केपी ढुंगाना, काठमाडौं, माघ १७- श्रीमती हत्या अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाविरुद्ध हत्यासँगै अवैध हतियार राखेको अभियोगसमेत लगाइने भएको छ। इचंगुनारायणस्थित उनको घरमा छापा मार्दा भेटिएका दुई वटा हतियार र एक सय ३२ साउन्ड गोली अवैध भएको प्रहरीले जनाएको छ।
श्रीमती गीता ढकालको हत्या गरेको अभियोगमा उनी माघ ८ गते पक्राउ परेका थिए। उनलाई थुनामा राखेर महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरले अनुसन्धान गरिरहेको छ।
उनी पक्राउ परेको भोलिपल्टै प्रहरीले इचंगुनारायण-६ स्थित उनको घरको तलासी गरेको थियो। जसमा म्यागजिन नभएको बाइस म्याग्नेम हतियार र ३० राउन्ड गोली, काठको बिड भएको कटुवा पेस्तोल र पाँच राउन्ड गोली ९७ राउन्ड अन्य गोली बरामद भएको थियो।
महानगरीय प्रहरी आयुक्त कार्यालयले सोमबार सार्वजनिक गरेको हत्या अनुसन्धानको संक्षिप्त प्रतिवेदनअनुसार बरामद हतियार अवैध हो। 'कटुवा पेस्तोल र गोली अवैध रहेको पुष्टि भइसकेको छ,' काठमाडौं परिसरका प्रमुख एसपी राजेन्द्र श्रेष्ठले भने, 'बाइस म्याग्नेम हतियारको कागजपत्र खोजिरहेका छौं।'
पैसा विवादमा हत्या
रञ्जनले आइतबार सरकारी वकिलसँग बयानमा पैसाको विवादमा श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर उनको मृत्यु भएको दाबी गरेका छन्।
प्रहरीले सार्वजनिक गरेको बयानमा रञ्जनले 'गीताले फोन गरी बोलाएपछि घर जाँदा उनले व्यापार गर्न चार-पाँच लाख रुपैयाँ दिनुपर्यो भनेपछि विवाद सुरु भएको' बताएका छन्। प्रहरीले यसअघि छोराको व्रतबन्धको विषयमा दुवैबीच विवाद भएको दाबी गरेको थियो।
आफूसँग त्यत्रो पैसा छैन भन्दै घरबाहिर निस्कन खोज्दा हात हालाहाल भएको उनको दाबी छ। धकेलाधकेल हुँदा गीता कोठाको भित्तामा ठोक्किएर लडेपछि आफू बाहिर निस्किएको उनको बयान छ।
'पुनः भित्र गई हेर्दा बोलाउँदा उनी बोलिनन्। यसअगाडि झगडा हुँदा पनि यस्तै गर्ने भएकाले नाटक गरेको होला भन्ने लाग्यो। केहीबेर घरमै बसें,' प्रहरीले सार्वजनिक गरेको रञ्जनमा बयानमा भनिएको छ, 'पछि उठाउन खोज्दा उनी उठिनन्। कुनै प्रतिक्रिया पनि नजनाएपछि मरिसकेकी रहेछ भनेर कोठामा ताल्चा लगाई बाहिर निस्किएँ।'
त्यसपछि महाराजगन्जमा आएर चालकलाई सरकारी गाडी ल्याउन लगाई एक्लै गाडी घर लगी गीताको शवलाई कम्बलले बेरेर गाडीमा राखी जलाउन पालुङ लगेको उनले बताएका छन्।
हत्या 'योजनाबद्ध'
रञ्जनले आवेशमा गीताको हत्या भएको दाबी गरे पनि प्रहरीले पूर्वयोजना अनुसारै हत्या भएको निष्कर्ष छ। प्रहरीले अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाण पनि सार्वजनिक गरेको छ।
'परिस्थितिजन्य प्रमाणका साथै घटनामा उनको संलग्नता र योजना सबै खुलिसकेको छ,' प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयुक्त कार्यालयका प्रवक्ता रविराज श्रेष्ठले भने, 'उनले जति इन्कार गरे पनि घटना भवितव्य भन्ने पुष्टि हुँदैन।'
उनका अनुसार हत्या योजनाबद्ध थियो। पूर्वयोजना अनुसारै हत्या भएको पुष्टि हुने अकाट्य प्रमाण प्रहरीले फेला पारिसकेको छ। रञ्जनले आफूले धेकेल्दा भित्तामा ठोक्किएर गीताको मृत्यु भएको र शव पालुङ पुर्याएर जलाएको स्वीकारेकाले समेत हत्या आवेशप्रेरित नभएको अनुसन्धान अधिकारीको दाबी छ।
घटनाका प्रमाण
