Monday, February 20, 2012

’सूर्य अस्त, नेपाली मस्त, केटा पनि मस्त, केटी पनि मस्त’ (शिव रात्रि फोटो फिचर )

शिवरात्रीको पूर्व संध्यामा पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा एक बाबा भन्दै थिए-’सूर्य अस्त, नेपाली मस्त, केटा पनि मस्त, केटी पनि मस्त’ । यीनले जय शम्भो भन्नुको सट्टा किन यसो भने होला भन्ने बुझ्दा त गाँजा छ किन्ने भए किन भनेर भनेको रहेछ ।
पछिल्लो समय शिवरात्री र गाँजा पर्यावबाची जस्तै भएको छ । शिवरात्री सुरु हुने भन्दा २/४ दिन अगाडी नै पशुपतिमा बाबाहरुको चहल पहल बढ्छ । उनीहरु पशुपतिको जात्रा सिद्राको ब्यापार भन्ने नेपाली उखानलाई तरितार्थ गर्दै शिवरात्रीमा पशुपतिनाथको दर्शनसँगै गाँजाको ब्यापार गरेर राम्रो कामाई गर्दा रहेका छन् ।


बजारमा पाइने विभिन्न ब्राण्डका चुरोट बट्टाका बट्टा बोकेर पशुपति पुग्ने बाबाहरु त्यहाँ बसेर गाँजा बेच्छन् ।
 चुरोटमा भएको सुर्ती झोरर गाँजा भर्ने र युवाहरुलाई राम्रो मुल्यमा बेच्ने गरेका छन् । उनीहरुले एक खिली गाँजा भरेको चुरोटको १० रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेका छन् । पशुपति विकास कोषले सर्वसाधारणलाई गाँजा खान नदिने भएपनि त्यसको खासै प्रभाव परेको छैन् ।


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।