Wednesday, February 22, 2012

श्रीमती साटासाट गरेको सुन्दा धेरैलाई अचम्म र असम्भव लाग्न सक्छ तर........

पथरी मोरङ, फागुन ९ गते। समाजमा बहुविवाह, समलिङ्गी विवाह र असफल दाम्पत्य जीवनका कारण सम्बन्धविच्छेदका घटना प्रशस्त हुने गरे पनि श्रीमती साटासाट गरेको सुन्दा भने धेरैलाई अचम्म र असम्भव लाग्न सक्छ तर मोरङको उर्लाबारीमा भर्खरै दुई दम्पतीको जीवनमा यस्तै घटनाले जन्म पाएको छ।


वैदेशिक रोजगारीका लागि कतारमा रहेका मोरङको उर्लाबारी-६ मङ्गलबारेका २४ वषर्ीय जीतबहादुर दर्नाल गोपालकी श्रीमती भगवती उर्लाबारी-९ का दीपक नेपालीसँग पोइल गएपछि दीपकले जीतबहादुरलाई आफ्नी श्रीमती सुशीलालाई लैजान चुनौती दिएपछि यो घटना भएको हो।
घटना विवरण अनुसार डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि जीतबहादुर कतार गएका थिए, उनकी श्रीमती भगवतीमाथि पाँच वर्षमुनिका दुई छोरीको पालनपोषणको जिम्मेवारी थियो तर शिशु अवस्थाका दुई छोरी आकृति र अंशुको हेरचाहमा मात्र उनी सीमित रहिनन्, गाउँकै युवक दीपक नेपालीसँग मन साट्न थालिन्, प्रेम गाँस्न थालिन्।
एक्कासि जीतबहादुरकी आमाले छोरालाई कतारमा फोन सम्पर्क गरी बुहारी घरमा छैन भनेपछि जीतबहादुरले कतारबाटै सोधखोज गरे। श्रीमती भगवतीसँग सम्पर्क भयो, उनलाई लैजाने दीपकसँग पनि सम्पर्क भयो।
दीपकले जीतबहादुरसँग उनकी श्रीमती लगेको मात्र बताएनन्, सक्छस् भने मेरी श्रीमती लैजा भनी चुनौती दिएपछि जीतबहादुर आफ्नो श्रीमती पोइल गएको चिन्ता बिर्सेर दीपककी श्रीमती फकाउने योजनामा लागे। आखिर उनी योजनामा सफल पनि भए।
बाध्यता र चुनौतीका कारण सिर्जना भएको यो नयाँ घटनाले अहिले उर्लाबारीमा श्रीमती साटासाटको नयाँ उदाहरणका रूपमा चर्चा पाएको छ। दुवै दम्पतीले आफूहरू नयाँ दाम्पत्य जीवनबाट खुसी र सुखी रहेको प्रतिक्रिया दिइरहेका छन् भने छिमेकीहरू जीवन सफल होस् भनी शुभकामना दिइरहेका छन्।
श्रीमती लाने व्यक्तिले सक्छस् भने मेरी श्रीमती लगेर देखा भनेर चुनौती दिएपछि जीतबहादुरले कतारबाटै दीपककी श्रीमतीको फोन नम्बर खोज्न थाले। कतारबाट आफन्तहरूसँग फोन सम्पर्क गरी उनको नाम र फोन नम्बर फेला पारेपछि जीतबहादुरले सुशीलालाई फोन गरे।
चिन्दै नचिनेको व्यक्तिले फोन सम्पर्क गरेपछि सुरुमा आपसमा तनाव भयो। दीपककी श्रीमती सुशीलाले जीतबहादुरलाई तेरो श्रीमतीका कारण आफूले सौता पाएको भन्दै रिसाइन् भने दर्नालले पनि तेरो श्रीमान्ले मेरो घर बिगार्‍यो भनी गुनासो गरे तर उनीहरूको निरन्तरको सम्पर्कपछि कुरा आपसमा मिल्दै गयो।
एकले अर्कोलाई खुसीसाथ स्वीकार्ने कुरा मिलेपछि सुशीलालाई काठमाडौँ बोलाएर जीतबहादुर कतारबाट नेपाल आए। काठमाडौँमा भेटेर जीतबहादुर र सुशीला पनि वैवाहिक बन्धनमा बाँधिए। दीपकले दिएको चुनौती जीतबहादुरले चार दिनमै साकार पारेर देखाइदिए।
काठमाडौँमा केही समय बिताएर घर आएका जीतबहादुर र सुशीलाले उर्लाबारीमा पनि टीकाटालो गरे। घरपरिवारको समेत सल्लाह लिई सुशीलालाई विवाह गरेकाले आˆनो परिवारै खुसी भएको जीतबहादुरले बताउनुभयो। सौता भित्र्याउने श्रीमान्लाई छाड्नु परेकोमा आफूलाई कुनै दुख नलागेको बताउँदै सुशीलाले भन्नुभयो, "श्रीमान्ले अर्काकी श्रीमती ल्याउँदा हुन्छ भने म जान किन नहुने, मलाई त महिला बुद्धिजीवीहरूले धन्यवाद दिँदै आउनुभएको छ।" हाँसीखुसीसाथ भेटिएका जीतबहादुर र सुशीलाजोडीले पाँच वर्षमुनिका दुई छोरीलाई जन्म दिने आमाबाट पाउने मायाभन्दा कुनै कमी नपाउने बताए।
छिमेकी सरू गौतमको प्रतिक्रिया छ, 'उमेर मिल्यो, मन मिल्यो, घर उज्यालो भयो, बधाई छ।' अर्का नवदम्पती दीपक र भगवतीले पनि आफूहरू खुसी रहेको बताउनुभयो। आफूहरूबीच प्रगाढ माया बसेकैले आ-आफ्नो श्रीमान् र श्रीमती हुँदाहँदै दोस्रो विवाह गरेको यी जोडीको भनाइ रहेको छ।
अर्को रमाइलो पक्ष के छ भने यी दुवै जोडीले पहिलो विवाह गर्दा प्रेमपछि मागी विवाह गरेका थिए। वैदेशिक रोजगारीको कारण एकअर्कोसँग श्रीमान्-श्रीमती साटिन पुगेका यी दुवै जोडी एकअर्काप्रति सामान्य इष्र्या प्रकट गर्ने गरे पनि एकले अर्कोविरुद्ध कानुनी उपचार भने नथाल्ने बताएका छन्। दुवै जोडीको श्रीमान् फेरि वैदेशिक रोजगारीमै जाने मनसायमा छन्। एकजना श्रीमान् वैदेशिक रोजगारीमा हुँदा यस्तो घटना भए पनि अब भने यसरी फेरि श्रीमती नसाटिऊन्, बधाई छ नयाँ जोडीलाई।   copyright  from   Gorkhapatra dailly




Listen Live














hamrofm live Click Here                                   
  If you not listening  कालिन्चोक एफएम पेजClick Here



No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।