, सुन्टोल, वज्रयोगनी र इन्द्रायणी गाविस रहेको शंखरापुरमा अब लप्सीफेदीसमेत गाभिने काठमाडौंका स्थानीय विकास अधिकारी उद्धव तिमल्सिनाले जानकारी दिए । लप्सीफेदी गाविसका जनताको आधारमा शंखरापुरमा गाभिएको उनले बताए । स्थानीय सर्वदलीय संयन्त्रका प्रतिनिधिसँग छलफल गर्दा उनीहरू पनि सहमत भएपछि लप्सीफेदीलाई पनि गाभिएको बताए ।
यसैगरी भर्खरै घोषणा गरिएको ललितपुरको चम्पापुर नगरपालिकाको नाम वज्रवाराही राखिएको छ । ठेचो गाविससहित गाभिने गरी वज्रवाराही नामकरण गरिएको ललितपुरका स्थानीय विकास अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । 'वज्रवाराही प्रसिद्ध धार्मिकस्थल भएकाले यसैको नामबाट नगरपालिकाको नामकरण गरेका हौं,' उनले भने ।
प्रकाशित मिति: २०६८ श्रावण २५ १०:०३कान्तिपुरबाटClick Here
No comments:
Post a Comment