Thursday, July 11, 2013

अरनिको राजमार्ग बन्द, दोलखा सहित ४ जिल्ला प्रभावित


बिहीबार २७ असार, २०७०
ध्रुव दंगाल

सिन्धुपाल्चोक— अरनिको राजमार्ग विस्तार गर्ने सरकारी तयारीपछि आन्दोलित स्थानीय बासिन्दाले बिहीबार बिहानैदेखि यो राजमार्ग बन्द गरेका छन्। बन्दले राजधानीपूर्वका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्मको जनजीवन प्रभावित भएको छ। राजमार्ग र शाखा सडकमा कुनै पनि खालका सवारी साधन चल्न दिइएको छैन। लामो तथा छोटो दुरीका सवारी साधन गुडेका छैनन्।

यात्रुहरु गन्तव्यमा पुग्न पैदलै हिंडिरहेका देखिन्छन् । बिवाह, एम्बुलेन्स र कुटनीतिक नियोगका गाडी भने चल्न दिने आयोजकले बताएका छन्। सडक डिभिजन कार्यालय चरिकोटले राजमार्ग दायाँवायाँ २५-२५ मिटर क्षेत्रमा बनेका संरचना भत्काउन ताकेता गरेपछि स्थानीय बासिन्दा आन्दोलित हुँदै आएका छन् । पहिलो पटक ३५ दिने समय दिएको सडकले दोस्रो पटक थप १५ दिने सूचना जारी गरेर सडक अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन निर्देशन दिएको छ । यो अवधिभित्र घर, टहरा नभत्काए सडक आफैंले भत्काउने र त्यसको व्यय सम्वन्धित व्यक्तिले नै व्यहोर्नु पर्ने चेतावनीसमेत
सूचनामा दिइएको छ।

सडकको पहिलो पटकको सूचना सार्वजनिक भएसँगै स्थानीय चरणबद्ध आन्दोलनमा छन् । काभ्रे र सिन्धुपाल्चोकका बासिन्दाले राजमार्ग प्रभावित सरोकार समिति गठन गरेर आन्दोलन गर्दै आएका छन्। दुवै जिल्लामा छुट्टाछुट्टै संघर्ष समिति पनि बनेका छन्। मुअब्जा वा क्षतिपूर्ति नदिइ व्यक्तिको सम्पत्ति भत्काउन नमिल्ने अडान सरोकार समितिको छ। राजमार्ग बन्दपछि मागकको सुनुवाई नभए साउन ५ गतेबाट अनिश्चितकालीन राजमार्ग बन्द गरिने सरोकार समितिका सचिव अर्थलाल श्रेष्ठले बताए।

सरकारको निर्णय लागू भए अरनिको राजमार्गको बन्देउदेखि तातोपानीसम्मका सम्पूर्ण घर भत्कने छन्। काभ्रेमा समेत निकै घर, टहरा भत्किने छन्। १ सय १४ किमी लामो यो राजमार्गको सडक सीमा अतिक्रमण गरी दोलालघाटसम्म बनेका घर टहरा भत्काउन भक्तपुर सडक डिभिजन र बनदेउदेखि तातोपानीसम्मका संरचना भत्काउन चरिकोट डिभिजनले सूचना जारी गरेका हुन्।
www.nagariknews.com

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।