Monday, October 10, 2011

दुबईशहरमा नेपालीले भब्यताकासाथ दशै मनाए

                                         

७ अक्टोबर २०११ संयूक्त अरब इमिरेट्सको दुबईशहरमा नेपाली कल्याणकारी समितीले भब्यताकासाथ दशै कार्यक्रम मनाएको छ । दशै टिकाकोदिन आफ्नो संस्थाका सबै सदस्य र बिभिन्न संघ संस्थाका प्रतिनिधि एवं अन्य अतिथिहरुलाई निमन्त्रणगरेर करिव पचास, साठी जनाको जमघटमा सामुहिक टिका जमरा तथा भब्यरुपमा नाचगान सहित खसिको मासु पुलाउका साथ अन्य थुप्रै परिकार सहित भब्यताकासाथ दशैं कार्यक्रम ससम्पन्न गर्यो ।



कार्यक्रममा महिला दिदी बहिनीहरुलाई जेष्ठ महिला द्धारा र पुरुष दाजुभाईलाई जेष्ठ पुरुषद्घारा टिका तथा जमरा लगाई आशिर्वाद तथा शुभकामना आदान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न संध-संस्था तथा ब्यबसाय एवं स्वतन्त्ररुपमा उपस्थित भएका प्रतिनिधिहरुले टिका तथा जमरा ग्रहणगर्दै आ-आफ्नो तर्फाट र आफु संलग्न संस्थाको तर्फाट शुभकामना मन्तब्य ब्यक्तगरेका थिए । साथै संस्थालाई आर्थिक सहयोगगर्दै आफु पनि यस संस्थामा आबद्धभएर कामगर्ने इच्छा जायर गरेकाथिए ।
उक्त कार्यक्रम बेलुका ६ बजे देखि राति ११ बजे सम्म चलेको थियो । निकै खुसि र उत्साहका साथ आएका युवा युबतीहरुले कार्यक्रमको रमाईलो अनि बक्ताहरुको मन्तब्य सुनेर यसै कार्यक्रम मार्फ नेपालका नेताहरुलाई सन्देश दिन र संस्था मार्फ देशमा शान्ति संबिधान र नेपालीहरुको हितमा कामगर्न ज्ञापन पत्र पठाउन समेत अनुरोध गरेका थिए ।
यर्ूर्एइमा संघ-संस्थाहरुको संख्या धेरै नै छ तर सक्रियरुपमा कामगरिरहेका संस्थाहरु कममात्रामा छन । छोटो समयमा निकै चर्चामा आएको कल्याणकारी संस्थाले समस्यामा परेका नेपालीहरुको उद्धार तथा कला संस्कृतिको जर्गेना गर्ने र बिभिन्न किसमका सामाजिक कार्यगर्दै आएको छ । यस पछि लगत्तै दिपावली २०६८ को उपलक्ष्यमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि भब्यताकासाथ सम्पन्नगर्ने योजना बनाएकोछ । साथै यस संस्थाले देउसी भैलो कार्यक्रम गर्ने तयगरेको संस्थाका पदाधिकारीहरुले जानकारी गराए ।
महिलाहरुले नेतृत्व गरेको यो संस्थाले बिषेशगरी महिला दिदी बहिनीका समस्याहरुलाई प्राथमिकतामा राखेर कामगर्नेगरेको छ । भबिष्यमा आम महिला दिदी बहिनी तथा पुरुषहरुलाई समेटेर बृहतरुपमा सामाजिक तथा जन चेतना मुलक कार्यक्रमगर्ने नेपाल र नेपालीको हितमा कार्यगर्ने लक्ष्य लिएको संस्थाकी अध्यक्ष ममता बिष्टले जानकारी गर्राईन । दशैको टिकाको कार्यक्रम भोलि पल्ट पनि चलेकोथियो अतिथि तथा र्सब साधारण दिदी बहिनीहरुको बृहत उपस्थितीको कारण भोलि पल्ट अर्कोदिन पनि आयोजना गनुपरेको जानकारी गर्राईन उक्तकार्यक्रमको अध्यक्षता ममता बिष्टले गरेकी थिईन भने अतिथीहरुमा बिभिन्न संस्थाका प्रतिनिधिहरु समाजसेबी बुद्धिजिबी, पत्रकार तथा स्थानिय कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन निमेश गिरीले गरेका थिए । नेपाल अरब डट कम


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।