Sunday, October 9, 2011

प्रधानमन्त्री सरर...गृह जिल्ला,,, (फोटो फिचर)


प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गर्दै आएको 'मुस्ताङ म्याक्स' गाडी शुक्रबार उनको जन्मथलो गाउँ पुग्यो। ट्याक्टर, जीप र मोटरसाइकलमात्र गुड्ने गरेको कच्ची सडकमा धुलो उडाउँदै मुस्ताङ म्याक्ससँगै झण्डै डेढ दर्जन चिल्ला गाडी गोरखाको खोप्लाङ -४ बेलबास पुग्दा उनका गाउँलेसमेत छक्क परे। प्रधानमन्त्री भएपश्‍चात् पहिलो पटक जन्मथलो पुगेका प्रधानमनत्रीको स्वागतका लागि ठाउँ-ठाउँमा गाउँलेहरु फूलमाला र अबिरले स्वागत गरे।



गाउँको खुर्पाजुङ खानेपानी आयोजनाको उद्‍घाटनका लागि बाबु भोजराज भट्टराई, पत्‍नी हिसिला यमी र छोरी मानुषीसँगै जन्मथलो पुगेका भट्टराईले यात्राको क्रममा बाल्यकालका साथीसँगी, आफूलाई पढाएका गुरु गोपाल दत्त देवकोटा, वृद्धवृद्धा, द्वन्द्वका बेपत्ता तथा सहिद परिवारसँगै गाउँलेसँग भलाकुसारी गरे।

प्रधानमन्त्री भट्टराईसँगै राजधानी भन्दा झण्डै डेढ सय किलोमिटर दूरीमा रहेको तनहुँको तुरतुरेबाट पालुङटार हुँदै करिब १७ किलोमिटर दूरीको जन्मथलो खोप्लाङ पुगेका नागरिकन्युजकर्मी समुन्द्र पौडेलको फोटो फिचर।

मुस्ताङ म्याक्स गाडी चढेर आफ्नो जन्मगाउँ आएका प्रधानमन्त्री भट्टराई गाउँ प्रवेश गर्दै।

गाउँमा पहिलो पटक पुगेको मुस्ताङ म्याक्सको मोबाइलमा फोटो खिच्दै एक स्थानीय युवक।


प्रधानमन्त्री भट्टराईलाई द्वन्द्वकामा बेपत्ता भाई दीपक न्यौपानेसहित अन्य बेपत्ताको खोजीका लागि पहल गर्न आग्रह गर्दै गोरखा खोप्लाङका प्रेम न्यौपाने।


गोरखाको खोप्लाङ–४ मा बसोबास गर्दै आएका ७० वर्ष माथिका वृद्धवृद्धालाई सम्मान गर्दै प्रधानमन्त्री भट्टराई।


प्रधानमन्त्री भट्टराईसँग बाल्यकाल बिताएकी गोरखा खोप्लाङकी मिश्रिमाया कार्की रुँदै। आफ्नो भाई बाबुराम खत्री अन्यत्र बस्न थालेपछि भाईको यादमा तडि्पएकी उनले भट्टराईलाई गाउँ आइरहन आग्रह गरिन्।


प्रधानमन्त्री भट्टराईको स्वागतका लागि फूल टिप्दै स्थानीय।


प्रधानमन्त्री भट्टराईको फोटो खिच्दै खोप्लाङ–४, बेलबासकी एक युवती।


प्रधानमन्त्री भट्टराईको जन्मथलो र बाल्यकाल बिताएको गोरखाको खोप्लाङ–४, बेलबासे गाउँका बासिन्दा तथा साथीसंगीहरु प्रधानमन्त्री भट्टराईलाई गाउँमा स्वागत गर्दै।


गोरखाको खोप्लाङ–४, बेलबासेस्थित प्रधानमन्त्री भट्टराईले बाल्यकाल बिताएको घर। झण्डै दुई वर्षपछि शुक्रबार प्रधानमन्त्री भट्टराई आफ्नो गाउँ खोप्लाङ पुगेका थिए।


मनकामना सशस्त्र प्रहरी गणका प्रहरीहको सलामी ग्रहण गर्दै प्रधानमन्त्री भट्टराई।


प्रधानमन्त्री भट्टराईको जन्मथलो भ्रमणपछि सुरक्षार्थ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृतहरु तनहुँको भाँनुस्थित मनकामना सशस्त्र प्रहरी गण परिसरमा भट्टराई दम्पतीसँग सामूहिक तस्बिर खिचाउँदै।


खोप्लाङबाट शनिबार बिहान राजधानी फर्किने क्रममा मुस्ताङ म्याक्स चढ्दै प्रधानमन्त्री भट्टराई।

नागरिक

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।