आफैले जन्माएका छोरीको बाबुले हत्या गर्लान् ? सोच्नसम्म सकिँदैन । तर साउन १५ गते अपहरण भएका भनिएका दुई बालिकालाई उनकै बाबुले जिउँदै नदीमा बगाएको खुलेको छ । पीपलटारी-९ तिल्नीफाँटका कृष्ण तिवारीले छोरीहरू ८ वषर्ीया नमुना र ६ वषर्ीया नविनालाई घर नजिकैको मोदीखोलाको पुलबाट फ्याँकेर हत्या गरेको स्विकारेका हुन् ।
हतियारसहितको नकाबधारी समूहले डेढ लाख रुपैयाँ फिरौती माग गर्दै छोरीहरूको अपहरण गरेको नाटक रच्ने तिवारीे-हत्या प्रकरणलाई प्रहरीले घटनाको १२ दिनपछि शुक्रबार सार्वजनिक गरेको हो । तिवारीले बयानमा आर्थिक अवस्था कमजोर भएको र श्रीमतीलाई रोजगारीका लागि विदेश पठाउनुपर्ने बाध्यताले छोरीहरूको हत्या गरेको बताएका छन् । 'राति सवा १० बजे एक्लैले छोरीलाई पुलसम्म लगें । मोदीखोलाको पुलको बीच भागमा पुगेर पहिला माहिली छोरीलाई फालिदिएँ । पछि रुन खोजेकी कान्छी छोरीलाई' भनेका छन् ।
उनले राति १ बजे दाइ शेषकान्तलाई फोन गरेर छोरी बिरामी भई एम्बुलेन्स ल्याउनुपर्ने भयो भन्दै बोलाएर छोरीहरू अपहरणमा परेको नाटक रचेका थिए । बालिका अपहरणमा परेको भोलिपल्ट बिहान आठ बजे मात्र प्रहरीलाई खबर गरेका थिए । बाबुले हत्या गरेको भनी पहिला नै लख काटेका बजारवासी शुक्रबार उनलाई हेर्न बिहानैबाट प्रहरी कार्यालयमा भेला भएका थिए । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे परेको थियो । उता बाबुले दुवै छोरीको हत्या गरेको खबर सुन्नासाथ इजरायलमा रहेकी आमा राधिका
-भोला) सम्पर्कमा छैनन् । उनको फोनसमेत अफ रहेको आफन्तले बताए । छोरी फर्काइदिन आग्रह गर्दै साताअघि फेसबुकको वालमा अपिल लेखेकी तिवारी अहिले अचेत अवस्थामा रहेको उनका साथीलाई उद्धृत गर्दै आफन्तले कान्तिपुरलाई बताए । राधिका जेठमा आएर फर्किएकी हुन् । साढे चार वर्षदेखि उनी इजरायलमा छिन् । अपराध अनुसन्धान विभाग काठमाडौंबाट आएको प्रहरी उपरीक्षक शेरबहादुर बस्नेत नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबारबाट अनुसन्धान सुरु गरेको तीन दिनमा दोषी पत्ता लगाएको हो । 'यस्तो घटना होला भनेर कल्पनासम्म गरेका थिएनौं,' पत्रकार सम्मेलनमा शुक्रबार पश्चिमाञ्चलका प्रहरी प्रमुख नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने । बयानको भिडियो सार्वजनिक गर्दै घटना प्रकृति हेर्दा छोरीहरूको हत्या गर्न कसैले उक्साएको हुन सक्ने प्रहरीले जनाएको छ । 'अनुसन्धान सकिएको छैन,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने, 'घटना रहस्यमय भएकाले अझै अनुसन्धानमै छौं ।' अभियुक्त तिवारीसँग प्रहरीले बोल्न भने दिएन । सार्वजनिक कार्यक्रममा अर्याल, अञ्चल प्रहरी प्रमुख पूर्णसिंह खड्का उपस्थित थिए ।
कस्ता छन् कृष्ण ?
सानैमा कान पाकेकाले कम सुन्छन् । गाउँमा कसैसँग झगडा गर्दैनथे । परिवारका सबै सदस्यसँग राम्रो सम्बन्ध थियो । तीन दाजुभाइमध्ये जेठा हुन् । माहिला र कान्छा रोजगारीकै सिलसिलामा दुबईमा छन् । दाजुभाइ छुट्टिएका छैनन् । उनी तीन वर्ष इराक बसेर चार महिनाअघि गाउँ फर्किएका हुन् । छोरीको हत्या गर्नुको कारण आर्थिक समस्या देखाए पनि अहिले उनले गाउँमा तिर्नुपर्ने ऋण छैन । पहिला १५ लाख रुपैयाँ ऋण भएकाले उनी र श्रीमती ऋण तिर्नकै लागि रोजगारी गर्न बिदेसिएका हुन् । अहिले दुवै मिलेर तिरिसकेका छन् । पोखरामा दाजुभाइ मिलेर जग्गासमेत किनेका छन् ।
भाइले छोरी मार्ला भनेर सोचेका थिएनौं
कपिलामणि तिवारी, दाजु
कृष्ण बेइमानी थिएन । पहिला ऋण तिर्न र छोरी पढाउनकै लागि विदेश गयो । पछि आएर छोरी पढाउनु छ मात्र भन्थ्यो । गाउँमै हामीसँग बसेको थियो । श्रीमती राधिका (भोला) पनि जेठमा आएर फेरि इजरायल गएकी थिइन् । श्रीमतीलाई पुर्याउन कृष्ण काठमाडौंसम्म गएको थियो । दुई जनाबीच कुनै नराम्रो थिएन । तर १४ गते तल जान्छु, छोरीलाई पढ्न जान टाढा भयो भन्दै सिल्मीफांँटको एक्लो घरमा गएर बसेको थियो । जानुको कारण त अबोध छोरीलाई मार्न रहेछ । हामीले घटना तैंले गराएको हो भनेर सोधिरहँदा मैले होइन भन्ने जवाफ दिएर तर्किन्थ्यो । तर प्रहरीसमक्ष आफैंले गरेको बताएछ । यस्तो कल्पनै गर्न नसकिने घटना गराएछ । हामी सोच्न पनि सक्दैनौं । पूरै परिवार मर्माहत भएका छौं । रुवाबासी चलेको छ घरमा । जेठी छोरी नम्रता बेहोस छ । छोरीहरू हराएदेखि पिरोलिएका हामी झन् बढी पीडामा परेका छौं ।
(कुराकानीमा आधारित)प्रकाशित मिति: २०६८ श्रावण २७ ०२:३८ कान्तिपुरबाट Click Here
![]() |
| अफ्नै ब्वाइ फ्रेण्डले रोजिको हतया गरेपछि पाटनमा जुलुस |
![]() |
| अफ्नै ब्वाइ फ्रेण्डले रोजिको हतया गरेपछि पाटनमा जुलुस |



No comments:
Post a Comment