Wednesday, September 28, 2011

दोलखा, लगायतका ६ जिल्लामा एक हजार बृद्धबृद्धालाई निःशुल्क दृष्टि प्रदान गरिने




काठमाडौं, आश्विन ११ - चौधरी ग्रुप र हेल्पएज इन्टरनेशनलले दुर्गम क्षेत्रका हजार बृद्धबृद्धालाई दृष्टि प्रदान तथा अरू ४५ सय जनालाई आधारभूत आँखा सम्बन्धी सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।



परियोजना अन्तर्गत गुल्मी, बागलुङ्ग, कपिलवस्तु, दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लामा ११ वटा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैछ । साझेदार नेपानले नेत्रज्योति संघ तथा लायन्स क्लब, काठमाडौंसँग सहकार्य गरी यो परियोजना पूरा गर्ने लक्ष्य राखेका छन् ।
नेपालमा २ लाख १० हजार मानिस दृष्टिविहीन छन्, जसमध्ये ८० प्रतिशत मोतियाबिन्दुका कारण हुन् । लायन्स नेपालका अनुसार शल्यक्रिया गरिएकामध्ये ५३ प्रतिशत महिला थिए । प्रत्येक वर्ष थप ३० हजार जना मोतियाबिन्दुबाट अन्धो हुँदैछन् ।
विश्व स्वास्थ्य संघका अनुसार दृष्टि कमजोरीको विद्यमानता विशेषगरी विकसित राष्ट्रहरूमा विश्वको ९० प्रशित जति छ । नेपालमा मात्र करिब १ लाख ५० हजार जना मोतियाबिन्दुका कारण अन्धा छन् ।
विश्व स्वास्थ्य संघको अप्रिल २०११ को प्रतिवेदन अनुसार विश्वभर झण्डै २८ करोड ४० लाखजना मानिस दृष्टि कमजोरीबाट ग्रसित छन्, ३ करोड ९० लाख जना अन्धा छन् भने कम देख्ने पनि असंख्य छन् ।
मोतियाबिन्दु भनेको आँखाको नानीमा बादल लाग्नु हो, जसले प्रकाशको मार्ग अवरुद्ध पार्दछ । बुढ्यौली, मधुमेह, आघात, रेडियशन वा अल्ट्राभ्वाइलेट किरणमा लामो समयसम्म पर्नु आदि बिभिन्न कारणले यो अवस्था उत्पन्न हुन सक्छ ।
सुरूमा एउटा आँखा धमिलो हुँदै मोतियाबिन्दुले दुबै आँखामा असर गर्दछ । समय बढ्दै जाँदा आँखामा नानी अपारदर्शी हुँदैजान्छ र बिभिन्न मात्रामा दृष्टि धमिलो हुँदै जान्छ र उपचार गरिएन भने अन्त्यमा अन्धो बनाउँदछ ।
ती समस्या हल गर्न चौधरी ग्रुप र यसको व्यवसायिक सामाजिक दायित्व टीम हेल्पएज ईन्टरनेशनलसँग सहकार्य गरी 'सी.जी. अपरेशन दृष्टि' कार्यक्रम सुरु गर्न लागेको हो । यो पहलबाट निम्न आयस्रोत भएका दुर्गम क्षेत्रका तथा स्वास्थ सेवा सुविधाबाट करिब करिब बञ्चित रही मोतियाबिन्दुका कारण अन्धो बन्न सक्ने बृद्धबृद्धाहरूलाई आँखा उपचारको सेवा पुग्नेछ ।
सीजी सीएसआरको नेतृत्वमा शल्यक्रिया सुविधा नपुगेका नेपालको दुर्गम क्षेत्रहरूमा ११ वटा आँखा शिविर सञ्चालन गरिने छन् । २०६८ मार्ग देखि चैत्र सम्म ५ महिनाको अवधिमा १००० वटा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्ने सीजी अपरेशन दृष्टिको योजना रहेको छ ।
म्ाोतियाबिन्दुको शल्यक्रिया तुलनात्मक रुपमा छिटो र सजिलै मोतियाबिन्दु भएको आँखाको नानीको ठाउँमा स्थायी प्लास्टिक लेन्स प्रतिस्थापन गरिन्छ । यो शल्यक्रिया मोतियाबिन्दुको कुनै पनि अवस्थामा गर्न सकिन्छ र केही दिनभित्र राम्रोसँग देख्न सकिने हुन्छ ।
प्रकाशित मिति: २०६८ आश्विन ११ ०३:१७ कान्तिपुर

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।