दोलखा, भाद्र १८ - दोलखाको पूर्वी गाउँ गैरीमुदी र नाम्दुमा आइतवार अपरान्ह परेको चटयाङले दुई जनाको मृत्यु भएको छ ।
चट्याङले गैरीमुदी गाविस वडा नम्बर २ हिलेटोलमा २८ वर्षीया सीता तमाङ र नाम्दु गाविसस्थित सिरुवारीमा १७ वर्षीय यमकुमार दमाईको मृत्यू भएको हो । हिलेटोल निवासी डम्बरबहादुरकी श्रीमती सीताको घरभित्र विजुलीको मिटरबक्सनिर बसेको बेला चट्याङले मृत्यु भएको निजी विद्यालय सञ्चालक धर्मेन्द्र मोक्तानले बताए ।
त्यस्तै ओखलढुङगा रावादोलुबाट नाम्दूस्थित दिदीको घरमा आएका यमकुमारको टेलिभिजन हेरिहेको बेला मृत्यु भएको मैनापोखरी प्रहरीले बताएको छ ।
चट्याङले गैरीमुदीमा २ जना र काव्रे गाविसमा एक जना घाइते भएका छन् । गैरीमुदीका घाइते ३५ वर्षीय दलबहादुर तमाङ र ५२ वर्षीय हयाङली कान्छा लामा रहेका छन् । त्यहाँ डेढ दर्जन घरको विजुलीको मिटर बक्स, चीम र तारहरुमा क्षेती पुगेका छ भने एउटा खसी र एउटा बोका मरेको धर्मेन्द्रले जानकारी दिए ।
काब्रे ९ काल्थोककी १७ वर्षीया देवी भट्राई पनि चट्याङले घाइते छिन् । उनलाई मैनापोखरी बजारस्थित क्लिनकमा उपचार गराइएको र अवस्था सामान्य भएको प्रहरीको भनाई छ ।
गैरीमुदीका घाइतेहरुलाई पनि स्थानीय स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको छ । जिल्लाको पूर्वी गाउँहरु चट्याङको खतरा भएको क्षेत्र मानिन्छ । उक्त गाविसहरुमा बर्षेनी जनधन र पशुको क्षती हुने गरेको छ ।
प्रकाशित मिति: २०६८ भाद्र १८ ०७:५९Kantipur
No comments:
Post a Comment