Saturday, January 7, 2012

उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु


वेलिङ्टन (न्युजिल्यान्ड) पुस, २३ (एपी) - ११ जनालाई बोकेर उडेको एउटा हट एयर बेलुन शनिबार त्यहाँको एक गाउँमा विद्युत प्रसारण हुने टावरसँग ठोक्किएको छ। उड्दै गरेका मानिसहरु एकाएक ठोक्किँदा आगोको ज्वालासँग जुध्न पुगे। न्युजिल्यान्डमा ५० वर्षपछि भएको यस्तो प्रकृतिको दुर्घटनामा भएको हो। दुर्घटनामा सबैको मृत्यु भयो। उडिरहेको बेलुन ठोक्किएपछि आगो निस्कनुअघि नै दुई व्यक्ति ज्यान जोगाउन हामफालेका थिए।   उनीहरु ठूलो आवाजसहित जमिनमा बजारिए। हट एयर बेलुनका लागि ख्याती कमाएको क्यारटेरटोनमा यस्तो दुर्घटना भएको हो। हावाको वेग सामान्य हुँदाहुँदै पनि यस्तो दुर्घटना हुन पुगेको थियो।




एक पाइलट र पाँच जोडी विलिङटन क्षेत्रका मानिस हुन् जसले शनिबार बिहानै ज्यान गुमाए। प्रहरी सुपरिटेन्डेन्ट माइक रुसविचले कतिपयको शरीर जलेर चिन्न नसकिने अवस्थामा नै पुगेको बताए।

रुसविचका अनुसार बेलुनले बोकेको बास्केट विद्युत लाइनको टावरसँग ठोक्कियो र आगो लाग्यो। प्रतक्ष्यदर्शीलाई उदृत गर्दै स्थानीय मिडियाले जनाएअनुसार उनीहरु ठोक्किएपछि बास्केटबाट करिब १० मिटर लामो आगोको ज्वाला निस्किएको थियो।

प्रत्यक्षदर्शी वेभन ल्यम्वेथले भने, 'बास्केट केहीबेर तारमा झुन्डियो। करिब ५० मिटर माथि रहेको तारमा झुन्डिएको बास्केट तलमाथि हुन थाल्यो र आगोको ज्वालामा पुग्यो। त्यसपछि पूरै बास्केट ध्वस्त भयो।'

दुर्घटनाको एरियल फोटो हेर्दा सेतो घर नजिकै हरियो जमिनमा कालो खरानी देखिन्छ।

डेभिड म्याकिन्लेले देख्दा बेलुन एउटा रुखभन्दा केही माथि थियो। 'पाइलटले केही उचाई लिन खोजेका हुन कि जस्तो देखिन्थ्यो,' उनले सुनाए, 'त्यत्तिकैमा त्यहाँ १० मिटरजत्रो ज्वाला देखियो।'

दुर्घटनामा मरेकाहरुप्रति स्थानीय सरकारले शोक व्यक्त गरेको छ। यहाँको यातायात दुर्घटना अनुसन्धान विभागले तुरुन्तै काम थाल्ने बताएको छ। यो दुर्घटनामा सन् १९६३ मा न्युजिल्यान्डमा भएको डीसी ३ एयरलाइनरपछिको ठूलो मानिएको छ। त्यतिखेर २३ जना यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो।

जलिरहेको तस्बिर: चीनमा भएको एयर बेलुनको हो। दोस्रो तस्बिर न्युजिल्यान्डमा भएको दुर्घटनास्थलको हो। तस्बिर:एपी




copyright from Nagarik News

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।