काठमाडौ, श्रावण २६ -
चार दिनअघि अपहरणमा परेकी एक युवतीको हत्या भएको छ । ललितपुर कुपण्डोलकी रोजी महर्जनका प्रेमी सुवास उप्रेती हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीले मंगलबार राति १२ बजे नल्लु गाविसको चौघरे सिगाने भन्ज्याङको खोल्साभित्र शव फेला पारेको हो । त्यो ठाउँ चापागाउँबाट १७ किलोमिटर टाढा पर्छ । गत शुक्रबार साँझ फिल्म हेरेर घर र्फकने बताएकी रोजी अबेरसम्म नआएपछि बुबा गोविन्दले ललितपुर प्रहरीमा खबर गरेका थिए । प्रहरीेले अनुसन्धानका क्रममा सुवासलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको थियो ।
त्यही दिनदेखि रोजीबारे केही थाहा नभएको बताउँदै आएका सुवासले मंगलबार राति २ बजे आफूले शुक्रबार मारेर फालेको बताएपछि अपराध महाशाखाका डीएसपी हृदय थापासहितको टोलीले शव फेला पारेको हो ।
चापागाउँबाट १७ किलोमिटर टाढा झाडीभित्र लास कुहिएर गन्हाउन थालेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । प्रहरीले हत्यामा संलग्न २१ वषर्ीय सुवाससहित ललितपुरका सचित खड्का र सोलुखुम्बुका हुसेन राईलाई पक्राउ गरेको छ । हत्यामा संलग्न कुमार तामाङ र कत्ले भन्ने राजु लोहार फरार छन् । अपराध महाशाखा प्रमुख एसएसपी हेमन्त मल्लले पक्राउ परेका सचितले उप्रेतीलाई सघाएको र हुसेनले मारिसकेपछि घटनाबारे जानकारी हुँदाहुँदै लुकाएको बताए ।
पक्राउ परेका सुवासले प्रेमिकाले आफूलाई धोका दिएका कारण हत्या गरेको बताएका छन् । 'रोजीसँग मेरो ३ वर्ष लामो प्रेमसम्बन्ध हो तर बीचमा , 'ऊ अरू केटासँग बोलेको र हिंडेको सहन सकिउसले मलाई वास्ता गर्न छाडेपछि हत्याको योजना बनाएको हुँ,' उप्रेतीले प्रहरीलाई भनेका छन्नँ ।'
उप्रेती र महर्जनले प्लस टु सँगै पढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंको शान्तिनगरका स्थायी बासिन्दा उप्रेती ५ महिनाअघि मात्र लन्डनबाट फर्किएका हुन् । उनी एक वर्षे बीबीए पढ्न गएका थिए । 'पढाइ पूरा नगरी बीचमै फर्किएको देखिएको छ,' एसएसपी मल्लले भने, 'अर्कै केटासँग लागेको भन्दै घुर्की देखाउन रोजीलाई खबर गरेर मेटासिड पिएका थिए, रोजीले नै उनलाई अस्पताल लगेकी थिइन् ।'
प्रहरीका अनुसार उप्रेती र रोजीले २०६७ फागनुमा चोभारमा गएर सिन्दुरसमेत हालेको बताएका छन् । सुवास र फरार कुमार तामाङले हत्या गर्नुभन्दा ३ साता पहिले योजना बनाएर बिहीबार नल्लुमा मारेर फाल्ने स्थानको 'रेकी' गर्न गएका थिए । भोलिपल्ट बिहान घुम्न लेलेतिर जाने भन्दै सुवासले रोजीलाई बोलाएका थिए । रोजी क्याम्पस जाने भन्दै नबिल बैंक पुल्चोकको पार्किङमा आफ्नो बा ३२ प ९१९३ नम्बरको स्कुटर छाडेर सुवासको मोटरसाइकलमा बसेर गएकी थिइन् ।
उनीहरू नल्लु पुग्नुअगावै राजु, सचित र कुमार त्यहाँ पुगेको र सुवासले मोटरसाइकल रोक्नेबित्तिकै रोजीको बायाँ कञ्चटमा राजु लोहारले गोली चलाएको प्रहरीको भनाइ छ । 'त्यसपछि लास १ सय मिटर तलको खोल्सोमा फालेको देखिन्छ,' एसएसपी मल्लले भने, 'त्यसपछि पनि यिनीहरूले फिरौतीको बार्गेनिङ गरेको देखिन्छ ।'
सुवासले राजुसहित अन्य सहयोगीलाई आफ्नो मोटरसाइकल बेचेर १ लाख ५० हजार रुपैयाँ खर्च गरेको प्रहरीको भनाइ छ । 'पैसा तिरेर हत्या गर्न लगाएका छन्, फिरौतीको रकम समयमा उठाउन सकेको भए सुवासको खर्च हुँदैनथ्यो तर त्यो नसकेपछि हत्यामा संलग्न सबैलाई लुकाउन र घटना सार्वजनिक हुन नदिन मोटरसाइकल बेचेको देखिन्छ ...कान्तिपुरClick Here

| duplicate flower at shoping mall in abu dhabi UAE |
![]() |
| अयोग्य लडाकु जुलुस गर्दै उपत्यकामा |

No comments:
Post a Comment