Monday, August 6, 2012

रेखाले पत्रकारलाई झापड हानिन्


साउन २२ गते, सोमवार, मेरो सिनेमा,
नयिका रेखा थापाले पत्रकारमाथि हातपात गरेकी छिन् । हिजो उनले राजधानीबाट प्रकाशीत हुने दैनिक पत्रिका सौर्य दैनिकका पत्रकार चिरञ्जीवी पौडेललाई कार्यालयमै गएर झापड लगाएकी हुन् । गत शुक्रवार सौर्य दैनिकमा प्रकाशित ‘रेखा थापाको मिनस्कर्ट रहस्य’ नामक गाईजात्रे व्यङ्ग्यले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेललाई झापड लगाएकी हुन् । नायिका रेखा थापाले मेरो सिनेमासँग कुरा गर्दै आफूले झापड लगाएको कुरा सहर्ष स्वीकार गरिन् ।




















मेरोसिनेमासँग थप कुरा गर्दै रेखाले भनिन् , मलाई व्यङ्ग्य गरेकोमा मेरो आपत्ति होइन । गाईजात्रामा जो कसैलाई व्यङ्ग्य गर्ने अधिकार छ । त्यस कुराको म सम्मान गर्छु । मेरो आपत्ती भनेको चिरञ्जीवी पौडेलले मलाई व्यङ्ग्य गरेको भाषामा हो ।’ रेखाले सोही सम्बन्धमा दुबैपक्ष बीच वादविवाद चर्कदै गएपछि कुरा झापडसम्म पुगेको हो भनिन् । रेखाका अनुसार पौडेललाई उनले किन यस्तो लेखेको ? भन्दा पौडेलले आफूले कल्पना गरेर लेखेको बताएपछि आफूले पनि कल्पना गरेको भन्दै एक झापड हानेको जानकारी दिइन ।

उता सो गाईजात्रा लेख्ने पत्रकार चिरञ्जीवी पौडेलले पनि झापड खाएको स्वीकारे । झापड सँगसँगै रेखाले आफूलाई नङ्ग्राले घाँटीमा कोतरेको पनि बताए । रेखाको झापडको बदलामा आफूले पनि एक झापड फर्काएको बताए । रेखाको साथमा एकजना सिनेपत्रकार पनि सँगसँगै सौर्य दैनिकको कार्यालय पुगेका थिए । पौडेलले आफ्नो कल्पनाबाट अभिव्यक्त विचारलाई गाईजात्रे शैलीमा लेखिएको बताए । एकले अर्कालाई झापड हानेको कुरा बाहिर नल्याउने सहमती भएको कुरा पनि बताए । अब अब के गर्नुहुन्छ भन्ने मेरो सिनेमाको प्रश्नमा पौडेलले अहिल्यै के गर्ने टुङ्गो नलागेको र साथीहरुसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

नेपाली सिनेमाकी यी चर्चित नायिका समय समयमा विभिन्न कुराले चर्चामा आइरहन्छिन् । यसै सन्दर्भमा यो झापड काण्ड पनि थपिएको छ । रेखाले झापड हान्न हुन्थ्यो हुदैनथ्यो त्यो वहसको अलग विषय हो । तै पनि यो काण्डको पक्ष र विपक्षमा मानिसहरु त उभिनेनैछन् । यसको जजमेन्टको जिम्मा मेरो सिनेमा पाठकहरुलाई दिन चाहन्छ । जे होस अव के हुन्छ त्यो चाही पक्कै चासोपूर्ण नै हुनेछ ।

रेखा थापाका वारेमा चिरञ्जीवी पौडेलले लेखेको गाईजात्रे व्यङ्ग्य तलको लिङ्कमा पढ्नुहोस् ।
click here
merocinema.com बाट 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।