असपतालमा शल्यक्रियापछि ब्युझिँदा एक्कासी आफ्नो लिङ्ग काटिएको भए तपाइँले के गर्नुहुन्छ ?अमेरिकाको केन्टकी राज्यका एकजना ट्रक ड्राइभरलाई यस्तै भएको छ । लिङ्ग पोल्ने रोगको उपचारका लागि स्थानीय अस्पतालमा गएका फिलिप सिटनले जानकारी नदिइकन आफ्नो लिङ्ग काटिदिएको भन्दै आफ्नो लिङ्ग काटिदिने डाक्टर र अस्पताल विरुद्ध मुद्धा हालेका छन् । तर सिटनको शल्यक्रिया गर्ने डाक्टरले भने उनको लिङ्गमा क्यान्सर भएकाले आफुले त्यसलाई काटिदिएको बताएका छन् ।
लिंङ्ग काटिएपछि आफ्नो पुरुषार्थ गुमेको भन्दै त्यसको क्षतिपुर्तिको माग सहित सिटनले अदालतमा मुद्धा दायर गरेका हुन् । डाक्टरले पहिले आफुलाई क्यान्सर भएकाले लिङ्ग काट्नुपर्ने जानकारी नगराइकन एक्कासी काटिदिएको उनको दाबी छ । अदालतमा भएको बहसका क्रममा सिटनका वकिलले उनको काटिएको लिङ्गको फोटो समेत प्रदर्शन गरेका थिए । तर डाक्टरका वकिलले भने पिटरसनले क्यान्सरका कारण उनको लिङ्गको टुप्पो मात्र काटिदिएको र अर्को डाक्टरले लिङ्गको अरु भाग काटेको भन्दै प्रतिरक्षा गरे ।
आफ्ना पतिको लिङ्ग काटिएपछि माया, आकर्षण र उत्तेजना समेत गुमेको भन्दै सिटनकी पत्नीले डाक्टरलाई त्यसको क्षतिपुर्ति दिलाउन आग्रह गरेकी छिन् । थाहा छैन ती डाक्टरले मुद्दा हारे भने सिटनकी पत्नीलाई कस्तो क्षतिपुर्ति दिनुपर्ने हो । स्रोत अनलाइन खबर
No comments:
Post a Comment