Friday, October 7, 2011

दसैंमा टुइटर र फेसबुक : ५ सुझाव


काठमाडौं- दसैँ सामाजिक पर्व भएकाले प्रविधि पनि यसमा पछाडि पर्दैन। शुभ कामना र सद्भाव साटासाटका लागि फेसबुक, टुइटरजस्ता सञ्जालले सघाइरहेका हुन्छन। टाढा रहेका मित्रहरु या शुभचिन्तकबीच दसैँको अनुभूति साट्न पनि यस्ता साइटहरुको महत्वपूर्ण भूमिका रहन्छ।
सामाजिक सञ्जालको काम समान्य हालचाल बुझ्न र फोटो सेयर गर्नुमात्र होइन। न त तीनमा कमेन्टका लागिमात्रै हो। यसलाई आफ्नो सम्वन्ध विस्तार र विकासका लागि प्रयोग गर्नु सबैभन्दा सही प्रयोग हो। दसैँमा फेसबुक र टुइटर चलाउन चाहनेका लागि केही सुझाव :
सामाजिक सञ्जाल सधैका लागि



सामाजिक सञ्जाल कुनै एउटा पर्वका लागिमात्र प्रयोग नगर्नुस्। यो सधैका लागि हुन आवश्यक छ। दसैँ या तिहारसँग जोडिने कुनै पनि व्यवसायमा लाग्नेका लागि सामाजिक सञ्जालले बढी फाइदा दिनसक्छ। आफ्ना ग्राहक तथा शुभचिन्तकलाई आफूसँग जोडिराख्न यसको प्रयोग गर्नुस्। सामाजिक सञ्जालको प्रयोग गर्नासाथ नाफा नखोज्नुहोस् किनकी यसले तपाईँको भविष्यको व्यापारलाई बलियो बनाइराख्छ। व्यवसाय बाहेकका पेशामा हुनुहुन्छ भने पनि यसको प्रयोगले तपाईँका सहकर्मी र सिनियरबीच सम्वन्ध सुमधुर बनाइराख्छ।
आफ्नोबारे खुलस्त जानकारी दिनुस्
कुन पेशामा हुनुहुन्छ तपाईँले त्यसको प्रस्ट जानकारी दिनुस्। फेसबुक वा टुइटरमा तपाईलाई सबैले फलो गर्नुपर्छ भन्ने छैन। तपाईँले आफूबारे प्रष्ट जानकारी नराख्दा सामाजिक सञ्जालमा जो सुकै पनि आउन सक्छन्। दसैंमा ती सबैलाई तपाईँले शुभकामना दिन आवश्यक छैन। न त उनीहरु तपाईँको 'विजनेस' सँग सम्वन्धित हुन्छन्। तपाईँको पेशा उनीहरुले बुझे भनेमात्रै यसमा सामाजिक सञ्जालका प्रयोगकर्तालाई सजिलो हुन्छ। टुइटर चलाउँदा ह्यास ट्याग गरेर दशै या तिहार लेख्नुभयो भने अझ त्यसले धेरैलाई समेट्न सक्छ।
फोटोलाई प्राथमिकतामा राख्नुस्
दसैंको शुभकामना लेखिरहनु भन्दा दसैंलाई प्रतिनिधित्व गर्ने फोटोको प्रयोग बढी प्रभावकारी हुन्छ। जस्तो कि पिङ खेलिरहेको फोटो अथवा टिका र जमराको फोटोले पर्वलाई थप लाइभ गराउँछ। फेसबुक र टुइटर दुबैले फोटो अपलोड गर्न सहज बनाएका छन्। दसैंमा आफूले गरेका गतिविधि अरुसँग साट्नुस्। स्वदेश र विदेशमा रहेका आफन्त, मित्र, फ्यानहरु सबैले तपाईँको फोटो हेरेर आफूलाई तपाईँसँग जोडिरहन सक्छन्। कुनै समूह वा व्यक्तिलाई लक्षित गरेर पठाउने हो भने फेसबुक र टुइटरमा २ लेखर उनीहरुको सामाजिक सञ्जाल नाम लेख्नुस्।
अरुको म्यासेज नराख्नुस
सामाजिक सञ्जालका प्रयोगकर्ताहरु इन्टरनेटका राम्रा ग्राहक हुन्। विभिन्न मिडियाबाट आएका सामाग्रीहरु इन्टरनेटबाट धेरैतिर फैलिरहेको हुन्छ। शुभकामना दिँदा यसरी अरु माध्यमबाट आएका सामाग्रीलाई कपी पेस्ट नगर्नुस्। मौलिक म्यासेजले नै तपाईँको सामाजिक सञ्जालमा राम्रो अस्तित्व स्थापित गरेको हुन्छ। बिज्ञापनजस्तो ढंगले म्यासेज नदिनुस्।
सामाजिक सञ्जालमा साथ रहनुस
पर्वमा तपाईँले कसैलाई शुभकामना दिनुमात्र सामाजिक सञ्जालको सही प्रयोग होइन। यसको नियमित अनुगमन गर्नुहोस्। तपाईँलाई पनि अरु कसैले पर्वको शुभकामना दिएको हुनसक्छ। उनीहरुलाई आफ्नो तर्फबाट धन्यवाद दिनुस्। फेसबुक र टुइटरमा रियल टाइममा रिप्लाई गर्नेलाई राम्रो प्रयोगकर्ताका रुपमा लिइन्छ। चाँडवर्पमा पनि तपाईँ सामाजिक सञ्जालबाट बाहिर नजानुस्।Nagarik

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।