प्रहरीले सोमबार रञ्जनमाथिको अभियोग पुष्टि हुने प्रमाणसमेत सार्वजनिक गरेको छ। हत्याका दिन उनको गतिविधि, त्यसअघि उनले किनेको सामान र चालकलगायतको बयान प्रस्तुत गरेको छ।
घटनाअघि नै रञ्जनले पेट्रोल राख्न जर्किन किनेको, छोरालाई घुमाउने बाहनामा घरबाट बाहिर पठाई गीतालाई एक्लै बनाएको, चालक र सहयोगीबिनै घर गएकाले घटना योजनाबद्ध रहेको पुष्टि हुने प्रहरीको दाबी छ।
प्रहरीले हत्यामा रञ्जन नै संलग्न रहेको प्रमाणका रूपमा गीताको शव जलाएको ठाउँमा माघ ७ गते उनलाई देख्ने चार स्थानीय, उनका चालक, सुरक्षाकर्मी र घरेलु सहयोगीको बयानलाई समेत प्रहरीले सार्वजनिक गरेको थियो।
एसएसपी श्रेष्ठले रञ्जनले पुस २७ गते बिहानै स्वयम्भु र कालिमाटीबाट जर्किन किनेको र त्यसैमा पेट्रोल लगी पालुङमा शव जलाएको दाबी गरे। 'जर्किन किनेको पसलले बोलाएर सनाखत गराएका छौं,' एसएसपी श्रेष्ठले भने, 'दुबै पसलेले उक्त दिन जर्किन किन्ने व्यक्ति रञ्जन नै भएको पुष्टि गरे।'
बुढानिलकण्ठको घरबाट गीताको शव अफिसको गाडीमा राखेर उनैले महाराजगन्जसम्म ल्याएको र त्यसपछि धादिङको खानीखोलासम्म उनका चालक शंकर पौडेलले गाडी चलाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
त्यसपछि चालक पौडेल खानीखोलाकै एक होटलमा बसेका थिए। होटलका सञ्चालकबाट पौडेल त्यहाँ बसेको पुष्टि भएको प्रहरीले जनाएको छ। माघमा ७ गते पालुङमा नियन्त्रणमा लिई केरकार गरेका व्यक्ति रञ्जन नै हुन् भनेर स्थानीय मंगलबहादुर मोक्तान, किरणमान बल, सूर्यबहादुर दोङ र सुनिता दोङले लिखित पुष्टि गरेका थिए।
७ गते पालुङ पुगेका रञ्जनको गाडीबाट ६ वटा सलाइको बट्टा, प्लास्टिक र मिनरल वाटरको बोतलमा राखिएको पेट्रोल बरामद गरेको थियो। पुस २७ गते बेलुका जलाएको शवको नष्ट भइनसकेको अवशेष जलाउन उनी पुनः पालुङ गएको प्रहरीको ठहर छ। रञ्जनले शव बोकेको सशस्त्रको गाडीसमेत नियन्त्रणमा लिएको छ।
डिएनए रिपोर्ट बाँकी
इलाका प्रहरी कार्यालय पालुङले पुस २८ गते नै शवजाँचको मुचुल्का गरी तेस्रो दिन शवको अवशेष पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो। शव गीताकै भएको उनका परिवारले सनाखत गरेपनि पुष्टि भइसकेको छैन। डिएनए परीक्षण प्रतिवेदन नआएकाले प्रहरीले शव आफन्तलाई बुझाएको छैन।
'सनाखत भए पनि डिएनएबाट पुष्टि नभई शव बुझाउन नमिल्ने भएकाले अस्पतालमै राखेका हौं,' एसपी श्रेष्ठले भने। डिएनएका लागि प्रहरीले माघ १२ गते गीताको बाबु हरेराम र आमा हरिप्रियाको रगतको नमुना रोनास्ट पठाएको छ।
शवसँगै घडी र झुम्का भेटिएको थियो। गीताकी आमाले घडी पहिचान गर्दै उक्त घडी सिंगापुरमा किनेर छोरीलाई दिएको बताएकी छिन्। सँगै फेला परेको रिङ र घडी गीताकै हो भनेर रञ्जनले समेत सनाखत गरेको एसपी श्रेष्ठले बताए।
गीताको हत्या कसरी भयो भन्ने एकीन प्रहरीले गर्न सकेको छैन। हत्याको प्रकृति खुल्ने प्रमुख प्रमाण पोष्टमार्टम हो, तर शव ७० प्रतिशत जलिसकेकाले पोस्टमार्टम सम्भव छैन।
घटनास्थलमा खुज्मुजिएको बेड र खोलबिहीन सिरानी भेटिएकाले सिरानीले मुख छोपेर गीताको हत्या भएको हुनसक्ने अनुमान भने प्रहरीले गरेको छ।
'अहिलेको अवस्थामा हत्या भित्तामा ढोक्किँदा नै भएको हो भन्ने मात्र आधार छ, त्यो पनि रञ्जनकै बयानअनुसार,' काठमाडौं परिसरका एसपी श्रेष्ठले भने, 'हत्या पुष्टि भइसकेकाले प्रक्रिया नखुले पनि प्रमाण कमजोर हुन्न।' copy right from ....nagarik news

No comments:
Post a Comment