Wednesday, November 16, 2011

राजधानीमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता


काठमाडौं, कात्तिक ३० (नागरिक)- राजधानीमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको टुंगो आगामी साता लाग्ने भएको छ। अहिले 'सर्ट लिस्ट'मा परेका ६ वटा कम्पनीले प्रस्तावबारे अन्तिम छलफल भइरहेको र आगामी साता त्यसमध्ये एउटा छानिने रेल विभागले जनाएको छ।



सर्ट लिस्टमा कोरियाको चुङछुक इन्जिनियरिङ कम्पनी, भारतको राइटस् लिमिटेड, फ्रान्सको सिस्ट्रा एफ ए, टिम कन्सल्टेन्सी इन्जिनियरिङ तथा मेनेजमेन्ट अफ थाइल्यान्ड, एमएम ग्रुप क्यानाडा र स्कट विलसन भारत परेका छन्। 'प्रस्ताव पेश गर्नेमा १६ कम्पनी रहेकोमध्ये सर्ट लिस्टमा ६ वटासित अहिले वार्ता भइरहेको छ,' रेल विभागका सुपरिटेन्डेन्ट इन्जिनियर राजेश्वरमान सिंहले भने, 'जसले सस्तो तथा गुणस्तरीय तरिकाले काम गर्न सक्छ, त्यसैलाई छानिनेछ।' इच्छुक कम्पनीहरूले प्रस्तुत गरेको प्रस्ताव र उनीहरूले अहिलेसम्म गरेको कामको मूल्यांकन गरी कामको जिम्मा दिइने उनले बताए।
विभागका अनुसार सर्ट लिस्टमा परेको कोरियाली कम्पनीले कोरिया, चीन, लाओस्, भारत र भियतनाममा थुप्रै यस्ता काम गरिसकेका छन्। फ्रान्सको सिस्ट्राले भारतीय कम्पनीसँग मिलेर भारतमा, राइट्सले भारतमा र थाइ कम्पनीले बैंककमा मेट्रो रेल सेवालाई मूर्त रूप दिइसकेका छन्।
'यी कामको आधारमा दाबेदार छान्ने काम गरिरहेका छौं,' रेल विभाग प्रमुख रामकुमार लम्सालले भने, 'यसरी छानिएको कम्पनीले नेपालकै कुनै कम्पनीसँगको साझेदारीमा सम्भाव्यता अध्ययन गर्नेछ।'
लम्सालका अनुसार २७ किलोमिटर चक्रपथ र उपत्यकाका मुख्य बस स्टपसहित जम्मा ७५ किलोमिटर क्षेत्रमा सम्भाव्यता अध्ययन गर्ने छ। यसरी अध्ययन गर्दा काठमाडौंको रत्नपार्कलाई केन्द्रबिन्दु बनाइनेछ।
'यो प्रोजेक्टको नाम नै फिजिबिलिटी स्टडी अफ मास र्‍यापिड ट्रान्जिट (अन्डरग्राउन्ड एन्ड एलिभेटेड सिस्टम) हो,' विभागकै सुपरिटेन्डेन्ट इन्जिनियर सिंहले भने, 'त्यसैले यसमा सडकमाथि र अन्डरग्राउन्डको समेत अध्ययन गर्न भनेका छौं।'
अध्ययनपछि जुन तरिकाले गर्दा सजिलो हुन्छ, त्यसै आधारमा काम अगाडि बढाइने उनले बताए। सम्भाव्यता अध्ययनका लागि १० करोडको लागत अनुमान गरिएको छ भने १० महिनामा यो काम पूरा हुनेछ।Nagarik

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।