Wednesday, July 10, 2013

माथिल्लो तामाकोसीद्वारा सामाजिक विकासमा साँढे १३ करोड ४२ लाख खर्च गर्ने

दोलखा, २६ असार । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पाँच आर्थिक वर्षमा सामाजिक विकासतर्फको एक तिहाइभन्दा बढी रकम खर्च गरेको छ । आयोजनाको सामाजिक विकास विभागका प्रमुख एवम् जनसम्पर्क अधिकृत डा गणेश न्यौपानेले अहिलेसम्म सामाजिक विकासतर्फ १३ करोड ४२ लाख ४२ हजार ४ सय ५९ खर्च भइसकेको जानकारी दिनुभयो । माथिल्लो तामाकोसीमा सामाजिक विकासको बजेटमा अनियमितता भएको आवाज उठिरहेका बेला प्रमुख न्यौपानेले खर्च विवरणबारे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार आयोजनाको जग्गा अधिग्रहणतर्फ सात करोड ८० लाख ७१ हजार ४ र सामाजिक विकासतर्फ पाँच करोड ६१ लाख ७१ हजार ४ सय ५४ खर्च भएको छ । आर्थिक वर्ष २०६३/६४ बाट सामाजिक विकासको काम सुरु गरेको माथिल्लो तामाकोसीले सात आर्थिक वर्षमा सो रकम खर्च गरेको हो । जसमध्ये सबैभन्दा बढी क्षतिपूर्ति र स्थानान्तरण घरभाडातर्फ एक करोड ३२ लाख ६८ हजार ६ सय ८७ खर्च भएको छ ।
कुल लागत ३५ अर्ब २९ करोड रहेको माथिल्लो तामाकोसी आयोजनाको १.१ प्रतिशतले करिब ४० करोड आयोजना प्रभावित क्षेत्रको सामाजिक विकास र वातावरणीय प्रभाव न्यूनीकरणमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

त्यसमध्ये अहिलेसम्म करिब एक तिहाइ सामाजिक विकासको रकम खर्च भइसकेको हो । जसअनुसार आर्थिक वर्ष २०६६/६७ मा सबैभन्दा बढी एक करोड ७३ लाख ८० हजार ७ सय ६८ र चालु वर्ष एक करोड १३ लाख ३७ हजार ६ सय ९८ खर्च भएको छ । सामाजिक विकास विभागका प्रमुख न्यौपानेले वातावरणीय प्रभाव मूल्याङ्कनले निर्दिष्ट गरेको क्षेत्र र कार्यक्रममा मात्रै बजेट खर्च भएको र सबै खर्च पारदर्शी भएको दाबी गर्नुभयो ।
यसैबीच, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले जनचेतना तथा सञ्चार शीर्षकमा अहिलेसम्म १० लाख ७२ हजार ५ सय ७० खर्च गरेको छ । आयोजनाले स्थानीय रेडियो तथा पत्रपत्रिकाको संस्थागत विकासमा खासै सहयोग र आयोजनासम्बन्धी कार्यक्रम र सूचना प्रशारण नगरे पनि यतिधेरै रकम खर्च भएको हो ।
चालु वर्ष सञ्चार क्षेत्रमा भएको खर्चमध्ये ऊर्जा तथा वातावरणसम्बन्धी तालिमका लागि नेपाल पत्रकार महासङ्घ दोलखा शाखालाई ९० हजार ४ सय अनुदान दिएको उल्लेख भए पनि बाँकी रकमको खर्च विवरण खुलाइएको छैन ।  saavaar,,,, nayakhaber.com 

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।