भक्तपुर, माघ १८ - ग्यास नभएरै धेरै परिवारको घरमा खाना पाक्न छाडेको छ । घरमा भएको सबै सिलिण्डर रित्तिएपछि उपभोक्ता दैनिकजसो ग्यास डिलर धाउने गरेका छन । डिलरमा ग्यास छैन भन्ने उत्तर पाएर दिक्क भएका सर्वसाधरणले सडकमा ग्यास ढुवानीका लागि गुडेको गाडी नै नियन्त्रणमा लिन थालेका छन् ।
बुधबार बनेपाको जनागालबाट हिमाल ग्यास लिएर काठमाडौं आउदै गरेको चार वटा गाडीलाई भक्तपुरबासीले नियन्त्रणमा लिएका छन् । तिब्र गतिमा गुडेको गाडी रोक्न सर्वसाधरण ज्यानको माया नगरी बीच सडकमा जाने गरेका थिए । नियन्त्रणमा लिएको गाडीमा रहेको ग्यास उपभोक्ताले सित्तैमा भने लिएका होइनन । प्रति सिलिण्डर एक हजार चार सय १५ रुपैया तिरेर लिएका हुन । केहीले सिलिण्डर नै किनेका छन ।
भक्तपुरको सल्लाघारीमा भेला भएका उपभोक्ताले चार वटा गाडीको दुई सय ८० सिलिण्डर ग्यास नियन्त्रणमा लिएका हुन । लुछाचुडी गर्ने क्रममा सिलिण्डर समेत हराएको गाडी स्टाफले गुनासो गरेका थिए ।
प्रशासनद्वारा छापा

जिल्ला प्रशासन कार्यालय भक्तपुरले ग्यास पसलमा छापा मारेको छ । छापा मार्ने क्रममा भक्तपुरको गठाघरस्थित सिंह हार्ड वेयरबाट लुकाएर राखेको १७ वटा लुम्बिनी ग्यास भेटिएको उपभोक्तावादी पुर्ण श्रेष्ठले बताए । प्रहरीले सञ्चालक रविन्द्रमान सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment