Thursday, September 8, 2011

दोलखाबाट गत बर्षको बैशामा बालक अपहरण गर्नेलाइ 19 बर्ष जेल ,,,


रमेश खतिवडा, चरिकोट, भदौ २२ - चरिकोटको सातदोबाटो चोकमा जुता सिलाउने काम गर्दै आएका जोगिया महराका १२ बर्षिया छोरा सञ्जय महराको डेढ बर्ष अघि भएको अपहरणमा संलग्न ३ जनालाई दोलखा जिल्ला अदालतले १९ बर्ष कैद सजाय सुनाएको छ।



दोलखाबाट गत बर्षको बैशाख ५ गते अपहरणमा परेका सञ्जयको सर्लाहीमा हत्या गरेर भारतमा शव फालिएको थियो। बालकको जिल्ला अदालतमा १५ महिना अघि दर्ता भएको अपहरण मुद्धामा बुधबार फैसला भएको हो। प्रहरीले दोलखा जिल्ला अदालतमा अपहरण मुद्धा चलाएर तिनै अभियुक्तहरु विरुद्ध हत्या भएको स्थल सर्लाही जिल्ला अदालतमा ज्यान मुद्धा चलाएको थियो।
जिल्ला न्यायधिश प्रभा बस्नेतको बुधबारको ईजलाशले घटनामा संलग्न मूख्य योजनाकार रामकिशोर राम र अभियुक्तहरु जुबैर मन्सुर र नुरआलम सिद्धिकीलाई उक्त सजाय सुनाएको हो। अदालतले दोषीहरुलाई मूलुकी ऐनको अपहरण तथा शरिर बन्धक महलको ३ नं बमोजिम जनही १५ बर्ष कैद र जनही ५० हजार जरिवाना सुनाउदै अपहरणमा परेका सञ्जय नाबालक र संगठित अपराध देखिएकाले थप ४ बर्ष तोकेर १९ बर्ष सजाय सुनाएको छ। "नाबालकलाई अपहरण गरिएको हुनाले महलको ७ नं बमोजिम र संगठित अपराध देखिएकाले महलको ९ नं बमोजिम थप २/२ बर्ष गरी ४ बर्ष कैद सजाय सुनाईएको छ" अदालतको फैसलामा भनिएको छ।
अदालतले फैसलामा महलको ११ नं बमोजिम बालक सञ्जयका बाबु जोगिया महराले जाहेरी दिएको दिन देखी फैसला भएको दिन सम्म गरी दोषीहरुबाट ५ सय दिनको दैनिक ५ सयका दरले क्षतीपुर्ती दिन समेत आदेश गरेको छ। अदालतको आदेशपछि अपहरणका अभियुक्त दुई भारतिय र एक नेपाली नागरिकलाई बुधबार नै जिल्ला कारागार चलान गरिएको छ।
महोत्तरी जिल्ला फूलकाहा गाविस ४ घर भई २९ बर्षदेखी चरिकोट स्थित सातदोबाटो चोकमा जुत्ता सिलाउने काम गर्दै आएका जोगियाका स्थानिय बोर्डिङ स्कुलमा कक्षा २ मा पढ्दै आएका १२ बर्षिय छोरा सञ्जय गत बर्षको बैशाख ५ गते चरिकोटबाट अपहरणमा परेका थिए। अपहरणकारीले उनि सगँ फोनबाट १० लाख रुपैँया फिरौती माग गरेको थियो। अपहरणमा सलग्न भारतको सिवान जिल्ला घर भई चरिकोटमै कवाडीको काम गर्दै आएका रामकिशोर राम सहित ३ जना पक्राउ गरेर बालकको अवस्था पत्ता नलगाई जिल्ला अदालतमा अपहरण मुद्धा दायर गरेपछि छोराको खोजीमा निस्केका बाबु जोगिया आफैले भारत पुगेर अपहरण भएको ९ महिना पछि बालकको अवस्था पत्ता लगाएर फर्केका थिए। अभियुक्तहरु मध्ये भारतको सितामढी घर भएका नुरआलम सिद्धिकीको घर भन्दा करिब १ किलोमिटर नजिक बालक सञ्जय अपहरणमा परेको चौथो दिनमा शव फेला परेको कुरा जोगियाले ९ महिना पछि गत मंसिरमा पत्ता लगाएका थिए। भारतमा हत्या भईसकेको छोराको शवको फोटो बोकेर उनी चरिकोट फर्किएका थिए। सिद्धिकीले बालकको हत्या गरेर नेपाल फर्केको प्रहरीले बताउदै आएको थियो।
२०६७ साल बैशाख ५ गते सञ्जय अपहरणमा परेपछि ९ गते बिहान भारतको सितामढी जिल्लाकोे स्थानिय कन्हौली प्रहरी चौकीको टोलीले मार्फा भन्ने गाउँको नालामा उनको शव फेला पारेको थियो। यता अभियुक्त नुर आलम त्यहाँ शव फेला परेको ३ दिन पछि १२ गते चरिकोट आईपुगेका थिए। प्रहरीले उनलाई १३ गते चरिकोटबाट पक्राउ गरेको थियो। अपहरणमा संलग्न उनी बाहेकका अन्य दुई अभियुक्त भारतको सिवान जिल्ला घर भई चरिकोटमा कवाडीको व्यापार गर्दै आएका रामकिशोर राय र सर्लाहीको लक्ष्मीपुर गाविस ६ घर भई चरिकोटमा सिरक बनाउने काम गर्दै आएका मुन्ना भनिने जुबेहेर मन्सुर भने बालके अपहरण भएको ३ दिन पछि ८ गते नै प्रक्राउ परिसकेका थिए। उनिहरु पक्राउ परेपनि ईन्कारी बयाँन दिने गरेका कारण प्रहरीले बालकको अवस्था लामो समय सम्म पत्ता लगाउन सकेको थिएन्। नुरआलम भने चरिकोटमा घुमन्ते कपडा व्यापार गर्दै आएका थिए।
बुधबार अदालतमा भेटिएका जोगियाले खुसी हुदै आफुले न्याय पाएको बताए। "छोरा गुमाएँ, तर अपराधीलाई दण्ड दिएर अदालतले मलाई न्याय दिलाउँदा आनन्द लागिरहेको छ" उनले भने। Ngarik

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।