![]() |
| यो जवानामा म झन के कम |
काठमाडौ, भाद्र ५ - निःसन्तान दम्पतीलाई खुसीको खबर- अब सरकारी अस्पतालमा पनि 'टेस्टट्युब बेबी' सेवा उपलब्ध छ । त्यो पनि निजी क्षेत्रको दाँजोमा आधाभन्दा कम शुल्कमा ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आइतबार औपचारिक रूपमा 'इन भिट्रो फर्टिलाइजेसन' (आईभीएफ) सेवा सुरु भएको हो । अस्पतालका विशेषज्ञहरूलाई भारतबाट आएका बाँझोपन विशेषज्ञ डा. अश्विनी त्रिखाले टेस्टट्युब बेबी सेवासम्बन्धी तालिम दिइरहेका छन् । 'कम्तीमा एउटा सन्तानको चाहना सबैलाई हुन्छ,' त्रिखाले कान्तिपुरसँग भने, 'पैसा नभएकै कारण यो सुखबाट वञ्चित हुनु कत्तिको पीडादायी हुन्छ, त्यो निःसन्तानलाई नै सोध्नुस् ।' नेपालमा करिब १८ देखि २० प्रतिशत दम्पतीमा बाँझोपन रहेको विशेषज्ञहरूले जनाए ।
एक वर्षसम्म प्रयास गर्दा पनि गर्भधारण नहुनेलाई बाँझोपना भनिन्छ । हाल नेपाल र भारतमा भएका निजी क्षेत्रका निःसन्तान केन्द्रहरूको शुल्क महँगो भएकाले मध्यम वर्गीय र विपन्नलाई समेत उच्च स्याहार दिन सकिने गरी नेपाल सरकारले यो सेवा थालेको उनले जनाए ।
'हाल हाम्रो शुल्क करिब १ लाख ५० हजार रुपैयाँ जति हुन आउँछ जुन डेढ वर्षपछि १ लाखभन्दा पनि तल र्झछ,' अस्पतालका निर्देशक डा. लता वज्राचार्यले भनिन् । उनका अनुसार हाल फेलोपिन ट्युबमा अवरोध भएका महिलाका लागि यो सेवा दिइनेछ ।
डा. त्रिखाका अनुसार यसमा ३५ देखि ४० प्रतिशतसम्म सफलता दर छ । चार दशक नाघेका महिलामा भने यो माध्यमबाट गर्भाधान हुने सम्भावना कम हुन्छ ।
टेस्टट्युब सेवाका लागि अस्पतालमा शल्यक्रिया कक्ष र इब्रायो ल्याब (भ्रूण प्रयोगशाला) बनाइएको छ । भारतबाट आएका एक स्त्रीरोग शल्यचिकित्सक र एक भ्रूण विशेषज्ञले नेपाली चिकित्सा टोलीसँग मिलेर बाँझोपनको उपचार गर्दै तालिम दिनेछन् । महिलाको अण्डबाहिनी नलीमा अवरोधले गर्दा हुने बाँझोपनको मात्र उपचार नभई पुरुषको शुक्रकिटको संख्यामा कमीले गर्दा देखिने बाँझोपनको उपचारसमेत हुने डा. त्रिखाले बताए । त्यसका लागि 'इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन (आईसीआई) सेवा पनि सञ्चालन गर्ने उनले जनाए ।
उनका अनुसार 'अण्डाणु' उत्पादन नहुने महिलाले अर्काको अण्डाणु दानमा लिएर आफ्नै श्रीमान्को शुक्रकिटको सहयोगले आफैं गर्भधारण गर्न सक्छन् । वीर्यमा शुक्रकिट नहुने दम्पतीले भने वीर्य बैंकबाट दान लिएर श्रीमतीको कोखबाट शिशु पाउन सक्छन् । डा. त्रिखाले यी सबै प्रशिक्षण नेपाली विशेषज्ञहरूलाई दिइने बताए ।
स्रोत कान्तिपुर 
No comments:
Post a Comment