कमल थापा, रुकुम, साउन ३२- दुर्गमको विद्यालयकी टुहुरा छात्राको नाम कटाएर यहाँका एक शिक्षककी छोरीको नाम छात्रवृत्तिका लागि सिफारिस गरिएको छ। पहिलो चरणको छात्रवृत्ति सूचीमा छनोट भई सिद्धार्थ उच्च माध्यमिक विद्यालय मग्माकी सुषमा खत्रीको नाम चैत ५ गते गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो।
आमाबुबा मृत्यु भएपछि उनी दिदीको घर बस्दै आएकी छन्।
टुहुरा विद्यार्थीलाई काठमाडौंस्थित डेभटेक नेपाल प्रालिले वार्षिक छात्रवृत्ति रकम उपलब्ध गराउने भन्दै यस विद्यालयमा आवेदन माग गरेको थियो। ३६ जना विद्यार्थीमा सुषमाको नाम छनोटमा भएकामा विद्यालयले उनको नाम कटाएर अभिभावक भएकी जानकी गौतमलाई सिफारिस गरेको छ।
'विद्यालयले टुहुराको छात्रवृत्तिबाट नाम कटाएर शिक्षकको छोरीको नाम सिफारिस गरेछ,' सुषमाले भनिन्, 'जसका आमाबुबा रोजगारीमा छन्, उनैको छोरीलाई छात्रवृत्तिमा सिफारिस भयो।'
डेभटेक नेपालले ११ र १२ कक्षामा पढ्ने अभिभावक नभएका छात्रालाई एकमुष्ट ३६ हजार रकम दिने विद्यालयले जनाएको छ। सुषमाले जिल्ला प्रशासन कार्यालयमा विद्यालय र शिक्षकविरुद्ध उजुरी दिएकी छन्।
विद्यालयका प्राचार्य नदीराम केसीले भने नाम कटाउनमा विद्यालयको कुनै दोष नभएको वताए। कम्पनीकै कर्मचारीले नै नाम कटाएर अर्कैको नाम सिफारिस गरेको उनको भनाइ छ।
'काठमाडौंबाट आएका कम्पनी कर्मचारीले सुषमाको नाम कटाएका हुन्,' उनले भने, 'यसमा विद्यालय र शिक्षकको हात छैन।' लिखित उजुरीबारे छानबिन गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।नागरिकबाटClick Here
![]() |
| our national culture |
![]() |
| debit falls pokhara |


No comments:
Post a Comment