डा. सुमनराज ताम्राकार- बिहेको पहिलो रातमा तन्नामा रगतका टाटा देखिएन भने श्रीमती कुमारी रहिनछ भनी तनाव लिने पुरुष नेपाली समाजमा थुप्रै छन्। तर, आधुनिक चिकित्सा विज्ञानले कुमारीत्वको यस्तो मापनलाई हास्यास्पद र कपोलकल्पित मान्छ। पहिलो पटकको यौन सम्पर्कमा महिलाको हाइमेन च्यातिएपछि बग्ने रगतलाई कुमारीत्वको प्रमाणको रूपमा लिनु मूर्खता हो। केही महिला हाइमेनबिना जन्मिने, सबै जनामा हाइमेन कमलो नहुने, खेलकुद, घोडचढी, साइक्लिङलगायत शारीरिक अभ्यासका क्रममा च्यातिनसक्ने कसैकसैको महिनावारी सुरु भएपछि यसमा भएको प्वाल (छिद्र) ठूलो हुँदै जान सक्ने तथ्य चिकित्सा विज्ञानले पत्ता लगाएको छ। साथै, कतिपयको हाइमेन निकै लचकदार भई कहिल्यै नच्यातिने वा च्यातिए पनि रगत नबग्ने हुन्छ भने कतिपय हाइमेन रहँदै पनि गर्भवती हुन सक्छन्।
के हो हाइमेन?
खासमा पूरै वा आंशिक रूपमा बाह्य योनीद्वार ढाक्ने पातलो झिल्ली हो, हाइमेन। यसमा सानो छिद्र हुन्छ। महिनावारीको बेला यहीँबाट रगत निस्कन्छ। हरेक वर्ष एक मिलिमिटरको दरले हाइमेनको आकार ठूलो हुँदै तथा लचकदार पनि हँुदै जाने हुन्छ। गर्भमा रहेको पाँच महिनामै बालिकाको हाइमेन तयार हुन्छ। यो स्कुले उमेरमा क्रमशः पातलो र नरम हुँदै जान्छ। बच्चा पाएपछि सानो त्यान्द्रोबाहेक हाइमेनको नामनिसान बाँकी नरहन सक्छ।
स्त्री जननेन्द्रियको विकास क्रममा हुने कुनै पनि खराबीले हाइमेनलाई पनि असर गर्न सक्छ। हाइमेनसम्बन्धी सबैभन्दा ठूलो जन्मजात समस्या हाइमेनमा प्वाल नहुने समस्या हो। बाक्लो हाइमेनमा छिद्र नभई महिनावारीको रगत बाहिरिन नसक्ने अवस्थामा योनीमा रगत जम्मा हुने पीडादायक अवस्थालाई क्रिप्टोमेनोरिया भनिन्छ। यस्तो अवस्थामा सानो शल्यक्रिया गरी जमेको कालो रगत निकालिदिनुपर्ने हुन्छ। चिम्पान्जी, हात्ती, ह्वेल, घोडा, गिनिपिग, सिल माछा आदिमा पनि हाइमेन हुन्छ। हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिने गरे पनि यो फरक कुरा हो।
कुमारीत्वविद्को धारणा
कुमारीत्वविद् हानी ब्ल्यांकले कुमारीत्वको इत्तिवृत्त समेटेर भर्जिनः द अनटच्ड हिस्ट्री' लेखेकी छिन्। उनले भनेकी छिन्, 'गिनिपिगमा यौन चाहना भएको बेलामा मात्र हाइमेन पग्लिन्छ र भालेलाई संसर्ग गराउँछ। अन्य समयमा फेरि हाइमेन पलाएर योनीद्वार पूरै बन्द हुन्छ। तर, मानिसमा किन हाइमेन हुन्छ, थाहा छैन। अर्थात्, यसको प्रयोजन थाहा छैन।'
मुख मैथुन, गुदद्वार मैथुन तथा अन्य वैकल्पिक यौनकार्यसँग कुमारीत्वको प्रत्यक्ष सम्बन्ध छैन। यद्यपि, यी कार्य गर्दागर्दै कुमारीत्व भंग हुन कति पनि बेर लाग्दैन।
त्यसो भए केले निर्धारण गर्छ त कुमारीत्व? कुमारीत्व हेर्न, तराजुमा नाप्न, जोख्न, अनुभव गर्न मिल्दैन। कुमारीत्व कसैको लागि भौतिक कुरा हो, अर्थात् योनीमा लिंग नछिरिसकेको अवस्था, भने कसैका लागि यो मानसिक विषय हो।
कौमार्य बचाएर राख्दैमा घमण्ड गर्नुपर्छ कि पर्दैन, यो महिलाको सोचमा भर पर्ने कुरा हो। यसको उल्टो कुमारीत्व गुम्दैमा सबैथोक गुमेको मान्नुहुँदैन। यो पुस्ताअनुसारको सामाजिक मूल्यमान्यतामा भर पर्छ।
नेपालमा गरिएको पछिल्लो अध्ययनअनुसार १४.८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिलाले विवाह नगरी सँगै बस्न मिल्ने, १२ प्रतिशत पुरुष र १० प्रतिशत महिलाले विवाहपूर्व यौन सम्पर्क राखेकोसँग विवाह गर्न सकिने, ३९.७ प्रतिशत पुरुष र ८.६ प्रतिशत महिलाले डेटिङको बेला यौन सम्बन्ध राखेको तथ्य खुलाएबाट नेपाली समाज विस्तारै खुला हुँदै गएको इंगित गर्छ। तर, उक्त सर्वेक्षणमा सहभागी शहरी क्षेत्रका ८२.७ प्रतिशतले कौमार्य सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। यसको विपरीत केवल ७८ प्रतिशत ग्रामीण सहभागीले मात्र कौमार्य सुरक्षित हुनुपर्ने धारणा राखेका थिए।
साप्ताहिक पत्रपत्रिकामा कुमारीत्व र हाइमेन, विवाहपूर्व र विवाहइतर यौनसम्बन्धलाई लिएर यौनजिज्ञासा राख्ने पाठकको संख्या बाक्लो छ। च्यातिइसकेको हाइमेनबारे कतै भावी पतिले चाल पाउँछन् कि भनेर चिन्ता गर्ने पनि धेरै छन्। त्यसैले जिज्ञासु एवं पीडितलाई झुटो आश्वासनभन्दा सही यौन शिक्षाको जरुरी छ।.nagariknews.

No comments:
Post a Comment