Tuesday, August 23, 2011

श्रीमान् विदेशमा हुँदा जन्मिएको बच्चामार्ने पक्राउ


खगेन्द्र अधिकारी, ताप्लेजुङ, भदौ ५- ताप्लेजुङको हाङदेवा गाउँ विकास समिति ९ की एक महिलाले अवैध सम्पर्कबाट जन्मिएको बच्चा मारेर फालेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।



  श्रीमान् विदेशमा रहेको बेला २२ वर्षीय रीता मादेन लिम्बुले फुरुम्बु ९ का सागर लिम्बुसँग अवैध यौन सम्पर्कपछि बच्चा जन्माएको र फालेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले मेलबोटे ओडार भीरमा बच्चा फालेको सूचना दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। अनुसन्धान अधिकृत समेतको टोलीले घटनास्थल पुगेर नवजात शिशुको शव जाँच मुचुल्का गरी फर्किएको प्रहरी नायव उपरीक्षक केदार ढकालले बताएका छन।
अभियुक्त रीतामाथि भदौ ४ गते बिहान ७३० बजे ओडारमै पुगेर बच्चा जन्माई हत्या गरेर माटोले छोपेको आरोप छ।नागरिकबाटClick Here



No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।