Monday, August 6, 2012

दोलखामा एक दर्जन वढि घरपरिवार पहिरोले विस्थापित


 मनुका कुवर ::

दोलखा, साउन २२ । अविरल वर्षा सँगै आएको पहिरोले गए राती दोलखामा एक दर्जन वढि घरपरिवार विस्थापित भएका छन् भने दुई जना घाईते भएका छन् । पहिरोले जफे गाविसमा ८, नाम्दू गाविसमा ७ र भिरकोट गाविसमा एक गरी १६ घर परिवार बिस्थापित भएका हुन् । पहिरोका कारण भिरकोट गाविस ८ का कृष्णवहादुर कार्कीको घर बगाउँदा उनकी ४० बर्षिया श्रीमति सुन्दरी कार्की र ६ बर्षकी नातिनी सन्ध्या कार्की घाईते भएकी छिन् । उनीहरुलाई गम्भिर चोट लागेका कारण उपचारका लागि काठमाण्डौं लगिएको छ ।


पहिरोले नारायणी उच्च मावि भिरकोटको ३ ओटा भवन समेत पुरेकोे छ । विद्यालयका प्राचार्य यज्ञ वहादुर खत्रीले पहिरोले भवन पुुरिए पछि बिद्यालय बन्द गरिएको जानकारी दिए । पहिरोले घर जोखिममा परेपछि जफे गाविस वडा नम्वर ८ सार्किटोलका दलित बस्तिका ६ घर परिवार विस्थापित भएका छन् । स्थानिय बसन्त मिजार, गजेन्द्र मिजार, विक्रम मिजार, कृष्ण वहादुर मिजार, राम वहादुर मिजार र चन्द्र वहादुर मिजारको परिवार विस्थापित भएका हुन् । पहिरोले घर क्षेतिग्रस्त भए पछि ६ घर परिवारका ३० जना आफन्तको शरणमा रहेको स्थानिय देवी न्यौपानेले जानकारी दिए । उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । जफे गाविसकै वडा नम्वर ६ का केदार पौडेलको घरमा पनि पहिरोले क्षति पु¥याएको छ ।
पहिरोले जिल्लाको नाम्दु गाविस वडा नम्बर ४ सिरुवानीमा पनि ७ घर वगाएको छ ।  पहिरोले इन्द्र बहादुर तामाङ, मिठ्ठे  दमाई, शंकर थामी, चरित्र थामी, नरबहादुर दमाई, दिप बहादुर दमाई र विरबहादुर दमाईको घर बगाएको स्थानीय पुण्य प्रसाद घिमिरेले जानकारी दिए । पहिरोले घिमिरेटार बनगाउँ स्थित खानेपानीको ट्याङ्की बगाउँदा १ सय १९ घरधुरीमा खानेपानीको समस्या भएको छ ।
त्यसैगरी झुले ७ स्थित कागतेमा गएको पहिरोले १२ घर परिवार उच्च जोखिममा परेका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष काली प्रसाद पराजुलीले घट्नाका वारेमा स्थलगत अध्ययन गर्न टोली जाने तयारी भैरहेको जानकारी दिए । दोलखामा यसअघि पनि पहिरोका कारण आधा दर्जन वढि घर परिवार विस्थापित भैसकेका छन् ।
तामाकोसी मन्थली सडक अवरुद्ध
वर्षापछि आएको पहिरोका कारण पुष्पलाल मार्ग अन्तर्गत दोलखाको कालिदह सडक खण्ड अवरुद्ध भएको छ । भिरकोट गाविस वडा नम्बर १, २ र ३ मा पर्ने सडक खण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण रामेछापको मन्थलीबाट राजधानीका लागि छुटेका सवारीका साधन विच बाटोमै रोकिएका छन् भने दोलखाको दक्षिणी क्षेत्रमा चल्ने सवारी साधन समेत ठप्प भएका छन् । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भैरहेको प्रहरीले जनाएको छ  ...naya khaber.com 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।