Wednesday, August 17, 2011

महाकालीमा चार वर्षपछिको ठूलो बाढी, १९७ परिवार पूर्ण विस्थापित (फोटो फिचरसहित)


विक्रम गिरी, महेन्द्रनगर, साउन ३२- महाकालीमा चार वर्षयताकै उच्च बाढी आएको छ। मंगलवार दिउँसो महाकालीको बहाव प्रति सेकेण्ड तीन लाख ७७ हजार ४२ क्युसेक नाघेको थियो यो चार वर्षयताकै उच्च हो।





२०६५ यता यति धेरै पानीको बहाव पुगको यो नै पहिलो पटक हो। गत वर्ष असोज तेस्रो साता महाकालीमा तीन लाख ७० हजार क्युसेक पानीको बहाव पुगेको थियो। बुधबार बिहान पानीको बहाव घटेर दुई लाख ४० हजार क्युसेकमा झरेको छ। तर कटान मंगलबार भन्दा तीव्र रुपले भइरहेको स्थानीयले बताएका छन्।
आइतबार साँझदेखि पर्न थालेको झरी अहिले पनि रोकिएको छैन। पहाडी भेगमा लगातार वर्षा भइरहेकाले बढी क्षति हुने त्रास रहेको छ।

साउन पहिलो साता महाकालीमा पानीको बहाव प्रति सेकेण्ड दुई लाख पाँच हजार क्युसेक मात्र पुगेको थियो। पानीको बहाव उच्च भएपछि भारतले बनबासा पुलमा मंगलबार बिहानदेखि नै पैदल आवत-जावत समेत बन्द गरेको छ। वर्षा नथामिँदा चार दशक पुरानो बनवासा पुल समेत खतरामा छ।

महाकालीकै बाढीका कारण मंगलबारदेखि बुधबार बिहानसम्म एक सय ९७ परिवार पूर्ण रुपले विस्थापित भएका छन्। उनीहरु घरखेत बगाएपछि सुरक्षित स्थानमा गएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक गोविन्द आचार्यले दिएको जानकारी अनुसार महाकालीकै बाढीले भीमदत्त नगरपालिका-११ भुजेला गाउँमा ७० परिवार, चाँदनी गाविस-२ मा ५० परिवार, भीमदत्त नगरपालिका-१३ वडैपुरमा ३६, भीमदत्त नगरपालिका-१२ ओदालीमा २७, दोधारा-८ मा १४ परिवार पूर्ण विस्थापित भएका छन्। सयौँ गाईवस्तु बाढीले बगाएको छ। बाढीको क्षतिको विवरण संकलन गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ।



FROM .NAGARIK Click Here

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।